न्यूजिल्यान्डको मध्य क्षेत्रमा ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प

न्यूजिल्यान्ड: न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटर मुनि भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

Spread the love