बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको BIZZ Education

बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको BIZZ Education

बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको BIZZ Education ले यही मार्च १७ र १८ तारीख ग्राण्ड युके एड्मीसन डे २०२४ को आयोजना गर्ने भएको छ। सोही बिषयमा जानकारी गराउने उदेश्यले मिति २०८० चैत २ गते मार्च १५ तारीख शुक्रबार जर्मन होम्स् हस्पिटालीटी गठ्ठाघरमा अपरान्ह १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै BIZZ Education की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो । पत्रकार सम्मेलनमा बोल्दै विज एजुकेसनका ब्राण्ड एम्वास्डर जितु नेपालले ब्राण्ड सँग काम गर्दा पछिल्लो समय आफु ज्यादै सजग रेहेको बताउदै विज एजुकेशन अन्य एजुकेसन भन्दा फरक रहेको र विजसँगको आफ्नो सहकार्य धेरै पुरानो र आफु विजसँग जोडिन पाउदाँ गौरवान्वित रहेको बताउनु भएको छ । साथै कार्यक्रममा खेलकुद र युवा क्षमतावान प्लेयरलाई उत्प्रेरण दिने उद्देश्यले भक्तपुर जिल्लाकी बेस्ट ब्याडमिन्टन खेलाडी सर्लिन श्रेष्ठलाई स्पोर्टस् ब्राण्ड एम्बास्डर नियुक्ति गरेको छ। भक्तपुर जिल्लाकी सरलिन श्रेष्ठ बास्केटबलका उत्कृष्ट खेलाडी हुन् । उनले आफ्नो असाधारण क्षमता र अटल प्रतिबद्धता देखाउँदै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय बेष्ट बास्केटबल टोलीहरूमा गर्वका साथ नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। श्रेष्ठले धेरै Most Valuable Player (उत्कृष्ट खेलाडी) अवार्ड सहित उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेकी छन् । ग्राण्ड युके एड्मीसन डे २०२४ बेलायतका उत्कृष्ट विश्वविद्यालय हरूसंग बिध्यार्थीहरूको साक्षात्कार गराउने लक्ष्य सहित यही यही मार्च १७ र १८ चैत ४ र ५ भक्तपुर गठ्ठाघरमा अवस्थित कर्पोरेट अफिसमा ग्राण्ड युके एड्मीसन डे २०२४मा बेलायतका उत्कृष्ट विश्वविद्यालय Leeds Beckett University, University of Wolverhampton, Oxford International Education Group, University of the West of Scotland, University College Birmingham, University of East London, University of Central Lancashire, University of the West of Scotland, Malvern International, University of Chichester and University for the Creative Arts का प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने छन्। पत्रकार सम्मेलनमा बिज एजुकेशनका युके डिरेक्टर हरि कृष्ण कार्कीले एड्मिसन डे को महत्व र आवश्यकता सम्बन्धि जानकारी गराउनु भयो। पत्रकार सम्मेलनमा BIZZ Education की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! – हरि सिंह के.सी.

हार्दिक बधाई तथा शुभकामना !
१. शिक्षा क्षेत्रमा जरा गाडेर बसेको राजनीतिकरण अन्त्यका लागि कार्यभार सम्हाल्ने बित्तिकै माननीय मन्त्रीज्यूले गर्नुभएको पहिलो निर्णय स्वागतयोग्य छ । मन्त्रीज्यूले सर्वस्वीकार्य मापदण्ड निर्माण, राजनीतिक दलहरुसँगको समझदारी र स्वप्रतिवद्धतामार्फत उक्त निर्णय कार्यान्वयन गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।
२. हाल प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा विधेयक, प्राविधिक तथा सीपमुलक शिक्षा विधेयकमार्फत शिक्षालाई समयानुकुल र आवश्यकतामुखी बनाउन यहाँले पहल गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु।
३. संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा रहेको १६३ दफामध्ये अधिकांशमा १५२ जना सांसदबाट ७५२ वटा शंसोधन प्रस्ताव दर्ता गराएको अवस्था छ । तसर्थ यति धेरै शंसोधन प्रस्ताव परेकोले उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुको समेत सहभागितामा विज्ञहरुको विज्ञता, राय, सुझाव समेटेर विधेयकको पुनर्लेखन गर्नुपर्ने आवश्यकतालाई मन्त्रीज्यूले बोध गर्नुभएकै होला ।
४. सरकारले अब शिक्षामा समयानुकुल लगानी बढाउदै जाने र विद्यार्थी थोरै भएका स्कुललाई मर्ज गर्नुपर्छ । साथै विद्यार्थी नै नभएका स्कुललाई पालेर राखिरहनुपर्छ भन्ने परम्परागत सोचमा पनि परिवर्तन गर्नुपर्छ । सामुदायिक स्कुललाई विद्यार्थीलाई रोजाइको गन्तव्य बनाउन सकियो भने निजी स्कुलको टाउको दुखाई आफै कम हुन्छ भन्ने यथार्थतालाई मन्त्रीज्यूले बुझ्नुभएको नै छ भन्नेमा ढुक्क छु ।
५. मुलुकका १३ वटा विश्वविद्यालयमध्ये ११ वटामा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहकुलपति रहने व्यवस्था छ । आफ्नो पहिलो निर्णय अनुसार कुलपति र सहुकलपतिमा राजनैतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्वका विकल्पमा विशुद्ध प्राज्ञिक क्षेत्रबाट हुने व्यवस्था गर्न आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णय माननीय मन्त्रीज्युले गर्नुभयो भने उच्च शिक्षाको गुणात्मक तथा संरचनात्मक परिवर्तनको लागि कोशेढुङ्गा साबित हुनेछ । विगतमा बोर्ड अफ ट्रस्टीमार्फत सञ्चालन गरिएका विश्वविद्यालयको समेत राम्रा र नराम्रा पक्षको मिहिन अध्ययन गरेर अन्य विश्वविद्यालयमा यो मोडेल अपनाउन ढिलो गर्नुहुदैन जस्तो लाग्छ ।
६. विद्यालय शिक्षापछि विश्वविद्यालयमा देखिनुपर्ने कर्णधार विद्यार्थी विमानस्थलमा देखिने वर्तमान परिदृश्यलाई चिर्दै समस्याले होइन समृद्धिका लागि, बाध्यताले होइन विकल्पका लागि मात्र विदेश जानुपर्ने परिस्थिति निर्माणका लागि मा. मन्त्रीज्यूले सम्बद्ध र अन्तरमन्त्रालय समन्वय गरेर विद्यमान अवस्थामा परिवर्तन ल्याउन चुनौती र अवसरका रूपमा भूमिका निर्वाह गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।
७. उच्च शिक्षामा देखिँदै गरेका समस्याग्रस्त/संकटग्रस्त अवस्थाको अन्त्य, विदेशिनु पर्ने Push factor र Pull factor प्रविधिबीच सन्तुलन गर्दै नेपालमै उच्च शिक्षाको सम्भावना र प्रतिफलप्रति विद्यार्थी तथा अभिभावकलाई विश्वस्त बनाउन मा. मन्त्रीज्यूको कार्यकाल सफल रहनेछ भन्ने कामना गर्दछु ।
८. सबै विश्वविद्यालयहरूमा शैक्षिक, प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापका ठोस शैक्षिक क्यालेण्डर (शैक्षिक पात्रो) निर्माण तथा कार्यान्वयन गर्ने ऐतिहासिक अवसरलाई मा. मन्त्रीज्यूले चुकाउनु हुने छैन । जसबाट नेपाललाई शैक्षिक गन्तव्य (Study in Nepal) बनाउन सकिनेछ भन्नेमा आशा गरेको छु । नेपालमा Student Visa पाउने कानुनी प्रावधान नरहेकोले विदेशी विद्यार्थीलाई यहाँ आउन परेको समस्यालाई सम्बोधन गर्न मा. मन्त्रीज्यूको नेतृत्वमा ठोस कदमको अपेक्षा गर्दछु ।
माननीय शिक्षामन्त्रीज्यूका निम्ति शिक्षाको सुधार चुनौती र अवसर दुवै हो । माननीय मन्त्रीज्यूमा रहेको नेपाली शिक्षाप्रतिको चिन्ता र चासो अन्तर्राष्ट्रिय अध्ययन, ज्ञान तथा अनुभव र प्रतिबद्धतालाई परिणाममुखी बनाउनुहुनेछ भने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरि सिंह के.सी.
अध्यक्ष
साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर
बसुन्धरा,काठमाडौँ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । हरेक वर्ष महाशिवरात्रिका दिन काठमाण्डूको पशुपतिनाथ मन्दिरमा नेपाल मात्र नभई भारत र मलेशियालगायतका विभिन्न देशबाट भक्त तथा साधुसन्तहरू आउँछन्। हिन्दूहरूका एक प्रमुख देवता महादेवको उपासनाका लागि मनाइने यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

माओवादीसँगै एमालेसहितका दलका मन्त्रीहरूले लिए शपथ, कांग्रेस सत्ताबाट बाहिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन्। गएको वर्ष मङ्सिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।  राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको हो। पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन्। अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको छ। तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन्। एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए।

नेपाली विद्यार्थीलाई नयाँदिल्लीमा छात्रवृत्ति कोटामा अध्यापन गराउने

काठमाडौँ,२० फागुन  : शुक्रबार काठमाडौँमा मानव रचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको छ। नेपाली विद्यार्थीलाई भारतको नयाँदिल्ली स्थित मानव रचना इन्टरनेशनल इन्स्टिच्युट अफ रिसर्च एन्ड स्टडिजले छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ।  ‘मानव रचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशील हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ।’

यसलाई नेपालमा विगत १३ वर्ष देखि भारतीय शिक्षा प्रवर्द्धनमा केन्द्रित अनुवनि र दक्ष शैक्षिक परामर्शदाताहरू संलग्न भएको संस्था इन्डो ग्लोबल फाउन्डेसनले बजार प्रवर्द्धनसँगै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।  ‘विद्यार्थीले मानव रचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन् अध्ययन पश्चात आफ्नो क्षेत्रमा अव्वल सावित पनि गरेका छन्। यस संस्थालाई नेपाली विद्यार्थीमाझ सूचना, जानकारीसँगै परामर्श प्रदान गर्ने काम इन्डो ग्लोबलले गरेको छ’,

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन छिमेकी मुलकमा रहेको मानव रचना विश्वविद्यालयसँग फाउन्डेसनले सहकार्य गरेको र यस विश्वविद्यालयबाट दुई सय भन्दा बढि नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ। 9mnमानव रचनाले यसपटक नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति स्वरुप ५० प्रतिशतसम्म छात्रवृत्ति उपलव्ध गराउने निर्णय गरेको र यसको भरपुर फाइदा नेपाली विद्यार्थीले उठाउन सक्ने जनाएको छ।  मानव रचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओ पी भल्ला हुन्। उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस शिक्षण संस्थाको स्थापना गरेका हुन्।

डिम्ड टु बी युनिभर्सिटीको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन्। ३९ हजार भन्दा बढी अल्मुनाइ रहेको यस संस्थाको २५ वटा सेन्टर अफ एक्सिलेन्स र विश्वभर रहेका ९४ भन्दा बढि शैक्षिक संस्था र उद्योगहरूसँग विश्वविद्यालयले सहकार्य गरेको छ। किताबी ज्ञान बाहेक अन्य विषयमा पनि विद्यार्थीलाई सहजिकरण गर्दै आएको यस संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र अभिभावकको प्रतिक्रियाले नै प्रत्येक वर्ष नेपाली विद्यार्थी यस संस्थामा अध्ययनका लागि जाने गरेका छन्। यस विश्वविद्यालयले विद्यार्थीको समग्र विकासलाई जोड दिन अतिरिक्त क्रियाकलापहरू र खेलकुद कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको छ।

बढ्दो मानसिक स्वास्थ समस्या प्रति विज्ञहरू चिन्तित

मानसिक स्वास्थ समस्याले समाजमा बिकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले यस विषयमा सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् । रोटरी क्लब अफ काठमाण्डौ र आध्यात्मिक पत्रकार समाजद्वारा  मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भए पनि कार्यान्वयन भने फितलो रहेकोे बताए ।

पूर्व स्वास्थ राज्यमन्त्री तथा सांसद डा. तोसिमा कार्कीले एन्जाइटी तथा डिप्रेसन जस्ता मानसिक सवास्थ्य सम्बन्धि समस्याकै कारण दैनिक रूपमा १७ देखि १९ जना सम्मले आत्महत्या गरिएको तथ्यांकले देखाएको बताइन् । सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकेको भन्दै डा.कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्नेमा आफूले जोड दिइरहेको जानकारी गराइन् । डा. प्रदीप पाण्डेले विश्वस्वास्थ संगठनकै तथ्यांकले पैंतीस प्रतिशत बयस्कमा इन्जाइटी देखिएको र हरेक आठ जना मध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेकोे बताए। डा.पाण्डेले यो समस्या भएका ब्यक्तिले समस्या नखोल्ने र खुलेर आफ्ना समस्या माथि नबोल्ने हुनाले आगामी दिनमा भित्र भित्रै दोश्रो महामारीको रुप लिन सक्ने संकेत गर्दै यसबाट हुन सक्ने ब्यक्तिगत,पारिवारिक र सामाजिक खतरा कम गर्न व्यापक जनचेतना र चर्चाको आवश्यकता रहेकोे कुरामा जोड दिए।


आध्यात्मिक बक्ता स्वामी आनन्द अर्हतले वैदिक कालदेखि नै मनोवैज्ञानिक समस्या र मानसिक त्रासको अवस्था कायम भएको स्मरण गराउँदै ध्यान,ज्ञान र आध्यात्मिक बोधबाट नै शान्ति मिल्न सक्ने बताए । डा.हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना “क्लिनिकल साइकोलोजिस्ट” रहेकोे भन्दै मानसिक स्वास्थ उपचारका लागि योग्य जनशक्तिको अभाव नै अहिलेको ठूलो समस्या रहेकोे औंल्याइन् । यूवा अभियन्ता रन्जू दर्शनाले यो समस्याले ब्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानुन र रणनीतिमा भएका प्रावधानलाई शसक्त रुपले कार्यन्वयन गर्दै शारीरिक तथा मानसिक स्वास्थका समस्या प्रती सामूहिक प्रयत्न गर्न सबैलाई आग्रह गरिन् ।
आयोजक संस्था रोटरी क्ल्ब अफ काठमाडौंका अध्यक्ष किशोर उप्रेतीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अत्यावश्यक देखिएकोले अभियानकै रुपमा संचालन गरिने जानकारी गराए।