टर्की र सिरियामा भूकम्पबाट ९ हजार भन्दा बढी मानिसकाे मृत्यु

टर्की र सिरियामा भूकम्पबाट ९ हजार भन्दा बढी मानिसकाे मृत्यु

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छटर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको जनाएको छ। सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएको छ। तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास “अपर्याप्त” भएको जनाइरहेका छन्।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको जनाएको छ।

सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्।

लमजुङ केन्द्रबिन्दु बनाएर – ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ : लमजुङमा भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद्का अनुसार राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको छ ।भूकम्पवाट क्षति भने नभएको स्थानीय प्रशासनहरुले जनाएका छन् ।

इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प

स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा परी २ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै २ लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए ।

न्यूजिल्यान्डको मध्य क्षेत्रमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

न्यूजिल्यान्ड: न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

ग्रीसमा शुक्रबार बिहान ६.६ रिक्टर स्केलको भूकम्प

ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रिक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यस भूकम्पबाट प्रभावित भएको छ । स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

हैटीमा भूकम्प धेरै मानिस घाइते

हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।  भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ ।

 

Earthquake close to Mammoth Lakes, California

Strong earthquake rocks Vanuatu

Strong earthquake rocked Vanuatu on July 20.

Preliminary Earthquake Report:

Magnitude 6.0

Date-Time • 20 Jul 2016 15:13:16 UTC

• 21 Jul 2016 02:13:16 near epicenter

Location 18.900S 169.029E

Depth 164 km

Distances • 76 km (47 mi) NNW of Isangel, Vanuatu
• 149 km (92 mi) SSE of Port-Vila, Vanuatu
• 289 km (179 mi) NE of We, New Caledonia
• 421 km (261 mi) SSE of Luganville, Vanuatu
• 449 km (278 mi) NE of Dumbea, New Caledonia

Location Uncertainty

Horizontal: 6.2 km; Vertical 4.5 km
Parameters Nph = 122; Dmin = 279.6 km; Rmss = 0.80 seconds; Gp = 24° Source :- ETN

bhukampa pidit

चिसोको चपेटामा भूकम्पपीडित

३ मंसिर, काठमाडौं – मंसिरको ठन्डीमा घमाइलो घाम प्यारो हुने नै भयो । त्यहीमाथि शीत चुहिने जस्तापाता ठोकिएको अस्थायी टहरोभित्र कठ्यांग्रिएको शरीर जाडो मौसमको कलिलो घाममा सेकाएर तताउन बाध्य छन्, यसपालि भूकम्पपीडित ।  सिरिरि…. जंगलबाट आउने सिरेटोले घाम  ‘अ‍ैल्यै यस्तो ! पुस–माघको ठन्डी कसरी छल्ने हो कुन्नि ?’ कमजोर शरीर टुसक्क बिसाउनसमेत हम्मे परेपछि मन्डीमै गुड्ल्किँदै  मुश्किल पर्छ । पूर्वबाट उदाएको सूर्यको किरणले बाक्लो जंगलको अग्ला लोठसल्ला र चिलाउनेको रुख छेड्दै घाममा मस्त रहेकोमौसम फेरिए पनि उनीहरुका दुःख र सास्ती फेरिएका छैनन् । बरु अनगिन्ति समस्याका चाङ थपिँदो छ ।  उनीहरुले कहालीलाग्दो बर्खा गुजारे । टहरोभित्र पानी उम्रन्थ्यो, भल पस्थ्यो, सोहोर्दैमा हैरान थिए । हिँउदमा केही सुविस्ता हुने ठानेका थिए उनीहरुले । तर ठन्डी लिएर आएको हिँउदले अझ बढी सास्ती दिने संकेत गरिरहेको छ । भुइँबाट पानी उम्रन छाडेको होइन, जस्ताको छानो र जस्ताकै बारबेर गरी बनाइएको टहरोभित्र बिहानीपख शीतको सानो भलबाढी नै बग्छ ।स्रोत:  नागरिक

Earthquake in Nepal

पीडितको नाम मा स्वार्थ लुटिदै – कता हराए ४३ लाख भाँडाकुँडा ?

१६ असार, काठमाडौं । नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्नेगरी विभिन्न विदेशी संघ–संस्थाले पठाएका किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ। पूर्ण भन्सार छुटमा नेपाल भित्र्याइएका करोडौं मूल्य बराबरका ती सामग्री अधिकांश भूकम्प पीडितसम्म पुगेको छैन।  भूकम्प पीडितलाई विदेशबाट आउने राहत सामग्री संकलन र वितरणको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयसँग न यी सामग्री कसले भित्र्यायो तथा लग्यो भन्ने विवरण छ न त पीडितसम्म पुगेको जानकारी नै। वैशाख १२ गते ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएपछि जेठ २० गतेसम्म विभिन्न भन्सार नाकाबाट भन्सार छुटमा भूकम्प पीडितका लागि भन्दै लाखौं किचन सामग्री नेपाल भित्रिएको सरकारले जेठ २० गतेभित्र भूकम्प पीडितलाई आउने राहतमा सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो। यही अवधिमा करोडौं रुपैयाँ बराबरका किचन सामग्री पीडितको नाममा भित्र्याइएको हो। नागरिकलाई प्राप्त १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा ४३ लाखभन्दा बढी किचन सामग्री छन्। यी सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), मेची, विराटनगर, जलेश्वर, सर्लाही, गौर, वीरगन्ज, सुक्खा बन्दरगाह भन्सार, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट नेपाल भित्र्याइएको हो। यसरी भित्र्याइएका सामग्रीमा कुकर, कराई, तावा, प्लेट, कचौरा, ग्लास, फ्राई पेन, चम्चा, जग, चक्कु, बाल्टी, काँटा चम्चा, डाडु, पन्यु आदि छन्।

गृह मन्त्रालयले विदेशी राष्ट्र तथा संस्थाले भूकम्पपीडितलाई पठाएको नुनदेखि पानीसम्मको विवरण राखेको छ तर किचनमा प्रयोग हुने ४३ लाखभन्दा बढी सामग्रीको विवरण राखेको छैन। यो विवरण कसले राख्छ भन्ने पनि गृहलाई पत्तो छैन। गृहकै तथ्यांकअनुसार वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण देशभर कूल ५ लाख ९५ हजार ७ सय २८ घर पूर्णरूपमा ध्वस्त भएका छन्। आएका किचन सामग्री समानुपातिक हिसाबले बाँडेको भए प्रत्येक घरपरिवारको भागमा करिब आठवटा किचन सामग्री पर्थ्यो। विडम्वना, यी सामग्रीको उपयोग कसले गरिरहेको छ, सरकारी निकायलाई नै थाहा छैन। स्रोत : नागरिक