सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा

बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एकैदिन १२ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

एकैदिन सुन ताेलामा १,३०० रूपैयाँले बढ्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन, मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  वैशाख लागेयता निरन्तर सुनको मूल्य उकालो लागेको थियो जुन मंगलबार मात्र ओरालो लागेको थियो ।  चाँदीको भाउ लगातार चार दिन एकै भाउमा कारोबार भएपनि बुधबार भने वृद्धि भएको छ ।   चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच हुँदैछ । वैशाख ३ गतेयता चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य बढ्यो

काठमाडौं : मंगलबार 2 सय बढेर सुन बुधबार सुन तोलामा २ सय रुपैयाँ बढेको छ। नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।आज सुन तोलाको ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। आज तेजाबी सुन तोलाको ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।