कोरोना भाइरस मुक्त चीनबाट उद्धार गरिएका सबै नेपाली

काठमाडौं :  बुधबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस मुक्त चीनबाट ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन।
चीनबाट गत आइतबार उद्धार गरिएका नेपाली नागरिकको झक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरिएको थियो।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, सबैको नाक र घाँटीभित्रको स्वावको नमूना परीक्षण गरिएको थियो। नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरि राष्टिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो। फागुन ४ , ५ र ६ गते स्वाव संकलन गरी परीक्षण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपालबाट अध्ययन र व्यवसायका लागि नेपाल वायु सेवा निगमको जहाजबाट यही फागुन ४ गते उद्धार गरी उनीहरुलाई स्वदेश ल्याइएको थियो।

Spread the love