राष्ट्रपतिको सुरक्षाका लागी १८ करोडको गाडी

राष्ट्रपतिको सुरक्षाका लागी १८ करोडको गाडी

काठमाडौं : २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको भएपनि  करोडले नपुगेपछि थप १४ करोड निकासा सहित आठ गाडी किन्ने तयारी छ।  राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो।  विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो। राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवले चढेको पुरानो गाडी चढिरहेको र उक्त गाडीमा समस्या आएका कारण नयाँ चाहिएको बताइएको छ।

shital-nibas

शीतल निवासमा दलीय राजनीतिक

काठमाडौंः -सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधिहरू सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्राध्यक्षको छवि विवादमा तानिएको छ। राष्ट्रपति यादवका छोरा एवं नेपाली कांग्रेसका तर्फबाट धनुषा ५ का निर्वाचित सभासद् डा चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर दलीय राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। मुलुकको राजनीतिक यात्रामा लामो संघर्ष गरेका व्यक्तिदेखि कूटनीतिक ओहोदामा रहेकाहरूले यसलाई राष्ट्रपति पद, निवास र हैसियतको दुरुपयोग मानेका छन् । चन्द्रमोहन शीतल निवासमा बस्दा पार्टी विशेषका कार्यकर्ताले त्यहाँ सहज प्रवेश पाएका छन्। कांग्रेसको दलीय राजनीतिमा सक्रिय रहेको आरोप बुबा यादवलाई लागिरहेकै बेला चन्द्रमोहनको शीतल निवास बसाइले त्यो आरोपलाई झन् प्रगाढ बनाएको छ।

नेपाली कांग्रेसका एक पदाधिकारीले भने, ‘छोरा चन्द्रमोहनलाई धनुषाको राजनीतिमा स्थापति गराउनेदेखि संविधानसभाको निर्वाचन जिताउनेसम्मका कार्यमा बुबा यादव प्रत्यक्ष संलग्न हुनु राष्ट्रपति पदकै लागि राम्रो होइन। राष्ट्रपति कांग्रेसका नेता होइनन्। अन्तरिम संविधान २०६३ अनुसार उनी सेरेमोनियल राष्ट्रपतिका रूपमा राष्ट्र र जनताप्रति उत्तरदायी हुनेमात्र हो।’ भारतका राष्ट्रपति प्रवण मुखर्जीका छोरा अभिजित मुखर्जी पनि त्यहाँको लोकसभाका सदस्य छन् तर उनी राष्ट्रपति निवासमा बस्दैनन्। ‘मुखर्जीसँग व्यक्तिगत सम्बन्ध भएका डा यादवले किन उनीबाट केही सिक्न सक्दैनन्? ’ एक कूटनीतिज्ञले भने अन्नपूर्ण पोस्टमा खबर छ ।