भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अनुदान वितरण

earthquake in nepal

चैत्र १६, २०७२- भूकम्पबाट पूर्ण रूपमा क्षति भएको घर पुनर्निर्माण गर्न अब १० जिल्लाबाट अनुदान वितरण हुने भएको छ । हाल दोलखाको सिंगटीमा पुनर्निर्माण अनुदान अन्तर्गतको पहिलो किस्ता वितरण भइरहेको छ । पुनर्निर्माण प्राधिकरणले दोलखा पछि थप १० जिल्लाबाट पुनर्निर्माणको पहिलो किस्ता वितरण गर्ने तयारी गरेको हो । ‘अनुदान वितरण गाविस सचिवहरूसँग प्रत्यक्ष जोडिएको विषय हो । गाविस सचिव अभावका कारण पनि समस्या हुन सक्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने । प्राधिकरणले भूकम्प पीडितको विस्तृत सर्वेक्षण गरी पूर्ण रूपमा क्षति भएका परिवारलाई मात्रै अनुदान रकम उपलब्ध गराउने छ । हालसम्म उपत्यकाका तीन जिल्ला बाहेकमा सर्वेक्षणको काम गरिरहेको छ ।

‘कहिले र कुन जिल्लाको कुन गाविसमा वितरण गर्ने भनेर यसै साता सार्वजनिक गर्दै छौं,’ प्राधिकरणका प्रवक्ता राम थपलियाले भने, ‘तर, १० वटै जिल्लामा यो कार्यक्रम जाने छ । त्यसको गृहकार्यमा जुटिरहेका छौं ।’ उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकसँग यस विषयमा छलफल जारी छ ।

 सरकारले पूर्ण रूपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । यसमध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ वितरणको काम सुरु भएको हो ।

यसमध्ये दुई गाविसका क्रमश: २ सय ५६ र २ सय १७ परिवारको बैंक खातामा पैसा जम्मा भइसकेको छ । ‘यो रकम पीडितले चाहेको बेला बैंक खाताबाट झिकेर घर बनाउन सक्छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सम्झौता मात्रै भएको परिवारको बैंक खातामा रकम जम्मा हुन भने एक/दुई दिन लाग्छ ।’

पीडितलाई पहिलो चरणमा जग निर्माणका काम सकेपछि मात्रै अनुगमन र कागजातको आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइने छ । दोस्रो किस्ताअन्तर्गत २ लाख रुपैयाँको ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ पाउने छन् ।

उक्त कार्यक्रमहरूमध्ये काठमाडौं चक्रपथ सुधार पहिलो चरण र दोस्रो, सहरी खानेपानी वितरण, प्रभावित क्षेत्रको पुनर्बास, सिन्धुपाल्चोकका विद्यालय र अस्पताल सुधार, रसुवाका विद्यालय सुधार र अस्थायी बसोवास पुनर्निर्माणमा सहयोग, स्वयम्भूनाथ मन्दिर र नुवाकोट दरबारको पुनर्निर्माणमा इच्छा, भूकम्पीय जोखिम अनुगमन, निजामती कर्मचारीका लागि स्तरवृद्धि कार्यक्रम, अस्पतालहरूमा मेडिकल सामग्रीको सहयोग, मेडिकल ट्रेनिङ, तातोपानी नाकाको अग्र भागको सुपरीवेक्षणलगायत कार्यक्रमहरू चीन भ्रमणका क्रममा सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

Spread the love