आइभन र प्रेरणा च्याम्पियन

आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन् । प्रेरणाले अश्लेषालाई ६–३ र ६–२ को सीधा सेटमा हराउदै उपाधि रक्षा गरिन् । एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो । गत बैशाखमा प्रेरणाले सिटिजन्स बैंक खुला टेनिस उपाधि जितेकी थिइन् । त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपीएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन् । पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए । मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए । पहिलो हुनेले ३५ हजार र दोश्रोले १७ हजार ५ सय नगद पुरस्कार हात पारे । पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घले पहिलो भए । उनले फाइनलमा कमल थापालाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । कृष्णले १५ हजार तथा कमलले ७ हजार नगद पुरस्कार पाए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले बाजी मारे । गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी विरुद्धको फाइनलमा सुदर्शन र राजुको जोडी २–६, ६–१ र १०–६ ले विजयी भए । विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार थापे । पुरुष ४५ वर्षमाथि सिंगल्स फाइनलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१ र ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे । चन्द्रले २५ हजार तथा राजुले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भएका थिए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा ५ विदेशसहित १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।
विवेक घाइते अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक गम्भीर घाइते भएको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् । आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । विवेक जापानमा भएको दुई अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, थाइल्यान्डमा भएको २ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, हङकङमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण तथा भुटानमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण र १ रजत विजेता हुन् ।


ब्राइट फ्युचर प्रिक्वाटरफाइनलमा ब्राइट फ्युचर गणेशमान सिंह स्मृति एसईई कप फुटसल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । काठमाडौं खेलकुद समाजद्वारा आयोजित प्रतियोगितामा चिल्ड्रेन हेभन, रिब्स, ग्रास रुट फुटसल एकेडेमी, गोल्स फुटबल एकेडेमी, लर्ड बुद्ध, एफसीएच यस र सामाखुशी फुटसलले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।  यसअघि शारदा एकेडेमी, धुकु फुटसल, अरोरा, फोरेस्ट किङ, त्रिज्योति, इन्साइट भिजन ‘ए’, आयोजक काठमाडौं खेलकुद समाज र एक्सेल्सियरले प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेका छन् ।
उमेशलाई मिस्टर हिमालय उपाधि ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । अभरअल च्याम्पियन बन्ने क्रममा उमेशले अन्य ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा पहिलो भएका खेलाडीबीच मिस्टर हिमालय उपाधिका लागि पुनः प्रतिस्पर्धा भएको थियो । ५५ केजीमा पावर फिट्नेस एन्ड जिम, कोटेश्वरका किसनदास दिवाकर, ६० केजीमा नेपाल व्यायम मन्दिर, ज्याठाका डेविड बलामी, ६५ केजीमा नेपाल जिम एन्ड फिट्नेस, रुपन्देहीका श्री थापा मगर, ७० केजीमा नेपाली सेनाका रमेश कार्की र ७५ केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेस, ढल्कोका नरेश मालाकार पहिलो भएका थिए । उपाधिसंगै उमेशले २ लाख ५० हजार नगद पुरस्कार हात पारे । उमेशले आफ्नो तौलसमूहमा पहिलो भएवापत छुट्टै २५ हजार नगद पुरस्कार पनि हात पारे । अन्य तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । पुरुष एथलेटिक्स फिजिकमा फिट्नेस प्लसका विश्वराम केसी पहिलो, डिभाइन फिजिकल एन्ड फिट्नेसका निशान्तमान प्रधान दोश्रो र ताहचल फिजिकल फिट्नेसका डम्बरसिंह मार्कन्ड तेश्रो भए । पुरुष जुनियर शारीरिक सुगठनमा ऐराहिटी फिट्नेस एन्ड जिमका कृष्ण महर्जन पहिलो, फिट्नेस स्टुडियोका राजु राई दोश्रो तथा डिभाइनका अंकितमान शाक्य तेश्रो बने । पुरुष स्पोर्ट्स फिजिकमा ग्रुभ फिट्नेसका प्रमोद राई पहिलो, पम्पिङ आइरनका सन्तोष विक दोश्रो र जिमखानाका सुखदेव कार्की तेश्रो भए । महिला एथलेटिक फिजिकमा व्यायम मन्दिरकी रजनी श्रेष्ठ पहिलो, डिभाइनकी सुजिता मानन्धर दोश्रो तथा पावर हाउसकी पूजा श्रेष्ठ तेश्रो स्थानमा रहे । चारै विधामा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । अर्को संस्करणदेखि मिस्टर हिमालय उपाधि विजेतालाई नगद ५ लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मनमैजु टिम च्याम्पियन नेपालको मनमैजु डोजोले दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोश्रो भयो । तेश्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा सुवास परियार तथा महिलामा आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । पुरस्कार स्वरुप दुवैले माउन्टेन बाइक प्राप्त गरे । लैनचारैस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आदेश र मुनालाई स्वर्णकाठमाडौं, वैशाख २१ –दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा आदेश बिष्ट र मुना तामाङले स्वर्ण जितेका छन् ।कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला ४९ केजी मुनि तौलसमूहमा स्वर्ण जितेका हुन् । आदेशले फाइनलमा सन्दीप गिरीलाई हराउँदै स्वर्ण आफ्ना बनाउँदा संस्कार अधिकारी र कृष्ण बुढाथोकी संयुक्त रूपमा तेस्रो भए ।मुनाले भने फाइनलमा जोत्सना केसीलाई स्तब्ध बनाउँदै स्वर्ण आफ्नो बनाइन् । सोही तौलसमूहमा काभ्या तिमिल्सिना र अमिसा कार्की संयुक्त रूपमा तेस्रो भए । पुरुषकै ३१ केजीमा हर्ष थापा पहिलो हुँदा फाइनलमा गणेश कोइरालालाई हराए । सोही तौलमा वांगेल तामाङ र नागेस ठाकुर तेस्रो भए । महिलाकै ४३ केजीमा समर्पण राई पहिलो हुँदा फाइनलमा हिमानी मगरलाई स्तब्ध बनाइन् । सोही तौलमा सुस्मा राई र अर्चना साह तेस्रो भए । महिलाकै ४४ केजीमा प्रगति कुँइकेलले स्वर्ण जित्दा नममी आचार्यलाई स्तब्ध बनाइन् । सोही तौलमा स्मारिका सिवाकोटी र रेमिक्सा रेग्मी तेस्रो भए । महिलाकै ४५ केजीमुनि सलिना केसीले स्वर्ण जित्दा फाइनलमा स्वीटी मन्डललाई पराजित गरिन् । अनिषा बखती र उदिता खड्का तेस्रो भए । एकदिने प्रतियोगितामा कुल १ सय १० खेलाडीले विविन्न तौलसमूहमा प्रतिस्पर्धा गरेको आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेतालाई नेपाल तेक्वान्दो संघ प्रदेश–३ अध्यक्ष केशव पुरी, ओलम्पियनद्वय नारायण गुरुङ र दीपक बिष्टलगायतले पुरस्कृत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेश्रो प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता बारे जानकारी गराउन पत्रकार सम्मेलन ःमिति ः २०७६ साल बैशाख २२ गते, आइतबार ।समय ः अपरान्ह १ः३० बजे ।स्थान ः रोयल एम्पायर रेस्टुरेन्ट, बालुवाटार (मल्पी कलेजको अगाडि) ।
फोटो ः१. सातौं सिटिजन्स बैंक खुला टेनिसको विभिन्न स्पर्धाका पदक विजेता ।२÷३. सातौं सिटिजन्स बैंक खुला टेनिसको सिंगल्स उपाधि विजेता प्रेरणा कोइराला (बायाँ) र आइभन हो लिसानेविच ।४. घाइते तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ ।५. दोश्रो अन्तर्राष्ट्रिय करातेका उत्कृष्ट खेलाडी सुवास परियारलाई पुरस्कृत गर्दै ।६. दोश्रो अन्तर्राष्ट्रिय करातेका उत्कृष्ट खेलाडी आयुशा तामाङलाई पुरस्कृत गर्दै ।७. दोश्रो अन्तर्राष्ट्रिय कराते उपाधि विजेता मनमैजु टोली ।८÷९. मिस्टर हिमालय शारीरिक सुगठन उपाधि विजेता ।

Spread the love