दुर्गममा दुनै बोर्डिङको २५ बर्षःगुणस्तरीय शिक्षामा जोड

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) ४ भदौ : हिमाली जिल्ला डोल्पामा २५ बर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दुनै बोर्डिङ स्कुलले रजत

रामचन्द्र न्यौपाने दुनै(डोल्पा)

जयन्ती मनाएको छ  । बि.स २०५० सालमा स्थापना गरिएको उक्त बिद्यालयले बिभिन्न चुनौतिहरु सामानागर्दै स्थापनाको २५ बर्ष पुगेको बिद्यालयले जनाएको छ । भुगोलका हिसाबमा देशकै ठुलो जिल्ला भएपनि शिक्षाका हिसाबमा पछि परेको डोल्पाको शिक्षा क्षेत्रलाई समयानुकुल परिवर्तन गर्नकालागि दुनै बोर्डिङ स्कुलले अग्रणी भुमिका खेलीरहेको स्कुल संचालक समितिका अध्यक्ष चाँद हमालले बताए । डोल्पाजस्तो ठाँउमा निजि तवरबाट बिद्यालय स्थापना गरेर गुणस्तरीय शिक्षा प्रदानगर्न कम चुनौती नरहेको हमालको भनाई छ । जिल्लाका बुद्धीजिवि तथा समाजसेवी स्वर्गीय अंगत कुमार हमालले उक्त स्कुल स्थापना गरेर अंग्रेजी शिक्षकालागि भौतारीँदै दुर्गमबाट तराई झर्ने डोल्पाली बालबालिकालाई जल्लामै सुगमका बिद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अभिभावक तथा मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताए ।
दुर्गमका बिद्यालयमा अंग्रेजी शिक्षा कमजोरहुने भएकाले अधिकांश बालबालिकाहरु तराईका जिल्लाहरुमा जाने गरेतापनि दुनै बोर्डिङको स्थापना पश्चात गुणस्तरीय पढाईकैलागि जिल्ला छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएको उनले बताए । अहिले जिल्लामै नमुना रुपमा दुनै बोर्डिङले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ केसीको भनाई छ । दुनै बोर्डिङ स्कुल १ कक्षा देखि ८ कक्षासम्म संञ्चालनमा छ ।कुल २ सय ६० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् भने पन्ध्रजना शिक्षक कर्मचारीहरु कार्यरत रहेकाछन् ।
बिद्यालयमा बिद्यार्थीको चाप उच्च रहेकाले सेक्सन बाँडेर पढाउन बाध्य भएको प्रिन्सिपल लोकेन्द्र केसीले जानकारी दिए ।
बिद्यार्थीको उच्च चापनै गुणस्तरीय शिक्षाको बलिया आधार सावित भएको समेत उहाँको भनाई छ ।उक्त बोर्डिङमा नेपाली बाहेक सम्पुर्ण बिषयहरु अंग्रेजीमा पठनपाठन हुनेगरेको उनको भनाई छ । “दुनै बोर्डिङले यसरी डोल्पाजस्तो ठाँउमा २५ बर्ष पुरागर्ला जस्तो लागेको थिएन्,तर सबैको साथ सहयोगबाट आज बिद्यालयले रजत जयन्ती मनाउन सफल भएको छ ।सयौँ अभिभावकको माया र साथ सहयोग पाएका छौ,यहीनै स्कुलको सफलताको कडी हो”केसीले भने ।
“जिल्लाकै अभिभावक स्वर्गीय अंगत कुमार हमालले यस स्कुलको स्थापना नगरेको भए सायद यस्तो खुशीको दिन आउने थिएन्” उनले थपे । “सबैको माया ममताले गर्दा अभैmपनि स्कुललाई नमुना बनाउँदै डोल्पाको शिक्षा क्षेत्रमा परिर्वतको हिस्सा दुनै बोर्डिङले पनि ओगट्ने छ”केसीको दाबी छ । दुनै बोर्डिङमा नर्सरी देखि पढाई सुरु गरेका बिद्यार्थीहरु डाक्टर,पाईलट,ईन्जिनियर बनिसकेकाले स्कुलकालागि गौरवको कुरो भएको संञ्चालक समितिले जनाएको छ ।

Spread the love