कहाँ गयो नयाँ नेपाल ?

thepowernews, bhola dulal, jhor mahankal, powernews,dada gawon village project, shivapuri hight cottage, nepal

कहाँ गयो नयाँ नेपाल ?

कबिता

भन्थे सब जनहरु एक स्वरले नयाँ नेपालमा !
शान्ति आउछ घरघरमा मेलहुन्छ आपसमा !!
खोई त्यो शान्ति कता गयो अहिले मुर्दा सरिभइगयो !
टालटुलको राजनीति कतिदिन चलोस झुठा सरिभइगयो !!

नेता झन जालझेल गर्छन् कपट पाली मनमा !
मर्छन् गरीबहरु खान नपाई तागत नभई तनमा !!
आङ ढाक्ने खोल छैन बिचरा अन्धकारैमा परि !
गुण्डा राज छ यहाँ दिन दहाडै काला बजारी गरि !!

अड्डा खाना न्यायलयहरु घुसखोरीको केन्द्रभो !
सास्ती पाउँछ निर्दाे विचरो बेसहारा त्यो छ जो !!
खुलमखुल्ला भ्रष्ट्रचारीहरुको बर्चश्व बढ्दै गयो !
इमान्दारी, सज्जनहरु हरदिन त्र्रmमशः घट्दै गयो !!

ठुलो आश देखाई पहिले माखो नमारी कन !
जानीजानी खेलवाड गछ्र्रन् लाजै नमानी कन !!
फोस्रो भाषण तारेहोटलमा गर्छन वेजोडले !
बेच्छन् नाम सधै निमुखाहरुको जस पाउने होडले !!

फेर्छन् बोली दिन दिन पिच्छे पत्याउनै गाह्रो भो !
कामै केहि नगरि पेटभरनु यो त अति साह्रो भो !!
भन्थे सपना सहिदको साकार पाछौ अब !
बेला भड्किन लाग्दा हतार गर्छन् जो मान्यजन सब !

छैन स्थान राम्रा मान्छेहरुको पारिन्छन् पाखामा !
जस्तै खराब होस्ता पनि आफ्नाहरुलाई च्यापिन्छ काखमा !!
ठुलो माछाले सानालाई फगतमा निल्छ उसै चालले !
मत्य न्याय सरि बिभेद जगतमा बढ्यो यसै तालले !
– भोला दुलाल –

Deepak Neupane

टीकापुर काण्डको चेपुवामा सोझा थारु – दिपक न्यौंपाने

दिपक न्यौंपाने , काठमाडौ – हाल तराईका केहि जिल्लाहरुले जुन किसमले मागहरु उठाइरहेका छन, ती मागहरुले तराई र त्यस भेकमा दविएर रहेका जनताको हित भन्दा पनि भोलीको नेतृत्व प्राप्तिको लडाई जस्तो देखिन गएको छ । सामान्यतया संघीय शासन प्रणालीमा केन्द्र, राज्य र स्थानीय एकाई बिचको शक्तीको बाँडफाँड गरिएको हुन्छ र केन्द्र देखि राज्यसम्म सोहि प्रकृतिका सरकारका अंगहरु हुने हुँदा  राज्यको ब्ययभार पनि बढ्न जाने हुन्छ । नेपाल अहिले संघीय शासन प्रणाली शुरुआतको प्रसव बेदनाको अवस्थामा छ । राज्यको सिमांकन देखि धर्मका  नाममा बिभिन्न आन्दोलनहरु चलिरहेकाछन् । जसमा कुनै साँच्चिकैका जायज अधिकारकालागि गरिएका  आन्दोलन छन भने बाँकि भोलीको आफ्नो राजनैतिक दुनो सोझ्याउने हेतुले निहित स्वार्थको परिपूर्तिमा जुटेका आवाज छन् ।  यो यथार्थ हाम्रो मित्र राष्ट्र भारतको मात्र नभै अमेरीका जस्तो बिकसित देशका राज्यहरुको पनि हो । यसर्थ हिमाल –पहाड –तराई मिलेर बनेको भू -बनोटको धनी राज्यको रुपमा निर्माण गर्न सकिने सम्भावना हुँदा हुँदै पनि , राष्ट्रको कूल जनसंख्याको ३० प्रतिशत जनसंख्या रहेको तराई क्षेत्र शिक्षा, जनचेतना, गरीवी, रुढीवादी, पिछडापन एवम् दाशताको शिकार बनेको अवस्था छ । यसको लागि राज्य जिम्मेवार छदैछ तर यसका अलाव तराईको प्रतिनिधित्व गरेका नेता एवम् उनका विचारहरु पनि छन् । तराईको नेतृत्व पङ्तिले जहिले पनि सस्तो लोकपृयतामा सोझा तराईवासीलाई फगाउँदै बिहारी शैलीको राजनीति गरी चुनाव जित्दै आएको अवस्था जगजाहेर नै छ । हैन भने यो मुलुकमा देशको राष्ट्राध्यक्ष देखि बिभिन्न मंत्रालयको बागडोर तराईमूलको हातमा छ, जसरी थारु समुदायलाई हिजोका दिन सम्म सोझो र ईमान्दार जातीको रुपमा लिईएको छ, त्यसैगरी सूदुरबासीहरु पनि बोलीका पक्का, निडर, बेईमान नगर्ने सोझा नेपाली भित्र नै पर्दछन ।
यो त्यही धर्ती हो, जहाँ सोझा सुदूरवासी र थारुहरु दाजु भाई बनि बसेका थिए । आज केही स्वार्थी ब्यक्तीका जातीवादी बिचारले नरसंहारको बातावरण सृजना गरेता पनि हामीले बिबेक गुमाउनु हुदैन । सुदूर तराई थारु र सुदूरवासी दुबैको साझा भुमी हो र यसको ईतिहास मेटाउनेलाई सखाप पार्नु पर्छ । जसलाई जरै देखि उखेल्न माउतेको खोजि गर्नु पर्दछ साथै सोझा थारु र पहाडीयाहरुको सुदूरको ईतिहास र सभ्यता मेटाउन खोज्ने खलनायकलाई जनताको कठघरामा उभ्याउनु पर्छ । यसर्थ यो सुदुरवासीले सुझबुझ गरि धैर्य गर्ने परीक्षाको घडी हो । हिमाल पहाड र तराई सदियौं देखि मिलेको सूदुरपश्चिम जहाँ बिगत देखिनै पुर्खाले हिमाल पहाड तराई जोडेर राखेका छन, त्यो ईतिहास सदाका लागि कायम राख्ने अवसर पनि हो ।
Bhola Dulal

नेपाली समाजमा मौलाएको अनौठो धारणा – भोला दुलाल

 ३० फागुन , २०७१ – आज भोली पैसा र प्रतिष्ठा दुबेै एक अर्काका पर्याय बनेका छन् । पैसाले मानिसको प्रतिष्ठा बृद्घि गर्दछ भन्ने संकिृण सोचाई बाट नेपाली समाज गुज्रीरहेको  बर्तमान परिपेक्षमा सम्पन्न र सम्भ्रान्त बर्गमा त कुरै छोडौ मध्यम बर्गीय समाजमा पनि घर खेत बन्दकी राखेर भएपनि बिकसित मुलुकहरुमा अध्ययन गर्न र पैसा कमाउनका खातिर विदेशिने संस्कृति मौलाएको देख्दा अचम्म लाग्ने गर्दछ । खासगरि संयुत राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका बिभिन्न मुलुकहरुमा अध्ययन र रोजगारीका लागी दश जोड दुई कक्षा पार गरिसकेका युवा युवतीहरुको मुख्य आकर्षणको केन्द्र बन्न पुगेको छ ।

खाडी मुलुकको त कुरै छोडौ जापान, दक्षिण कोरिया, मलेशिया जस्ता बिकासमा अगाडी बढिरहेका मुलुकहरुमा नेपालीहरुको पैसा आर्जन गर्नै थलो बन्न थलोको रुपमा चिनिएका छन् । दैनिक जीवनयापनलाई सहज ढंगबाट संचालन गर्न तथा बदलिदो बिश्व परिबेश सुहाँउदो जीवन प्रणालीको सुनिश्चित गर्नु आबश्यक मात्र हैन अनिबार्य पनि हो । तर धनले के मानिसको इज्जत प्रतिष्ठा बृद्घि गर्दछ ?  समाजमा आफ्नो हैसियत स्थापना गर्ने साधन धन नै सर्बाेपरि बस्तु हो ? बिकसीत मुलुकमा जादैमा के मानिस पुर्ण रुपमा शिक्षित र दिक्षित हुन्छ त ? यि र यस्तै प्रश्नहरु आज हाम्रा सामुतेर्सिएका छन् । बिदेशी मुद्रा भित्राउने नाउमा कर्मठ युवा युवतीलाई बिदेशिन प्रोत्साहित गर्नै सरकारी संयन्त्र यसको प्रमुख दोषी हो । दैनिक हजारौ युवाहरु शिक्षा र धन कमाउने लोभमा लाखौ रुपया खर्चेर बिदेशिने परिपाटीले के हाम्रो मुलुक साचै गरिब, असक्तm र अशिक्षित समाजको उदाहरण बनिरहने हो रु जोशिला तथा कर्मठ मानिसहरु बिदेशिने तर केटा केटि, बुढाबुढी मात्र यहाँ टिकि रहने परिपाटीले हाम्रो मुलुकको बिकासको अभियानमा कतिको नकारात्मक प्रभाब पर्दछ, त्यसको सहि आकलन गरिनु पर्दछ । के हाम्रा देशमा शिक्षा प्रणाली गतिलो छैन  ?
बिश्व परिवेश सुहाउदो शिक्षा प्रदान गर्न नेपाल किन असमर्थ छ रु ताकि लाखौ रुपैया खर्च गरेर शिक्षा प्राप्त गर्न मानिस तछाड मछाड गरेर हँुईकि रहेको अवस्थाले हाम्रो देशका नीति निमार्ण तहमा आशिन व्यतिहरुलाई अलिकति पनि लाजको आभाष हुदैन रु यस्ता गम्भिर प्रश्नहरु आज हाम्रा सामु देखा परेका छन् । नेपालको राष्ट्रियता समृद्घ हुनुपर्दछ भनेर फलाक्ने राजनितिक दलका नेताहरुमा नेपालको एक मात्र हवाई मैदान बाट सयौँको संख्यामा मानिसहरु परदेश बहकिदा राष्ट्रियताको धज्जी उडेको पत्तो छैन ? राष्ट्रियता खाली सिमाना रक्षा गर्नुमा मात्र सिमित  हुदैन । यो त देशको समग्र उन्नती र प्रगतिको बहाक हो । के हाम्रो धर्म, कला, सँस्कृति परदेशमा सुरक्षीत हुन्छन् त ? पक्कै पनि हुदैनन् । हामीले बिदेशमा ज्ञान र शिप हासिल गनुपर्ने हो  तर बिकृति र बिसंगतीको माला उनेर हामी र्फर्किरहेका हुन्छौ । फलस्वरुप हामी नेपाली हौ भनेर गर्ब गर्न लायक हुने छैनौ ।

Tudikhel

६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ । सैनिकमन्च टुँडिखेलमा बिहीबार विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामबरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला तथा मन्त्रीहरु ।