चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल

चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल

चिनियाँ इन्जिनियरलाई जासुसीको आरोपमा अमेरिकामा ८ वर्ष जेल सजाय पाउने भएको छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। यो जासुसी उड्डयन क्षेत्रको व्यापार गोपनीयता चोर्ने प्रयाससँग सम्बन्धित रहेको छ। न्याय मन्त्रालयका अनुसार जी एक दशकअघि अमेरिकामा विद्यार्थी भिसामा आएका थिए। अमेरिकी अधिकारीहरूले जीले चिनियाँ राज्य गुप्तचर इकाईको निर्देशनमा काम गरेको बताएका छन्।  उनलाई गुप्तचरी र अमेरिकी सेनालाई मिथ्या जानकारी दिएको अभियोग लगाइएको थियो।

उनी यूएस आर्मी रिजर्भ्समा भर्ती पनि भएका थिए। त्यस क्रममा उनले आफूबारे ढाँटेका थिए। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। 

सरकारले कैदीलाई विवाह र ‘यौन सम्पर्क’ गर्न दिने

सरकारले कैदीलाई विवाह र ‘यौन सम्पर्क’ गर्न दिने तयारी गरेकाे छ। कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित कारागार  ऐनमा कैदीको प्रजनन् अधिकारलाई ख्याल गर्दै बच्चा जन्माउन दिने व्यवस्था समेट्न लागेकाे हाे। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ । पति जेलमा भए पत्नी कारागारमा पुगे उनीहरुलाई यौन सुविधा दिने गरी ऐन संशोधन गर्न लागिएको छ ।