राष्ट्रपतिको सुरक्षाका लागी १८ करोडको गाडी

काठमाडौं : २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको भएपनि  करोडले नपुगेपछि थप १४ करोड निकासा सहित आठ गाडी किन्ने तयारी छ।  राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो।  विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो। राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवले चढेको पुरानो गाडी चढिरहेको र उक्त गाडीमा समस्या आएका कारण नयाँ चाहिएको बताइएको छ।

Spread the love