महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । हरेक वर्ष महाशिवरात्रिका दिन काठमाण्डूको पशुपतिनाथ मन्दिरमा नेपाल मात्र नभई भारत र मलेशियालगायतका विभिन्न देशबाट भक्त तथा साधुसन्तहरू आउँछन्। हिन्दूहरूका एक प्रमुख देवता महादेवको उपासनाका लागि मनाइने यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

Spread the love