सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा

बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एकैदिन १२ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

Spread the love