बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

बझाङमा असोज १६ गते गएको भूकम्प  लगातार आज सम्म पराकम्पको महशुस भएको छ । आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प  गएको छ । पहिलो भूकम्प बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।  स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ।

भुकम्पको त्रासले सदैभरि

४ असोज, काठमाडौं : ष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भुकम्पको त्रासले सदैभरि नेपालमा २०७२ सालको भुकम्पको भल्को दिरहेको छ ।

earthquake in nepal

भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अनुदान वितरण

चैत्र १६, २०७२- भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । हाल दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । ‘अनुदान वितरण गाविस सचिवहरूसँग प्रत्यक्ष जोडिएको विषय हो । गाविस सचिव अभावका कारण पनि समस्या हुन सक्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । प्राधिकरणले भूकम्प पीडितको विस्तृत सर्वेक्षण गरी पूर्ण रूपमा क्षति भएका परिवारलाई मात्रै अनुदान रकम उपलब्ध गराउने छ । हालसम्म उपत्यकाका तीन जिल्ला बाहेकमा सर्वेक्षणको काम गरिरहेको छ ।

‘कहिले र कुन जिल्लाको कुन गाविसमा वितरण गर्ने भनेर यसै साता सार्वजनिक गर्दै छौं,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले भने, ‘तर, १० वटै जिल्लामा यो कार्यक्रम जाने छ । त्यसको गृहकार्यमा जुटिरहेका छौं ।’ उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँग यस विषयमा छलफल जारी छ ।

 सरकारले पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । यसमध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ वितरणको काम सुरु भएको हो ।

यसमध्ये दुई गाविसका क्रमश: २ सय ५६ र २ सय १७ परिवारको बैंक खातामा पैसा जम्मा भइसकेको छ । ‘यो रकम पीडितले चाहेको बेला बैंक खाताबाट झिकेर घर बनाउन सक्छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सम्झौता मात्रै भएको परिवारको बैंक खातामा रकम जम्मा हुन भने एक/दुई दिन लाग्छ ।’

पीडितलाई पहिलो चरणमा जग निर्माणका काम सकेपछि मात्रै अनुगमन र कागजातको आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइने छ । दोस्रो किस्ताअन्तर्गत २ लाख रुपैयाँको ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ पाउने छन् ।

उक्त कार्यक्रमहरूमध्ये काठमाडौं चक्रपथ सुधार पहिलो चरण र दोस्रो, सहरी खानेपानी वितरण, प्रभावित क्षेत्रको पुनर्बास, सिन्धुपाल्चोकका विद्यालय र अस्पताल सुधार, रसुवाका विद्यालय सुधार र अस्थायी बसोवास पुनर्निर्माणमा सहयोग, स्वयम्भूनाथ मन्दिर र नुवाकोट दरबारको पुनर्निर्माणमा इच्छा, भूकम्पीय जोखिम अनुगमन, निजामती कर्मचारीका लागि स्तरवृद्धि कार्यक्रम, अस्पतालहरूमा मेडिकल सामग्रीको सहयोग, मेडिकल ट्रेनिङ, तातोपानी नाकाको अग्र भागको सुपरीवेक्षणलगायत कार्यक्रमहरू चीन भ्रमणका क्रममा सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

Sketch_Nepal

पुनर्निर्माण महाअभियान शुभारम्भ गर्ने निर्णय

काठमाडौ – प्रधानमन्त्री ओलीको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिले पुनर्निर्माण महाअभियानको शुभारम्भ गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले आगामी माघ २ गते राष्ट्रिय पुनर्निर्माण महाअभियान राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुभाराम्भ गराउने निर्णय गरेको हो। दोलखा,काभ्रे,नुवाकोट,गोर्खा,काठमाडौ र ललितपुरमा गरी भुकम्प अति प्रभावित १४ जिल्लाको समन्वय गर्न र बाँकी १७ जिल्लाको समन्वयको निम्ति पायक पर्ने स्थानमा एक उपक्षेत्रीय कार्यालय राख्ने गरी सात वटा उपक्षेत्रीय कार्यालय राख्ने निर्णय गरेको छ। आवश्यक पर्ने कर्मचारी जुनसुकै निकायबाट सरुवा वा काजमा ल्याइ काम काज गराउने निर्णय गर्दै प्राधिकरणले आफनो संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न गठित समितिले तयार गरेको संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन बमोजिम संगठन संरचनामा आवश्यक परिमार्जन सहित केन्द्रीय र उपक्षेत्रीय कार्यालय रहने निर्णय गरेको छ ।
earth-quake

भुकम्पले अभै तर्साउन छाडेन – सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ५.३ रेक्टरको पराकम्प

३ मंसिर, काठमाडौं । सिन्धुपाल्चकलार्इ केन्द्र बनाएर बिहीबार बिहान ५.३ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान १० बजे धक्का महसुस भएको हो ।  आज गएको भूकम्प गत वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ । काठमाडौंमा समेत त्यसको धक्का महशुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु पारेर ५.३ रेक्टरको धक्का गएको हो ।

Earthquake in Nepal

भूकम्प पीडितलाई घर निर्माणका दिइने सहुलियत ऋणको व्याज तीन प्रतिशत पुग्ने

काठमाडौँः सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थामार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरे पनि कार्यान्वयन क्रममा यो दर बढ्ने देखिएको छ। भूकम्प पीडितले त्यस्तो ऋण लिँदा बिमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षण शुल्कलगायत अतिरक्त रकम बुझाउनै पर्ने नियमले यो दर कम्तीमा ३ प्रतिशत पुग्ने सरोकारवालाले बताएका छन् ।

‘राष्ट्र बैंकको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिँदा पनि पीडितलाई त्यसबाहेक थप १ देखि १।५ प्रतिशत व्ययभार पर्छ,’  ‘कार्यान्वयन क्रममा यो दर ३ देखि ३ दशमलब ५ प्रतिशत पुग्छ।’ उक्त निर्णयअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्ब्याज ऋण उपलब्ध गराउनेछ भने ती संस्थाले त्यही रकमबाट २ प्रतिशत ब्याजदरमै पीडितलाई घर निर्माणका लागि ऋण उपलब्ध गराउनुपर्नेछ। संस्थाले ऋणीबाट बिमाशुल्कबापत ०.२५ प्रतिशत, कर्जा सुरक्षण शुल्कबापत ०.७५ प्रतिशत लगायत रकम उठाउन पाउँछन्। ऋणी आफैंले गर्नुपर्ने बिमाको शुल्क पनि फरक–फरक हुन्छ। यसले पनि ऋणीलाई व्ययभार थप्छ।

गत साता पारित राष्ट्र बैंकको ‘पुनर्कर्जा कार्यविधि’ मा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले शून्य ब्याजदरमा यस्तो कर्जा पाउने र ती संस्थाले २ प्रतिशत ब्याजदरमा भूकम्प पीडितलाई लगानी गर्र्न पाउने व्यवस्था छ।