मेरो जित सुनिस्चित छ- बनिता कतिला (आइसीसी सदस्य उमेद्वार)

मेरो जित सुनिस्चित छ- बनिता कतिला (आइसीसी सदस्य उमेद्वार)

गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न चुनावले यतिबेला अमेरिकामा रहेका नेपालीहरुलाई तताएको छ । विभिन्न पदमा उम्मेद्वारी दिनेहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । केही सातापछि हुन लागेको विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा रहेका नेपालीहरुको संस्थामा विभिन्न पदका आकांक्षीहरुले आफ्नो चुनावी घोषणा पत्रहरु सार्वजनिक गर्दै विभिन्न खाले योजनाहरु अघि सारिरहेका छन् । एनआरएनको अध्यक्ष देखि अन्य विभिन्न पदमा उम्मेद्वारी दिएकाहरुले यतिबेला विभिन्न माध्यमबाट आफूलाई मत दिएर विजयी गराउनका लागि अभियान तीव्र बनाएका छन् । यस्तै मध्येकी एक हुनुहुन्छ बनिता कतिला । जसले यसपटक एनआरएन अमेरिकाको अन्र्तराष्ट्रिय समन्वय परिषद्को सदस्यमा उम्मेद्वारी दिनुभएको छ । 
 

को हुन् बनिता ? 
नेपालको पर्यटकीय नगरी पोखरामा जन्मिएकी बनिता विगत 8 वर्षदेखि अमेरिकाको न्यूर्योकस्थित ज्याक्सन हाइटमा बसोबास गर्दै आउनुभएको छ । अमेरिका जानुअघि उहाँले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा निक्कै ठूलो योगदान पु-याउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी बनिताले स्वास्थ्य शिक्षामा स्नातक तथा नर्सिङ्मा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य सेवा विभाग मातहतका विभिन्न स्वास्थ्य सम्बन्धी संघ संस्थामार्फत नेपालका दुर दराजमा पुगेर आम जनताको घाउमा मल्हमपट्टी लगाएको अनुभव संगालेकी बनिताले नेपालस्थित विभिन्न बहुचर्चित आइननजीको समन्वयमा बालबालिकाको स्वास्थ्य, शिक्षालगायतको क्षेत्रमा लामो समयसम्म काम गरिसक्नुभएको छ । उहाँकै विशेष सक्रियतामा कास्कीको पोखरामा बाल तथा महिला शशक्तिकरण समाज स्थापना भएको छ । बनिता सो संस्थाको स्थास्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

विशेषत : महिला अधिकाको रक्षा गर्दै स्वास्थ्य शिक्षाको क्षेत्रमा एनआरएनको माध्यमबाट थप सहयोग गर्ने उद्देश्यले आफूले यसपटक एनआरएन आइसीसीको सदस्य पदमा उम्मेद्वारी दिएको उहाँले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गर्नुभएको छ । अग्रजको योगदानलाई सम्मान गर्दै भोलिका दिनमा विश्वभर रहेका नेपालीहरुबीच एकता र पारस्पारिक सहयोगलाई थप मजबुत बनाउने उद्देश्यले आफूले उम्मेद्वारी दिएको बनिताको भनाई छ ।

चुनावी घोषणपत्रमा बनिताले उल्लेख गर्नुभएको छ –“ सृजनाको आधा आकास उठाने महिलाहरूको प्रतिनिधित्व गर्दै नीरी समानतार र संस्थामा नारी शक्तियों परिचालन गर्ने बिषय हामीले सोचे जस्तो सरल र सहज देखिदैन। नारीको समावेशीकरण र सहकार्य बिना संस्थापकों सर्वागिन बिकास अँधेरो र अपुरो ना रहने कुरामा सायना अतिशयोक्ति होला। आजसम्म संस्थाले न्यूनतम उपलब्धिहरू हीसील गरेता पनि बहुसंख्यक लक्ष्यहरूमा सफलता प्राप्त गर्न अझै धेरै अल्पकालिन र दीर्घकालीन कार्यहरू सम्पन्न गर्नु पर्ने देखिन्छ । संस्थालाई राजनैतिक बिबादहरूबाट मुक्त गरेर बिशुध्द सामाजिक ज़िम्मेदारीको माध्यम बनाउदै बिदेशमा रहेगा नेपालीहरूले भेग्नु परेका समस्यामा केन्द्रित नभएसम्म संस्थाको आबश्यकता हाम्रो जनजीवनमा राम्रोसंग प्रत्याभूत नहुन सक्छ ।”

एनआरएनलाई सबैको साझा संस्थाको रुपमा विकास गराउने तथा एनआरएनले नेपालमा गर्ने परोपकारको योजनालाई ठोस र प्रभावकारी बनाउन आफूले यसपटक आइसीसीको सदस्य पदमा उम्मेद्वारी दिएको उहाँको भनाई छ । आधादर्जन बुँदाहरुमा विशेष ध्यानाकर्षण गराउँदै बनिताले आफ्नो यो अभियानलाइ साकार बनाउन आसन्न चुनावमा आफूलाई एनआरएन आइसीसीको सदस्य पदमा अमूल्य मत दिई विजयी गराउन अमेरिकमा सहेका सबै नेपाली दाजूभाई दिदिबहिनीसँग विशेष अपिल गर्नुभएको छ ।  

यस्तो छ बनिताको चुनावी प्रतिबद्धताहरु : संसारको बिभिन्न कुनामा छरिएर बसेको नेपालीहरू बीचको पारस्परिक सम्बन्ध सम्भावनालाई एकीकृत गर्दै एकले अर्कोंलाई सहयोग गर्ने प्रारम्भिक लक्ष्य लिएर स्थापना भएको गैर आवासीय नेपाली संघ(NRNA) झण्डै डेढ़ दशकसम्मको अथकयात्रा पछि नेपालीहरूको बिश्वब्यापीकरंणको मूल पहिचान बनेको छ। यो गौरवगाथामा हज़ारौ नेपाली अग्रजहरूको योगदान एवं। सिर्जनशील भुमिका स्मरणीय छ। यही संदर्भमी ये संस्थालाई अमेरिकीमा प्रजातान्त्रिक मुल्य र मान्यता अनुरूप, संगठनात्मक बिकास गराउनाको अनुभव र नौलौ बिचारहरूको संयोजन गरु ये संस्था मार्फ़त समीजसेवामा समर्पित गराउने निर्णय गरिरहदा मैले वर्तमानमा सामना गर्नु पर्ने चुनौतिहरू पनि स्पष्ट्र देखिरह्छु । त्यसमा पनि सृजनाको आधा आकास उठाने महिलाहरूको प्रतिनिधित्व गर्दैनीरी समानतार र संस्थामा नारी शक्तियों परिचालन गर्ने बिषय हामीले सोचे जस्तो सरल र सहज देखिदैन। नारीको समावेशीकरण र सहकार्य बिना संस्थापकों सर्वागिन बिकास अँधेरो र अपुरो ना रहने कुरामा सायना अतिशयोक्ति होला। आजसम्म संस्थाले न्यूनतम उपलब्धिहरू हीसील गरेता पनि बहुसंख्यक लक्ष्यहरूमा सफलता प्राप्त गर्न अझै धेरै अल्पकालिन र दीर्घकालीन कार्यहरू सम्पन्न गर्नु पर्ने देखिन्छ । संस्थालाई राजनैतिक बिबादहरूबाट मुक्त गरेर बिशुध्द सामाजिक ज़िम्मेदारीको माध्यम बनाउदै बिदेशमा रहेगा नेपालीहरूले भेग्नु परेका समस्यामा केन्द्रित नभएसम्म संस्थाको आबश्यकता हाम्रो जनजीवनमाराम्रोसंग प्रत्याभूत नहुन सक्छ। यसै संदर्भमा मैले निम्न लिखित बुदाहरूमा ध्यानाकर्षण गराउदै त्यकोलागी अनवरत रूपमा कृयाशील रहने बचन बध्दता प्रकृट गर्न चाहान्छ। १) केन्द्र र राष्ट्रीय (स्थानीय ) समन्वय परिषदहरू बिचको कार्य सम्पादनमा संन्तुलन गर्दै दुबातिरको कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहने। २) हरेक बर्ष NRNA ले नेपालमा गर्ने परोपकारका योजनालाई ठोस योजनामा मात्र केन्द्रित गराई प्रभाबकारी बनाउने। ३) यो संस्था सबैको साझा हो NRN को सम्पूर्णहरूमा आधा आकाश ओढटेको नारीकोसहभागिता बढ़ाई संस्थाकोकार्यक्रमलाई अझ प्रभाबकारी बनाउने। ४) संस्थाको आर्थिक र सामाजिक गतिबिधिहरूलाई अझ प्रभाबकारी र पारदर्शी बनाउने। ५) भई परि आउने बिविध आापद बिपदकोलागी तात्कालिकन राहत ब्यबस्थीपन हुन सक्ने गरी आपद क़ालीन कोष स्थापना गर्ने र कोष बृघ्दि गराउने| ६) नेपाली भाषा साहित्य कला संगीतके क्षेत्रको बिकासको लागी सम्बन्धित संघ संस्थासंग सहकार्य गर्दै प्रभावकारी योगदान दिने र कार्यन्वयन गर्ने। समाज सेवा बिना मानिसको व्यक्तिगत जीवन सार्थक नहुने मेरो ब्यक्तिगत मान्यता बमोजिम म यो संस्थामा निरन्तर रूपमा आबध्द हुने चाहाना अनुरू ICC को सदस्यकोलाई उमेरबारी दिदैछु ।

बनिता कतिला आई. सि. सि. सदस्यको उमेदबार न्यूर्योक

जित को निकै नजिक छिन्- अनु (न्यूयोर्क च्याप्टर को कोषाध्क्ष पद)

न्यूयोर्क च्याप्टर को कोषाध्क्ष पद को उमेद्वार मा अनु खड्का को नाम सार्वजनिक भएको छ। निर्बाचन कमिटी ले अन्तिम घडी मा आएर उहा को नाम प्रकासित गरेको छ । न्यूयोर्क मा उनको निकै राम्रो प्रभाब रहेको छ । एक पटक निर्बिरोध्, फेरी अर्को पटक नाम लिस्ट बाट नै गायब र अन्तत उनको नाम प्रकासित भएको छ । बिभिन्न समाजसेबी हरु को अनुसार उन ले भारी मन ले बिज यि हुने कुरा म कुनै दुइ मत छैन । केहि समय मौन बसेकी उनि अहिले अन्तम समय मा नाम आए पछी बिभिन्न भेट घाट हरु मा ब्यस्त छिन। न्यूयोर्क मा उनको लोकप्रियता दिन दुइ गुना रात चौगुना भइ रहेको छ।

19748517_1285500588233041_7066105447272616604_n

दान दिने कार्य होस या स्वयम सेबक हरेक कार्य मा उतिकै सहयोगी भबना भएकी अनु आफु लाई समाजसेबी भन्दा निकै गर्ब गर्छिन । न्यूयोर्क च्याप्टर मा आर्थिक पार्दर्शिता देखाउन चाहन्छिन भने उन को अर्को मुल एजेन्डा भने को घरेलु हिसा बाट ग्रस्त ब्यक्ती हरु लाई सहयोग गरी उचित मार्ग निर्देर्शन गर्नु हो । प्रबास मा आए र होम लेस हुने हरु लाई उचित ब्यबस्था पन गर्ने को चाहना छ । एन आर एन को मेम्बर सिप बनाउन समेत उन को ठुलो हात छ । उनि अमेरिक को धेरै राज्य हरु मा गएर एन आर एन को बारे मा बोले कि थिएन ।

मध्यराति २५० भन्दा बढी कर्मचारी सरुवा

काठमाडौं:  मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानदेखि तनाव भएको छ। निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो।   मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसचिव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित (खरिदार, नायवसुब्बा र कार्यालय सहयोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो। ‘खरिदार, सुब्बाहरू अत्यावश्यक भएका ठाउँमा मात्र न्यून रूपमा सरुवा गर्ने भन्ने सहमति भएको थियो तर धेरै संख्यामा सरुवा गरेको छ।  नियमविपरीत एकतर्फी रूपमा कर्मचारी सरुवा गरेको भन्दै आधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको  छ।  प्रहरीले दिनभर मन्त्रालयमा सुरक्षा दिएको थियो।  नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका सदस्य लेखनाथ कोइराला, संगठनका महासचिव रेवन्त गौतम र नेपाल निजामती कर्मचारी युनियन (संघ)का जितबहादुर मडै नेतृत्वको टोलीले मन्त्री बस्नेत र सचिव सापकोटालाई भेटी सरुवा खारेज गर्न माग गरेको छ।

माधव नेपाललाई राजपाको कुचो…

जनकपुरधाम : स्थानीय पिडाडी चोकमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम स्थल पुग्ने बेला राजपाका कार्यकर्ताले  स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा (एमाले) द्वारा आयोजित चुनावी सभामा राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ता अवरोध गरेका छन् । संविधान संशोधनको विपक्षमा मतदान गरेर संशोधन विधेयक विफल बनाउनमा प्रमुख भूमिका निर्वाह गरेको एमाले मधेस विरोधी पार्टी रहेको भन्दै राजपाका नेता कार्यकर्ताहरुले नेता नेपालको विरोध गरेका हुन् ।  एमालेलाई मधेसबाट धपाउनु पर्छ भन्दै राजपा कार्यकर्ताहरुले पार्टीको विरोधमा चर्को नाराबाजी समेत गरे । झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका आधा दर्जन कार्यकर्ता घाइते भएको राजपा नेता परमेश्वर साहले जानकारी गराएका छन् । स्थिति तनावपूर्ण भएपछि कार्यक्रमस्थलमा व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेता नेपाल चढेको गाडीमा राजपा कार्यकर्ताहरुले ढुंगामुढा समेत गरेका थिए । तनाव बढेपछि प्रहरीले कार्यक्रमस्थलमा घेराबन्दी गरी एमालेको कार्यक्रमलाई सञ्चालित गराएको थियो ।

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

काठमाडौं : नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि  जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल निकायमध्ये सबैभन्दा कम उत्तीर्ण नेपाली सेनामै हुने गरेको आयोगले जनाएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा प्रणालीलाई आत्मसात गरेर अगाडि बढ्न सके सफलता हासिल गर्न कठिन नहुने बताउँछन् । ‘लोकसेवा आयोग मेरिटोक्रेसीलाई मान्यता दिने संस्था हो आयोगको परीक्षामा सहभागी हुने सेनालगायत सबै पक्षले यसमा ध्यान दिने हो भने असफलता हासिल गर्नु पर्दैन’, आयोग अध्यक्ष मैनालीले भने । सोर्सफोर्स र भनसुनबाटै सेनामा प्रवेश गरेकाहरू आन्तरिक बढुवाका लागि भएका प्रतिस्पर्धामा धमाधम फेल हुन थालेका हुन् ।

आवासीय भवनमा मेडिकल कलेज

कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन । राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ ।  २ रोपनी १० आना १ पैसा ३ दाममा बनेको उक्त भवन काठमाडौं नेसनल मेडिकल कलेजले ५ करोड ७० लाख ५८ हजार ९ सय ७० रुपैयाँमा खरिद गरेको हो । काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रिविले सम्बन्धन दिएको उक्त अपार्टमेन्ट इन्टरनेसनल हाउजिङले आवासीय भवनका रूपमा २०६८ जेठ ३० मा काठमाडौं महानगरपालिकाबाट नक्सा पास भएको छ । फ्रेम स्ट्रक्चर मोडलमा नौ तला निर्माण गरी अपार्टमेन्टले महानगरबाट नक्सा पास गरेको हो ।

काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले अपार्टमेन्टका लागि बनाइएको भवनमा पछिल्लो समय मेडिकल कलेजको शिक्षण अस्पतालको बोर्ड राखिएको  छ । स्वास्थ्य मन्त्रालयबाट शिक्षण अस्पतालको स्वीकृति लिन सम्बन्धित निकायबाट भवनको नक्सा डिजाइन र राष्ट्रिय भवनसंहिताको मापदण्डबमोजिम निर्माण भएको सिफारिस चाहिन्छ । स्वास्थ्य संस्था सञ्चालन गर्न आवश्यक पूर्वाधारसहित भवन निर्माण गरेको लगायत अन्य कागज पेस नगरेकै कारण काठमाडौं नेसनललाई शिक्षण अस्पताल सञ्चालनको स्वीकृति नदिइएको जानकारी स्वास्थ्य मन्त्रालय चिकित्सा शिक्षा महाशाखा प्रमुख भोलाराम श्रेष्ठले दिए ।  सोत: कान्तिपुर

प्रधानमन्त्रीको भारत भ्रमणले पनि खुलेन ग्यास बुलेटको बाटो

काठमाडौं : व्यवस्थापिका संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एक साताअघि नेपाली नम्बर प्लेटको बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।   तर, यो विषयमा छलफल हुँदा  नेपालको निजी क्षेत्रले भारतमा निर्माण गरेको नेपाली नम्बरको बुलेट सञ्चालनको विषय अझै ‘अन्योल’ मा छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बुलेट सञ्चालनसम्बन्धी विषय प्राथमिकताका साथ उठ्ने आशा थियो’  तर, भ्रमणमा उक्त विषयले खासै ‘चर्चा’ समेत पाउन नसकेको स्रोतको दाबी छ । ’नेपाली ग्यास उद्योगीले प्रधानमन्त्रीको भ्रमणमा उक्त विषयले प्राथमिकता नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा यो समस्या समाधान हुने ठूलो आस थियो । तर यो विषयमा खासै चर्चा भएन ।  नेपाली बुलेट सञ्चालनको विषय अन्योलमै रह्यो  ।

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

नयाँदिल्ली : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री  देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने  छ भने ।  संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम रहेको छ ।

महासंघलाई सबैको साझा संस्थाका रुपमा अगाडि बढाउने – अध्यक्ष आचार्य

काठमाडौँ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले  महासंघलाई सबैको साझा संस्थाका रुपमा अगाडि बढाउने  बढाउने बताएका छन् ।   श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सदैव प्रतिबद्ध रहने धारणा पनि व्यक्त गरे ।    महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्य, तारानाथ दाहाल, सल्लाहकार पोषण केसी, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मालगायतले महासंघलाई सबैको साझा संस्था बनाएर श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।    महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि मंगलबार आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर महासंघ सबैको साझा संस्था हो भन्ने अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

दोस्रो संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत

दिपक न्यौपाने, काठमाडौ : नेपालको संविधान दोस्रो संशोधन विधेयक ब्यवस्थापिका संसदबाट अस्वीकृत भएको छ ।प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायत दलले विधेयकको बिपक्षमा मतदान गरेकाले संसदबाट अस्वीकृत भएको हो । नेकपा मालेले भने मतदान प्रक्रियामै सहभागी नहुने भन्दै बहिष्कार गरेको थियो ।  कानुनमन्त्री यज्ञबहादुर थापाले प्रस्तुत गर्नुभएको विधेयक पारित गरियोस भन्ने प्रस्ताव  संसदको आजको बैठकले बहुमतले अस्वीकृत गरेको छ । विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेपछि सभामुख ओनसरी घर्तीले विधेयक अस्वीकृत भएको घोषणा गर्नुभयो । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत दलहरुले विधेयकको पक्षमा मतदान गरेपनि आवश्यक मत भने पुग्न सकेन । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको थियो ।  विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो । संसदको आजको बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए ।