टोखा नगरपालिका भित्र अव्यवस्थित रुपमा रहेका सडकका पोलहरु तथा तारहरुलाई व्यवस्थित बनाउने बिषयमा छलफल

नेपालकै पहिलो सुरुङको यात्रा

नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्दा बारा जिल्लाको चुरियामाई मन्दिर छेवैमा राजमार्गसँगै एउटा छहारी लगाइएको संरचना छ। राजमार्गको साँधैबाट सुरु भएको छहारी चुरेको पहाडी भित्तासम्म पुग्छ र एउटा कालो रङ लगाइएको ढोकामा पुगेर अन्त्य हुन्छ। त्यो कालो रङ्ग लगाइएको ढोकाभित्र छ नेपालकै पहिलो गाडी गुडाउन बनाइएको सुरुङ मार्ग। महेन्द्र राजमार्ग तर्फबाट प्रवेश गर्दा यो सुरुङ चुरियामाई मन्दिरमा निस्कन्छ। मन्दिरमा राखिएको एउटा शिलालेखमा सुरुङ मार्गको ऐतिहासिक पक्षबारे चर्चा गरिएको छ।

नेपाली इन्जिनियर डिल्लीजङ थापाले अवधारणा तयार गरेको यो सुरुङलाई शिलालेखमा ‘दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग’ भएको दाबी समेत गरिएको छ। नेपालका विभिन्न ठाउँ घुमेका भूगोलविद् टोनी हागन सहितका अन्तर्राष्ट्रिय पुस्तकहरूमा समेत चर्चा गरिएको यो सुरुङ विगत कैयौँ दशकदेखि अलपत्र थियो। नेपालमा सडक सञ्जाल बन्नुअघि नै भारतमा ब्रिटिश शासनकालमा रेल सञ्जाल बनिसकेको थियो। भारतबाट नेपालको अमलेखगन्जसम्म रेल आउने गरेको चर्चा विभिन्न ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ। “तत्कालीन समयमा त्रिभुवन राजपथ महेन्द्र राजमार्गहरू नहुँदाखेरि भीमफेदीसम्म साना खालका यातायातका साधनहरू गुड्न मिल्ने गरी यो सुरुङ बनाइएको थियो,”

भारतको बाटो हुँदै नेपालको राजधानी काठमाण्डू आउने मानिसहरू अमलेखगन्जसम्म रेलमा आएर त्यहाँबाट गाडीमा भीमफेदीसम्म आउने र त्यहाँबाट हिँडेर राजधानी प्रवेश गर्ने गरेको अभिलेखहरूमा भेटिन्छ। अमलेखगन्जबाट भीमफेदीसम्म सडक बनाउने क्रममा बीचमा पर्ने चुरेको पहाड छल्न तत्कालीन इन्जिनियर थापाले ५०० मिटर लामो यो सुरुङको अवधारणा तयार गरेका थिए। सन् १९५० को अक्टोबरमा रक्सौल हुँदै नेपाल आएका भूगोलविद् टोनी हागनले अमलेखगन्जबाट हेटौँडासम्म आउँदा घना जङ्गल रहेको र आसपासमा बस्ती नरहेको आफ्नो संस्मरणात्मक पुस्तक नेपाल द किङ्गडम इन द हिमालयमा उल्लेख गरेका छन्। “मलाई अमलेखगन्जमा पर्खिरहेको महाराजाले पठाएको अटोमोबाइलले हामीलाई कच्ची बाटो हुँदै चुरिया क्षेत्रमा एउटा सय मिटर जति लामो सुरुङबाट एउटा फराकिलो उपत्यकामा निकाल्यो। भारतबाट काठमाण्डू आउँदा यो उपत्यकामा हेटौँडाको सानो बजारबाहेक अन्य बस्ती थिएन,” हागनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। उनका अनुसार सन् १९५० को दशकमा नेपालमा करिब ३७६ किलोमिटर लामो सडक बनिसकेको थियो र काठमाण्डू उपत्यकामा करिब १०० वटा मोटर भित्रिइसकेका थिए। तर कुलेखानीदेखि फर्पिङबीचमा करिब ४० किलोमिटर जटिल पहाडी भूभागमा सडक नहुँदा ती गाडीहरू चित्लाङको बाटो बोकाएर काठमाण्डू ल्याइने गरिएका थिए।

अठारौं नेशनल एजुकेशन अवार्ड सम्पन्न, शिक्षा पत्रकार सुनिल आचार्यसहित ५५ पुरस्कृत

चैत्र ६, काठमाडौं । शिक्षा पत्रकार सुनिल आचार्य र पार्वता चौधरीसहित ५५ जना पुरस्कृत भएका छन् । पर्यटन बोर्डको सभाकक्षमा शिक्षालय मासिकले आयोजना गरेको “अठारौं नेशनल एजुकेशन अवार्ड-२०८०” मा जुपिटर मिडियाका आचार्य र रेडियो कान्तिपुरकी चौधरीलाई नगद रु १० हजारसहित शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई विभिन्न अवार्डबाट पुरस्कृत र सम्मानित गरिएको हो । पुरस्कृत र सम्मानित हुनेहरुमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाल आदि रहेका थिए ।

यसैगरी एनसिसिएस कलेज, पकानाजोल, सेन्ट लोरेन्स कलेज चावहिल, प्राइम कलेज खुसिबु, महेश विद्याश्रम तनहुँ, सेन्ट जेवियर्स स्कुल गोदावरी आदि शैक्षिक संस्थाहरु विभिन्न विधामा पुरस्कृत भएका छन् ।

सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेको राज्यको वृहत लगानी रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए । शैक्षिक परिपाटीलाई परिष्कृत गर्न शिक्षालयहरुमा योग र ध्यान अभ्यास जोड्न श्रेष्ठले सुझाव दिए ।

शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्ति र संस्थालाई उर्जा प्रदान गर्न विभिन्न विधि र प्रकृयामार्फत पुरस्कृत सम्मानित र छनौट गरिएको पुरस्कारका निर्णायक समिति संयोजक प्रकाश सिलवालले बताए ।

शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न बार्षिक रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकार जाकारी दिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी दिनेश डिसिले गरेका थिए ।

बागलुङ बस दुर्घटनामा ९ जानेको ज्यान गयो , २८ घाइते

६ चैत, बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ  भने २८ जना घाइते छन् ।  बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

इन्टरनेसनल एजुकेशन फेयरको अवसर र जुलाइ इन्टेक

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले यहि चैत्र ४ गते मार्च १७ का दिन इन्टरनेशनल एडु फेयर २०२४ को आयोजना गरेको छ । सन् २०२४को जुलाइ सत्रका लागी बाह्य देशमा अध्ययन गर्न चाहने विद्यार्थीका निम्ति यो निकै महत्वपूर्ण अवसर हुनेछ । विभिन्न ५ देशका २० भन्दा बढि विश्वविद्यालय सहभागी रहने यस फेयरमा विद्यार्थीहरुले कयौं अवसरहरु पाउनेछन् । फेयरका क्रममा विश्वविद्यालयहरुले आवेदन शुल्क मिनाहा गर्नुका साथै ब्यक्तिगत परामर्शको अवसर समेत प्रदान गर्नेछ । फेयरका क्रममा आकर्षक छात्रवृत्ति, सहित अन द स्पट अफर लेटर समेत केही विश्वविद्यालयले प्रदान गर्नेछन् । फेयरमा अष्ट्रेलिया, क्यानडा, थाइल्याण्ड, बेलायत र अमेरिकाका विश्वविद्यालय र तिनका प्रतिनिधिले सहभागीता जनाउनेछन् । स्नातक, स्नातकोत्तर र त्यस भन्दा माथिका पढाइ केन्द्रित विभिन्न शैक्षिक कार्यक्रमबारे फेयरमा जानकारी दिइनेछ ।

बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको BIZZ Education

बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको BIZZ Education ले यही मार्च १७ र १८ तारीख ग्राण्ड युके एड्मीसन डे २०२४ को आयोजना गर्ने भएको छ। सोही बिषयमा जानकारी गराउने उदेश्यले मिति २०८० चैत २ गते मार्च १५ तारीख शुक्रबार जर्मन होम्स् हस्पिटालीटी गठ्ठाघरमा अपरान्ह १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै BIZZ Education की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो । पत्रकार सम्मेलनमा बोल्दै विज एजुकेसनका ब्राण्ड एम्वास्डर जितु नेपालले ब्राण्ड सँग काम गर्दा पछिल्लो समय आफु ज्यादै सजग रेहेको बताउदै विज एजुकेशन अन्य एजुकेसन भन्दा फरक रहेको र विजसँगको आफ्नो सहकार्य धेरै पुरानो र आफु विजसँग जोडिन पाउदाँ गौरवान्वित रहेको बताउनु भएको छ । साथै कार्यक्रममा खेलकुद र युवा क्षमतावान प्लेयरलाई उत्प्रेरण दिने उद्देश्यले भक्तपुर जिल्लाकी बेस्ट ब्याडमिन्टन खेलाडी सर्लिन श्रेष्ठलाई स्पोर्टस् ब्राण्ड एम्बास्डर नियुक्ति गरेको छ। भक्तपुर जिल्लाकी सरलिन श्रेष्ठ बास्केटबलका उत्कृष्ट खेलाडी हुन् । उनले आफ्नो असाधारण क्षमता र अटल प्रतिबद्धता देखाउँदै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय बेष्ट बास्केटबल टोलीहरूमा गर्वका साथ नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। श्रेष्ठले धेरै Most Valuable Player (उत्कृष्ट खेलाडी) अवार्ड सहित उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेकी छन् । ग्राण्ड युके एड्मीसन डे २०२४ बेलायतका उत्कृष्ट विश्वविद्यालय हरूसंग बिध्यार्थीहरूको साक्षात्कार गराउने लक्ष्य सहित यही यही मार्च १७ र १८ चैत ४ र ५ भक्तपुर गठ्ठाघरमा अवस्थित कर्पोरेट अफिसमा ग्राण्ड युके एड्मीसन डे २०२४मा बेलायतका उत्कृष्ट विश्वविद्यालय Leeds Beckett University, University of Wolverhampton, Oxford International Education Group, University of the West of Scotland, University College Birmingham, University of East London, University of Central Lancashire, University of the West of Scotland, Malvern International, University of Chichester and University for the Creative Arts का प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने छन्। पत्रकार सम्मेलनमा बिज एजुकेशनका युके डिरेक्टर हरि कृष्ण कार्कीले एड्मिसन डे को महत्व र आवश्यकता सम्बन्धि जानकारी गराउनु भयो। पत्रकार सम्मेलनमा BIZZ Education की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! – हरि सिंह के.सी.

हार्दिक बधाई तथा शुभकामना !
१. शिक्षा क्षेत्रमा जरा गाडेर बसेको राजनीतिकरण अन्त्यका लागि कार्यभार सम्हाल्ने बित्तिकै माननीय मन्त्रीज्यूले गर्नुभएको पहिलो निर्णय स्वागतयोग्य छ । मन्त्रीज्यूले सर्वस्वीकार्य मापदण्ड निर्माण, राजनीतिक दलहरुसँगको समझदारी र स्वप्रतिवद्धतामार्फत उक्त निर्णय कार्यान्वयन गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।
२. हाल प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा विधेयक, प्राविधिक तथा सीपमुलक शिक्षा विधेयकमार्फत शिक्षालाई समयानुकुल र आवश्यकतामुखी बनाउन यहाँले पहल गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु।
३. संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा रहेको १६३ दफामध्ये अधिकांशमा १५२ जना सांसदबाट ७५२ वटा शंसोधन प्रस्ताव दर्ता गराएको अवस्था छ । तसर्थ यति धेरै शंसोधन प्रस्ताव परेकोले उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुको समेत सहभागितामा विज्ञहरुको विज्ञता, राय, सुझाव समेटेर विधेयकको पुनर्लेखन गर्नुपर्ने आवश्यकतालाई मन्त्रीज्यूले बोध गर्नुभएकै होला ।
४. सरकारले अब शिक्षामा समयानुकुल लगानी बढाउदै जाने र विद्यार्थी थोरै भएका स्कुललाई मर्ज गर्नुपर्छ । साथै विद्यार्थी नै नभएका स्कुललाई पालेर राखिरहनुपर्छ भन्ने परम्परागत सोचमा पनि परिवर्तन गर्नुपर्छ । सामुदायिक स्कुललाई विद्यार्थीलाई रोजाइको गन्तव्य बनाउन सकियो भने निजी स्कुलको टाउको दुखाई आफै कम हुन्छ भन्ने यथार्थतालाई मन्त्रीज्यूले बुझ्नुभएको नै छ भन्नेमा ढुक्क छु ।
५. मुलुकका १३ वटा विश्वविद्यालयमध्ये ११ वटामा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहकुलपति रहने व्यवस्था छ । आफ्नो पहिलो निर्णय अनुसार कुलपति र सहुकलपतिमा राजनैतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्वका विकल्पमा विशुद्ध प्राज्ञिक क्षेत्रबाट हुने व्यवस्था गर्न आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णय माननीय मन्त्रीज्युले गर्नुभयो भने उच्च शिक्षाको गुणात्मक तथा संरचनात्मक परिवर्तनको लागि कोशेढुङ्गा साबित हुनेछ । विगतमा बोर्ड अफ ट्रस्टीमार्फत सञ्चालन गरिएका विश्वविद्यालयको समेत राम्रा र नराम्रा पक्षको मिहिन अध्ययन गरेर अन्य विश्वविद्यालयमा यो मोडेल अपनाउन ढिलो गर्नुहुदैन जस्तो लाग्छ ।
६. विद्यालय शिक्षापछि विश्वविद्यालयमा देखिनुपर्ने कर्णधार विद्यार्थी विमानस्थलमा देखिने वर्तमान परिदृश्यलाई चिर्दै समस्याले होइन समृद्धिका लागि, बाध्यताले होइन विकल्पका लागि मात्र विदेश जानुपर्ने परिस्थिति निर्माणका लागि मा. मन्त्रीज्यूले सम्बद्ध र अन्तरमन्त्रालय समन्वय गरेर विद्यमान अवस्थामा परिवर्तन ल्याउन चुनौती र अवसरका रूपमा भूमिका निर्वाह गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।
७. उच्च शिक्षामा देखिँदै गरेका समस्याग्रस्त/संकटग्रस्त अवस्थाको अन्त्य, विदेशिनु पर्ने Push factor र Pull factor प्रविधिबीच सन्तुलन गर्दै नेपालमै उच्च शिक्षाको सम्भावना र प्रतिफलप्रति विद्यार्थी तथा अभिभावकलाई विश्वस्त बनाउन मा. मन्त्रीज्यूको कार्यकाल सफल रहनेछ भन्ने कामना गर्दछु ।
८. सबै विश्वविद्यालयहरूमा शैक्षिक, प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापका ठोस शैक्षिक क्यालेण्डर (शैक्षिक पात्रो) निर्माण तथा कार्यान्वयन गर्ने ऐतिहासिक अवसरलाई मा. मन्त्रीज्यूले चुकाउनु हुने छैन । जसबाट नेपाललाई शैक्षिक गन्तव्य (Study in Nepal) बनाउन सकिनेछ भन्नेमा आशा गरेको छु । नेपालमा Student Visa पाउने कानुनी प्रावधान नरहेकोले विदेशी विद्यार्थीलाई यहाँ आउन परेको समस्यालाई सम्बोधन गर्न मा. मन्त्रीज्यूको नेतृत्वमा ठोस कदमको अपेक्षा गर्दछु ।
माननीय शिक्षामन्त्रीज्यूका निम्ति शिक्षाको सुधार चुनौती र अवसर दुवै हो । माननीय मन्त्रीज्यूमा रहेको नेपाली शिक्षाप्रतिको चिन्ता र चासो अन्तर्राष्ट्रिय अध्ययन, ज्ञान तथा अनुभव र प्रतिबद्धतालाई परिणाममुखी बनाउनुहुनेछ भने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरि सिंह के.सी.
अध्यक्ष
साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर
बसुन्धरा,काठमाडौँ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । हरेक वर्ष महाशिवरात्रिका दिन काठमाण्डूको पशुपतिनाथ मन्दिरमा नेपाल मात्र नभई भारत र मलेशियालगायतका विभिन्न देशबाट भक्त तथा साधुसन्तहरू आउँछन्। हिन्दूहरूका एक प्रमुख देवता महादेवको उपासनाका लागि मनाइने यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।