शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! – हरि सिंह के.सी.

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना ! – हरि सिंह के.सी.

हार्दिक बधाई तथा शुभकामना !
१. शिक्षा क्षेत्रमा जरा गाडेर बसेको राजनीतिकरण अन्त्यका लागि कार्यभार सम्हाल्ने बित्तिकै माननीय मन्त्रीज्यूले गर्नुभएको पहिलो निर्णय स्वागतयोग्य छ । मन्त्रीज्यूले सर्वस्वीकार्य मापदण्ड निर्माण, राजनीतिक दलहरुसँगको समझदारी र स्वप्रतिवद्धतामार्फत उक्त निर्णय कार्यान्वयन गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।
२. हाल प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयक, उच्च शिक्षा विधेयक, प्राविधिक तथा सीपमुलक शिक्षा विधेयकमार्फत शिक्षालाई समयानुकुल र आवश्यकतामुखी बनाउन यहाँले पहल गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु।
३. संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा रहेको १६३ दफामध्ये अधिकांशमा १५२ जना सांसदबाट ७५२ वटा शंसोधन प्रस्ताव दर्ता गराएको अवस्था छ । तसर्थ यति धेरै शंसोधन प्रस्ताव परेकोले उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुको समेत सहभागितामा विज्ञहरुको विज्ञता, राय, सुझाव समेटेर विधेयकको पुनर्लेखन गर्नुपर्ने आवश्यकतालाई मन्त्रीज्यूले बोध गर्नुभएकै होला ।
४. सरकारले अब शिक्षामा समयानुकुल लगानी बढाउदै जाने र विद्यार्थी थोरै भएका स्कुललाई मर्ज गर्नुपर्छ । साथै विद्यार्थी नै नभएका स्कुललाई पालेर राखिरहनुपर्छ भन्ने परम्परागत सोचमा पनि परिवर्तन गर्नुपर्छ । सामुदायिक स्कुललाई विद्यार्थीलाई रोजाइको गन्तव्य बनाउन सकियो भने निजी स्कुलको टाउको दुखाई आफै कम हुन्छ भन्ने यथार्थतालाई मन्त्रीज्यूले बुझ्नुभएको नै छ भन्नेमा ढुक्क छु ।
५. मुलुकका १३ वटा विश्वविद्यालयमध्ये ११ वटामा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहकुलपति रहने व्यवस्था छ । आफ्नो पहिलो निर्णय अनुसार कुलपति र सहुकलपतिमा राजनैतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्वका विकल्पमा विशुद्ध प्राज्ञिक क्षेत्रबाट हुने व्यवस्था गर्न आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णय माननीय मन्त्रीज्युले गर्नुभयो भने उच्च शिक्षाको गुणात्मक तथा संरचनात्मक परिवर्तनको लागि कोशेढुङ्गा साबित हुनेछ । विगतमा बोर्ड अफ ट्रस्टीमार्फत सञ्चालन गरिएका विश्वविद्यालयको समेत राम्रा र नराम्रा पक्षको मिहिन अध्ययन गरेर अन्य विश्वविद्यालयमा यो मोडेल अपनाउन ढिलो गर्नुहुदैन जस्तो लाग्छ ।
६. विद्यालय शिक्षापछि विश्वविद्यालयमा देखिनुपर्ने कर्णधार विद्यार्थी विमानस्थलमा देखिने वर्तमान परिदृश्यलाई चिर्दै समस्याले होइन समृद्धिका लागि, बाध्यताले होइन विकल्पका लागि मात्र विदेश जानुपर्ने परिस्थिति निर्माणका लागि मा. मन्त्रीज्यूले सम्बद्ध र अन्तरमन्त्रालय समन्वय गरेर विद्यमान अवस्थामा परिवर्तन ल्याउन चुनौती र अवसरका रूपमा भूमिका निर्वाह गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।
७. उच्च शिक्षामा देखिँदै गरेका समस्याग्रस्त/संकटग्रस्त अवस्थाको अन्त्य, विदेशिनु पर्ने Push factor र Pull factor प्रविधिबीच सन्तुलन गर्दै नेपालमै उच्च शिक्षाको सम्भावना र प्रतिफलप्रति विद्यार्थी तथा अभिभावकलाई विश्वस्त बनाउन मा. मन्त्रीज्यूको कार्यकाल सफल रहनेछ भन्ने कामना गर्दछु ।
८. सबै विश्वविद्यालयहरूमा शैक्षिक, प्राज्ञिक तथा अतिरिक्त क्रियाकलापका ठोस शैक्षिक क्यालेण्डर (शैक्षिक पात्रो) निर्माण तथा कार्यान्वयन गर्ने ऐतिहासिक अवसरलाई मा. मन्त्रीज्यूले चुकाउनु हुने छैन । जसबाट नेपाललाई शैक्षिक गन्तव्य (Study in Nepal) बनाउन सकिनेछ भन्नेमा आशा गरेको छु । नेपालमा Student Visa पाउने कानुनी प्रावधान नरहेकोले विदेशी विद्यार्थीलाई यहाँ आउन परेको समस्यालाई सम्बोधन गर्न मा. मन्त्रीज्यूको नेतृत्वमा ठोस कदमको अपेक्षा गर्दछु ।
माननीय शिक्षामन्त्रीज्यूका निम्ति शिक्षाको सुधार चुनौती र अवसर दुवै हो । माननीय मन्त्रीज्यूमा रहेको नेपाली शिक्षाप्रतिको चिन्ता र चासो अन्तर्राष्ट्रिय अध्ययन, ज्ञान तथा अनुभव र प्रतिबद्धतालाई परिणाममुखी बनाउनुहुनेछ भने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरि सिंह के.सी.
अध्यक्ष
साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर
बसुन्धरा,काठमाडौँ ।

माओवादीसँगै एमालेसहितका दलका मन्त्रीहरूले लिए शपथ, कांग्रेस सत्ताबाट बाहिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेताहरूले आपसी सहमतिमा केही दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिइने जनाएका छन्। गएको वर्ष मङ्सिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।  राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको हो। पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन्। अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको छ। तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन्। एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए।

नेपाली विद्यार्थीलाई नयाँदिल्लीमा छात्रवृत्ति कोटामा अध्यापन गराउने

काठमाडौँ,२० फागुन  : शुक्रबार काठमाडौँमा मानव रचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको छ। नेपाली विद्यार्थीलाई भारतको नयाँदिल्ली स्थित मानव रचना इन्टरनेशनल इन्स्टिच्युट अफ रिसर्च एन्ड स्टडिजले छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ।  ‘मानव रचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशील हुने ढंगबाट विश्वविद्यालयले अध्यापन गराउँछ।’

यसलाई नेपालमा विगत १३ वर्ष देखि भारतीय शिक्षा प्रवर्द्धनमा केन्द्रित अनुवनि र दक्ष शैक्षिक परामर्शदाताहरू संलग्न भएको संस्था इन्डो ग्लोबल फाउन्डेसनले बजार प्रवर्द्धनसँगै शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।  ‘विद्यार्थीले मानव रचनाबाट गुणस्तरीय शिक्षामात्रै पाएका छैनन् अध्ययन पश्चात आफ्नो क्षेत्रमा अव्वल सावित पनि गरेका छन्। यस संस्थालाई नेपाली विद्यार्थीमाझ सूचना, जानकारीसँगै परामर्श प्रदान गर्ने काम इन्डो ग्लोबलले गरेको छ’,

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउन छिमेकी मुलकमा रहेको मानव रचना विश्वविद्यालयसँग फाउन्डेसनले सहकार्य गरेको र यस विश्वविद्यालयबाट दुई सय भन्दा बढि नेपाली विद्यार्थीहरू लाभान्वित भइसकेको उनको भनाइ छ। 9mnमानव रचनाले यसपटक नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्ति स्वरुप ५० प्रतिशतसम्म छात्रवृत्ति उपलव्ध गराउने निर्णय गरेको र यसको भरपुर फाइदा नेपाली विद्यार्थीले उठाउन सक्ने जनाएको छ।  मानव रचना विश्वविद्यालयका संस्थापक शिक्षाविद् डा. ओ पी भल्ला हुन्। उनले गुणस्तरीय इन्जिनियरिङ र व्यवस्थापन तर्फका जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस शिक्षण संस्थाको स्थापना गरेका हुन्।

डिम्ड टु बी युनिभर्सिटीको रुपमा सञ्चालित यस संस्थाले इन्जिनियरिङ, व्यवस्थापन, मनोविज्ञान, अर्थशास्त्र, कम्प्युटर विज्ञान, मानविकी, शिक्षा, कानुन, आन्तरिक डिजाइन, वाणिज्य, व्यापार लगायत विभिन्न क्षेत्रहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस विश्वविद्यालयमा एक सय भन्दा बढी कार्यक्रमहरूमा २० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययनरत छन्। ३९ हजार भन्दा बढी अल्मुनाइ रहेको यस संस्थाको २५ वटा सेन्टर अफ एक्सिलेन्स र विश्वभर रहेका ९४ भन्दा बढि शैक्षिक संस्था र उद्योगहरूसँग विश्वविद्यालयले सहकार्य गरेको छ। किताबी ज्ञान बाहेक अन्य विषयमा पनि विद्यार्थीलाई सहजिकरण गर्दै आएको यस संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र अभिभावकको प्रतिक्रियाले नै प्रत्येक वर्ष नेपाली विद्यार्थी यस संस्थामा अध्ययनका लागि जाने गरेका छन्। यस विश्वविद्यालयले विद्यार्थीको समग्र विकासलाई जोड दिन अतिरिक्त क्रियाकलापहरू र खेलकुद कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेको छ।