हेटौडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

हेटौडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु नेपाल कुस्ती संघको आयोजनामा हेटौंडामा १३ औं राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु   भएको छ । राष्ट्रिय खेलकुद च्याम्पियनसिप २०७४ अन्तर्गत १३ औं राष्ट्रिय ( सिनियर महिला तथा पुरुष ) कुस्ती प्रतियोगिता सुरु भएको हो । आज र भोली दुई दिन सम्म हेटौडाको हुप्रचौरमा सञ्चालन हुने खेलमा २ विभागीय र २६ जिल्लाका गरी २८ टिम सहभागीता रहेको छ । पुरुष तर्फ ५६ जना तथा महिला तर्फ २२ जना रहेका छन् । विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घाटनकार्यक्रममा बोल्दै प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले खेल क्षेत्रको विकासको लागि आफु सधैँ लागिपर्ने बताउनुभयो ।

Spread the love