एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा समस्या

एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा समस्या

१२ चैत, हुम्ला । चैतको सोमबार दिनभरि पानी परेको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपातपछि एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् ।

बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ । सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थी समस्यामा परेका छन् ।

एसईईको परीक्षा सुरु – देशभरबाट चार लाख ७५ हजार विद्यार्थी सहभागी

अकुर लुइटेल, न्यूयोर्क

दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा यस वर्षको एसईई परीक्षामा सहभागी हुँदैछ । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

काठमाडौं : दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा यस वर्षको एसईई परीक्षामा सहभागी हुँदैछ । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

देश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।
एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ ।

अस्थायी करार शिक्षकलाई सरकारले सौतेनी व्यवहार गरेको आरोप

भरतसन्तोषी,फाल्गुन,२७ काठमाडौ अस्थायी करार शिक्षकहरुले सरकारले आफुलाई सौतेनी व्यवाहार गरेको आरोप लगाएका छन् । २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले उक्त आरोप लगाएका हुन । ३ दिने आन्दोलनको घोषणा गरेका छुट अस्थायी करार शिक्षकहरुको कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सरकारले आफूहरुलाई सौतेनी ब्यवहार गरेको आरोप लगाउनु भएको हो । अस्थायी करार शिक्षकहरु यो विभेदकारी सरकारी निति विरुद्ध लड्न काठमाडौ केन्द्रित भएर आन्दोलन थालेको बताउनु भयो । सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएका शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरेपछि छुट अस्थायी करार शिक्षकहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरिरहेका छन् । कोणसभामा बोल्दै समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले करार शिक्षकहरु निरन्तर आन्दोलनमा होमिएको भएपनि सरकारले कुनै सुनुवाई नगरी शिक्षक महासंघ सगको २० बँुदे सहमति गरेको बताउँदै संघीय शिक्षा ऐनमा गर्न लागिएको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने बताउनु भयो । संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले यसपटकको आन्दोलन आम करार शिक्षकहरुको अन्तिम लडाइँ भएको बताउँदै रोजिरोटिको निमित्त आफै लागी पर्नुपर्ने बेला आएको बताउनुभयो । यस अघि अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु शैक्षिक बिद्रोह संकेत भएको करार शिक्षकहरुले बताएका छ्न । यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

अस्थायी करार शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन जारी

भरतसन्तोषी,काठमाडौं, २२ फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको आव्हानमा आज काठमाडौको भद्रकालीदेखि माईती घर मण्डला सम्म शान्तिपूर्ण प्रदर्शन चलिरहेको समितिले जनाएको छ।कार्यक्रममा सयौ शिक्षकहरुको उपस्थिति रहेको बताईएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार हिजो देसभरका अस्थायी करार शिक्षकहरु शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन तथा धर्नामा बसेका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै उनीहरु र्याली तथा धर्ना मा बस्नुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो। २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु शिक्षकहरुले गुनासो गरेका थिए ।सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको छ । हिजोको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिदै तत्काल सरकारले पीडित शिक्षकलाई लिएर सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा ७७ वटै जिल्लाबाट उपस्थित सात सय भन्दा बढी अस्थायी करार शिक्षकहरुले शिक्षा तथा मानव बिकास श्रोत बिभाग अगाडि दिनभरी धर्ना दिएका थिए। प्रदर्शनको क्रममा जे देखियो:-

शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन
शिक्षकको भद्रकाली देखि माईती घर मण्डला सम्म प्रदर्शन

अस्थायी करार शिक्षकको आज माईती घरमा मण्डलामा प्रदर्शन हुने


काठमाडौं, २२ फागुन । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिको आव्हानमा आज काठमाडौको माईती घर मण्डलामा शान्तिपूर्ण प्रदर्शन हुने समितिले जनाएको छ। संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीका अनुसार हिजो देसभरका अस्थायी करार शिक्षकहरु शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन तथा धर्नामा बसेका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै उनीहरु र्याली तथा धर्ना मा बस्नुपरेको अध्यक्ष पराजुलीले बताउनुभयो। २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको सम्बन्धमा शिक्षा तथा मानव बिकास श्रोत बिभागका महानिर्देशक बाबुराम पौडेल सामु शिक्षकहरुले गुनासो गरेका थिए ।सो अवसरमा बिभागका महानिर्देशक पौडेलले अस्थायी करार शिक्षकलाई अन्याय मा पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सरकारलेनै यस अघि भएको सम्झौता तथा संधिानको पालना नगरे सम्म आन्दोलनका साथ निरन्तर अगाडि बढ्ने संघर्ष समितिले बताएको छ । हिजोको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिदै तत्काल सरकारले पीडित शिक्षकलाई लिएर सम्बोधन गर्नुपर्ने बताए। कार्यक्रममा ७७ वटै जिल्लाबाट उपस्थित सात सय भन्दा बढी अस्थायी करार शिक्षकहरुले शिक्षा तथा मानव बिकास श्रोत बिभाग अगाडि दिनभरी धर्ना दिएका थिए।

अमेरिकामा प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाए

गणितका अलेक्जेण्डरले एटलान्टामा ३४ बर्षीय प्रोफेसर नाथनले आफ्ना बच्चाबच्ची नभएपनि विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको छ । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामा नै लिएर गएका थिए । बच्चाका पितालाई कक्षामा सहज होस् भन्ने उद्देश्यले प्रोफेसरले ५० मिनेटको पूरै कक्षा बच्चीलाई बोकेर नै पढाएका थिए ।

School

सरकारले छुट अस्थायी करार शिक्षकलाई धोका दियो,अस्थायी शिक्षक पुन आन्दोलित

भरतसन्तोषी,काठमाडौ। सरकारले छुट अस्थायी करार शिक्षकलाई धोका दिएको भन्दै अस्थायी करार शिक्षक पुन आन्दोलित भएका छ्न।आज काठमाडौ स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा आफ्ना शैक्षिक मुद्दामा महासंघको प्रस्ताव समेत अस्विकार गरेको भन्दै सरकारको बिभेदकारी नीति विरुद्ध विभिन्न माग सहित फेरि आन्दोलनको घोषणा गरिएको बताईएको छ।। छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएपनि शैक्षिक ड्राफ्टमा कुनै शब्दावली समेत उल्लेख नगरेकोले पुन आन्दोलन घोषणा गरिएको संघर्ष समितिका महासचिव बिश्वास अधिकारीले बताउनुभयो। माघ तेस्रो साता मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनत व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको थियो ।शिक्षा मन्त्रालय र शिक्षक महासंघको वार्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएपनि सरकारले संघीय शिक्षा ऐन ड्राफ्ट मा करार शब्द नै उल्लेख नगर्नु अन्यायपुर्ण भएको संघर्ष समितिका संरक्षक भरत केसीले बताएका छन ।अबको भोलि देखी हुने आन्दोलन सरकारसग हुने र निर्णायक आन्दोलनको लागि सबैको साथ जरुरी भएको सहमतिको अध्यक्ष हरिबंश पराजुलीले बताउनुभयो।अर्का संघर्ष समितिका केन्द्रिय कोषाध्यक्ष अनिता थापाले आफ्नो मागहरू समेटिएको बुदा स्पष्ट पारी अक्षरत पालना गराउन समिति निरन्तर थप आन्दोलनमा लागि परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले देशका शैक्षिक विकासका पक्षमा रहेका मागहरू ६ ओटा र शिक्षकको पेसागत हितका लागि राखिएका २६ ओटा मागहरूका सम्बन्धमा मिति २०७५ मंसिर २४ गते भएको ७ बुँदाका सहमति र २०७५ पुस १९ गते भएको ३ बुँदे सहमति भएपनि महासंघको प्रस्ताव समेत नटेरी सरकारले बिभेदकारी निति ल्याउने तयारी गरेको कारण संघर्षको कार्यक्रमहरु तय गरिएको बताईएको छ।

STEAM Students from West bury High School Visit Spectronics Corporation

Student engagement is the key to our future. That’s why Spectronics Corporation encourages young people to visit its manufacturing headquarters located in Westbury, New York.  Spectronics employs engineers and product development teams who specialize in the Automotive, HVAC, Industrial, and Non-Destructive Testing industries. A group of Westbury High School students recently toured Spectronics’ headquarters. Jon Cooper, the president of the company, guided the tour. The visiting students are enrolled in an educational program known as STEAM (Science, Technology, Engineering, the Arts, and Mathematics). The program helps foster interest in the sciences and works with industry-leading organizations to get young people excited about engineering. The tour was facilitated by the Workforce Development Institute. WDI is a statewide non-profit that helps grow and keep good jobs in New York State. The group works to build skills and promote workers through education, experiential learning, and professional development.

Jon Cooper introduced the Westbury students to Spectronics’ state-of-the-art manufacturing processes and computer numerical control (CNC) machining division. The students got an inside look at the company’s chemical and electrical engineering laboratories. They met with engineers who gave an overview of the broad range of ultraviolet lighting equipment and fluorescent leak detection dyes produced by Spectronics. The students were also able to see in action the company’s industrial 3D printer and automated dye bottling system.

Jon Cooper emphasized the level of operational excellence required to remain competitive in today’s manufacturing industry. “Our competitors overseas often have the advantage of low-cost labor. In order for Spectronics to be competitive, we need to emphasize the quality of our products,” Cooper said. “Our company invests a lot of resources to ensure that we meet and exceed international standards and certifications. We invest in both our workforce and our facilities so we can continue to lead in the development of new and groundbreaking technologies. Exciting innovation is happening here on Long Island, and local STEAM students can be a part of that.”

Spectronics has both ISO 9001:2008 quality management certification and AS9100C aerospace certification. This means Spectronics takes great care in the creation and delivery of products, ensuring that consistency is maintained through rigorous quality control checks, data gathering, and continuous improvement of their manufacturing processes. More than six decades since its inception, the goal of Spectronics is still the same – to produce effective, top-quality products that are on the cutting edge of today’s technology, with the utmost dedication to customer satisfaction. Spectronics Corporation is one of Long Island’s largest manufacturers. Their products are sold in more 150 countries worldwide. Spectronics Corporation invented fluorescent leak detection in 1955 and today they are the world’s leading manufacturer of ultraviolet equipment and fluorescent materials. Spectroline® UV lamps and radiometers are widely used to verify the structural integrity of military and commercial aircraft. Spectroline® fluorescent dyes are used to check for fluid leaks in power plants, nuclear reactors, oil pipelines and industrial facilities worldwide, and were even used on the U.S. Space Shuttle. A Nobel Prize-winning scientist used Spectroline® UV crosslinkers and transilluminators to do groundbreaking electrophoresis research that will benefit mankind as part of the Human Genome Project.

दुर्गममा दुनै बोर्डिङको २५ बर्षःगुणस्तरीय शिक्षामा जोड

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) ४ भदौ : हिमाली जिल्ला डोल्पामा २५ बर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दुनै बोर्डिङ स्कुलले रजत

रामचन्द्र न्यौपाने दुनै(डोल्पा)

जयन्ती मनाएको छ  । बि.स २०५० सालमा स्थापना गरिएको उक्त बिद्यालयले बिभिन्न चुनौतिहरु सामानागर्दै स्थापनाको २५ बर्ष पुगेको बिद्यालयले जनाएको छ । भुगोलका हिसाबमा देशकै ठुलो जिल्ला भएपनि शिक्षाका हिसाबमा पछि परेको डोल्पाको शिक्षा क्षेत्रलाई समयानुकुल परिवर्तन गर्नकालागि दुनै बोर्डिङ स्कुलले अग्रणी भुमिका खेलीरहेको स्कुल संचालक समितिका अध्यक्ष चाँद हमालले बताए । डोल्पाजस्तो ठाँउमा निजि तवरबाट बिद्यालय स्थापना गरेर गुणस्तरीय शिक्षा प्रदानगर्न कम चुनौती नरहेको हमालको भनाई छ । जिल्लाका बुद्धीजिवि तथा समाजसेवी स्वर्गीय अंगत कुमार हमालले उक्त स्कुल स्थापना गरेर अंग्रेजी शिक्षकालागि भौतारीँदै दुर्गमबाट तराई झर्ने डोल्पाली बालबालिकालाई जल्लामै सुगमका बिद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अभिभावक तथा मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताए ।
दुर्गमका बिद्यालयमा अंग्रेजी शिक्षा कमजोरहुने भएकाले अधिकांश बालबालिकाहरु तराईका जिल्लाहरुमा जाने गरेतापनि दुनै बोर्डिङको स्थापना पश्चात गुणस्तरीय पढाईकैलागि जिल्ला छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएको उनले बताए । अहिले जिल्लामै नमुना रुपमा दुनै बोर्डिङले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ केसीको भनाई छ । दुनै बोर्डिङ स्कुल १ कक्षा देखि ८ कक्षासम्म संञ्चालनमा छ ।कुल २ सय ६० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् भने पन्ध्रजना शिक्षक कर्मचारीहरु कार्यरत रहेकाछन् ।
बिद्यालयमा बिद्यार्थीको चाप उच्च रहेकाले सेक्सन बाँडेर पढाउन बाध्य भएको प्रिन्सिपल लोकेन्द्र केसीले जानकारी दिए ।
बिद्यार्थीको उच्च चापनै गुणस्तरीय शिक्षाको बलिया आधार सावित भएको समेत उहाँको भनाई छ ।उक्त बोर्डिङमा नेपाली बाहेक सम्पुर्ण बिषयहरु अंग्रेजीमा पठनपाठन हुनेगरेको उनको भनाई छ । “दुनै बोर्डिङले यसरी डोल्पाजस्तो ठाँउमा २५ बर्ष पुरागर्ला जस्तो लागेको थिएन्,तर सबैको साथ सहयोगबाट आज बिद्यालयले रजत जयन्ती मनाउन सफल भएको छ ।सयौँ अभिभावकको माया र साथ सहयोग पाएका छौ,यहीनै स्कुलको सफलताको कडी हो”केसीले भने ।
“जिल्लाकै अभिभावक स्वर्गीय अंगत कुमार हमालले यस स्कुलको स्थापना नगरेको भए सायद यस्तो खुशीको दिन आउने थिएन्” उनले थपे । “सबैको माया ममताले गर्दा अभैmपनि स्कुललाई नमुना बनाउँदै डोल्पाको शिक्षा क्षेत्रमा परिर्वतको हिस्सा दुनै बोर्डिङले पनि ओगट्ने छ”केसीको दाबी छ । दुनै बोर्डिङमा नर्सरी देखि पढाई सुरु गरेका बिद्यार्थीहरु डाक्टर,पाईलट,ईन्जिनियर बनिसकेकाले स्कुलकालागि गौरवको कुरो भएको संञ्चालक समितिले जनाएको छ ।

विद्यालयमा व्यापक अनियमितता – ग्रामीण देवी माबिका चार शिक्षकले दिए राजिनामा

नुवाकोट,जेष्ठ,८,नुवाकोटको पुर्वी शिवपुरी गाउँ पालिका वडा नम्बर ७मा अवस्थित ग्रामीण देवी माध्यमिक विद्यालयका चार शिक्षकले एकमुष्ट राजिनामा दिनुभएको छ। विद्यालयमा अध्यापनरत चार निजिश्रोत शिक्षकले विद्यालयमा हुने गरेको अनियमित क्रियाकलापले आफुहरुलाई अत्यन्तै दुखीत बनाएको भन्दै एकमुष्ट राजीनामा दिएका हुन। राजीनामा दिनुहुनेहरुमा तनहुँ जिल्ला ब्यास नगरपालिका ६ स्थायी निवासी शिक्षक बन्धुराज भण्डारी,शिवपुरी गाउँपालिका ७का स्थायी शिक्षिका भगवती कडेल हुनुहुन्छ।त्यस्तै बैतडी जिल्ला मेलौली नगरपालिकाका दिपकसिंह क्षेत्री र नुवाकोट जिल्ला पन्चकन्या गाउँ पालिकाका भरत तामाङ हुनुहुन्छ । भण्डारी माध्यमिक तहका हिसाब बिषयका शिक्षक र कडेल माध्यमिक तहका अर्थशास्त्र बिषयका शिक्षिका हुनुहुन्थ्यो।त्यस्तै बैतडीका सिंह माध्यमिक अङ्ग्रेजी शिक्षक र तामाङ माध्यमिक नेपाली बिषयका शिक्षक हुनुहुन्थ्यो। उहाँहरु द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ सरकारी विद्यालय भएर पनि अभिभावकलाई अनावश्यक बोझ बनाएर मासिक दस्तुर लगायत अनावश्यक दस्तुर तिर्न लगाउनु,प्रसाशनले अभिभावक,विद्यार्थी सग कुनै समन्वय नराख्नु लगायत क्रियाकलापले आफुहरुलाई शिक्षक भएर बस्न नै असह्य भएकोले राजीनामा दिईएको बताईएको छ। निजिश्रोत शिक्षकहरुलाई तलब नदिने, महिनौपिछे अनावश्यक अभिभावक लाई आर्थिक भार लगाउने क्रियाकलाप ले अत्यन्तै दुखी भएको राजीनामा दिने मध्य एक माध्यमिक अङ्ग्रेजी शिक्षक दिपकसिंह क्षेत्रीले बताउनुभयो। यता विद्यालयका प्रधानाध्यापक गङालाल डङोलले भने कुनै श्रोत नभएको शिक्षकलाई आवस्यक सुविधा दिन नसकेको एकतर्फी जिकिर गर्दछ्न।