अर्थमन्त्री र गर्भनरको फोन वार्तापछि उच्च दरमा बढ्यो बजार

साताको दोस्रो कारोबार दिन शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर बीच टेलिफोन कुराकानी भएको थियो। सो कुराकानीमा गभर्नरले आवश्यक प्रक्रिय मिलाई परिस्थिति सहज बनाउने समाचार बाहिरिएसँगै नेप्से उच्च दरमा बढेको छ।

नेप्से परिसूचक करिब ६ प्रतिशत बढेर बन्द भएको छ। मार्जिन कर्जामा १२ करोडको सीमाको त्रासले घटेको बजार, यस दिन अर्थमन्त्री र गर्भनर बीचको टेलिफोन वार्ताको समाचार पछि उच्च दरमा बढ्न थालेको हो।सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशत बढेर २९८०.७८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ११.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.४४ अंक बढेको छ। यस दिन २२४ कम्पनीको १ लाख ९ हजार पटकको कारोबारमा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

Spread the love