रातो मत्स्येन्द्रनाथको रथयात्रा

रातो मत्स्येन्द्रनाथको रथयात्रा

मुलुकमा सबैभन्दा लामो समय मनाइने जात्रा रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । पाटन टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर गाःबहाल पुर्‍याइएको छ । रथलाई सोमबार पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ तानेर पाटन गाःबहाल पुर्‍याइएको छ ।     शार्दूलजंगको पल्टन, धिमे, नायखीलगायत सांस्कृतिक बाजागाजामा रथजात्रा हेर्नको भीड लागेको थियो । रथ तान्न सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ।  रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ । साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन ।  यो जात्रा काठमाडौं उपत्यकामा नै  सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रुपमा परिचित छ ।

रंगहरुको पर्व होली मनाइँदै

२२ फागुन, काठमाडौं : रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । होली राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

रिहा भए पल शाह

जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने भन्दै उच्च अदालत पोखराबाट पल शाह  सफाइ पाएका छन् । सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

नेफ्टाको अध्यक्षमा पुष्कर लामा तथा कोषाध्यक्ष कृष्ण बा . थापा लगाएत निर्वाचित

” Congratulations ” NEFTA :” जस्ले निस्वार्थ भावले “पद र संघ सस्था प्रतीको दायित्व बोधगर्दै,, अहोरात्र खट्न सक्छ ,, त्यसैले सदैव सदस्यहरुको माया पाउने निश्चित हुन्छ,,, !! त्यहि यथार्थ कुरा बोल्दा ,,केही मित्रहरूले आपत्ति जनाउनु भएकोमा माफी चाहे,,,,अन्ततः

 

चलचित्र प्राविधिक संघ(नेफ्टा)को अध्यक्षमा पुष्कर लामा(प्रेम बोम्जन) तेस्रो पटक पुन: निर्वाचित भएका छन् । संस्थाको २० औं वार्षिक साधारण सभाबाट लामा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।  आजका युगका सजग,बुद्धिमानी चलचित्रकर्मीले येथार्थ लाई नै सार्थक   हार्दिक आभार,!!!! सन्दर्भ ,, NEFTA को साधारणसभा बाट पुनः सर्वसम्मत निर्वाचित अध्यक्ष श्री पुष्कर लामा, महासचिव श्री युवराज कार्की तथा कोषाध्यक्ष श्री कृष्ण बहादुर थापा लगायत नव निर्वाचित NEFTA का सवै कार्यसमिति का मित्रहरू लाई हार्दिक बधाई तथा कार्यकाल सफलता को लागि हार्दिक मङ्गलमय शुभकामना –  हट् न्युज एक्सप्रेस प्रा.ली.

‘पठान’ विवादका बावजुद गर्‍यो कीर्तिमानी कमाइ

काठमाडौं : शाहरूख खान अभिनित पठानले कीर्तिमानी कमाइ गरेको छ। बुधबार रिलिज भएको फिल्मले पहिलो दिन भारू ५३ करोड कमाइ गरेको हो। भारतबाहेक पठानले ४ करोड कमाइ गरेको तथ्यांक सार्वजनिक भएको छ। फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोन र जोहन अब्राहमको अभिनय रहेको छ।  ‘ननविकेन्ड’मा यो कमाइ कीर्तिमानी रहेको विश्लेषक कोमल नहाटाले जानकारी दिएका छन्।

पठानको ‘बेसरम’ गीत सार्वजनिक भएपछि विवादित बनेको थियो। हिन्दु संगठनले भारतको इन्दोर, ग्वालियर, बैंग्लोरलगायत क्षेत्रमा फिल्म प्रदर्शनमा रोक लगाएको छ। फिल्मले ‘विकेन्ड’मा ऐतिहासिक कमाइ गर्ने विश्लेषकहरूको भनाइ छ। यसअघि विकेन्डमा वारले ५३.३५ करोड र थग्स अफ हिन्दुस्तानले ५२ करोड कमाइ गरेको थियो।

मासुभन्दा प्याज महँगो देश

विश्वका कैयौँ देशमा प्याज एउटा आधारभूत खाद्यपदार्थ हो भने मासु विलासी। तर फिलिपिन्सको कथा भने अलि फरक छ। झन्डै एक महिनाको अवधिमा फिलिपिन्सका सर्वसाधारणका लागि प्याज एक विलासी खाद्यवस्तु बन्न पुगेको छ। मूल्य बढेर प्याज कुनै पनि प्रकारको मासुभन्दा महँगो हुन पुगेको छ।  त्यहाँ प्याज मासुभन्दा निकै महँगो छ। केही एशियाली देशमा  सन् १५२१ देखि १९९८ सम्म स्पेनको अधीनमा रहँदादेखि नै खानामा प्याज र लसुन प्रयोग गर्ने बानी परेको थियो र यसले एशियाली परिकारमा व्यापक प्रभाव पार्‍यो।

चार डलर (हालको विनिमयदरअनुसार ५२१.३६ रुपैयाँ) मा कुखुराको मासु पाइने फिलिपिन्समा यो साता एक किलो रातो अनि सेतो प्याजको मूल्य ११ डलर (१,४३३.७५ रुपैयाँ) सम्म पुगेको छ। फिलिपिनोहरूको दैनिक न्यूनतम ज्यालाभन्दा बढी हो। फिलिपिन्समा अहिले दैनिक ज्याला झन्डै नौ डलर छ (१,१५० रुपैयाँ) भन्दा केही बढी छ।

ज्यानुअरीमा लुगा भनेर चीनबाट ३,१०,००० डलर बराबरको प्याज आयात गर्ने प्रयास विफल पारिएको थियो। सामाजिक सञ्जालमा फिलिपिनोहरूले सरकारको आलोचना गरिरहेका छन्। अहिलेको अवस्था उत्पन्न हुनुमा सरकारको पनि दोष रहेको धेरैको बुझाइ छ। “गुडबाई चकलेट, हेलो प्याज! फिलिपिन्समा ल्याउने सबैभन्दा उत्तम उपहार बन्ने सम्भावना प्याजको छ।” अमेरिकामा बस्ने फिलिपिन्सका एक नागरिकले ट्विटरमा लेखेका छन्। “साउदी अरबबाट फर्कँदा चकलेटको सट्टा हामी प्याज ल्याउँदै छौँ,” अर्का प्रयोगकर्ताले लेखेका छन्।

Vianet Communication celebrates DRS’s victory in PUBG Mobile Global Championship

The victory of Nepali PUBG Mobile team DRS Gaming, who earned a runner-up finish in the
2022 PMGC grand finals, was celebrated at Vianet Communication's office premises. Vianet is
the ISP Partner, sponsor, and long-time supporter of DRS. Deepesh Gurung, Shahas Bhandari,
Subin Kumar Prajapati, and Sammer Gurung, members of the DRS team, were acknowledged by
Vianet CEO Sewa Pathak Bohra at an event organized by the company.
DRS spoke at the event about their inspirational journey to the final of the global championship
and how Nepal's internet connectivity enabled them to advance in the global PMGC arena. They
mentioned how Nepal’s Internet connectivity has come a long way to meet International
standards allowing the Nepalese esports industry to evolve and allow professional gamers to
compete Worldwide. Mr. Sangin Bhattarai, Head of Operations of DRS Gaming, further noted
how Vianet has been their first preference for the Internet due to its low ping, stable connection,
and prompt service.
Vianet CEO Sewa Pathak Bohra assured the DRS team that the company is committed to
continue being the preferred Internet of choice for gamers and is further aiming to enhance
Vianet’s product portfolio curated for gaming. The company will continue to support the esports
industry in Nepal.
On January 8, DRS Gaming, one of the most popular PUBG teams in Nepal made history by
becoming the first runner-up in the biggest PUBG gaming tournament featuring 51 teams
worldwide hosted in Jakarta, Indonesia. The team members shared a cash prize of $200,000 for
their historic performance.
The historic win demonstrates the potential of gaming in Nepal. Despite the limitations of a
developing country, internet connectivity has improved, and modern technologies promise plenty
for passionate gamers willing to follow their passions.
Vianet Communication Ltd. is one of the leading internet and IPTV service provider in
Nepal. Established in 1999, Vianet has always remained at the forefront of providing reliable and
affordable Broadband Internet Services. In 2011, Vianet pioneered Fiber Optics Internet more
commonly known as FTTH internet service and became the first ISP in Nepal to provide
dedicated speeds without any sharing ratio thus paving the way for the gaming industry in the
country.

विश्व हिन्दू परिषद्को शुभचिन्तक अभियान

पुष , काठमाण्डौ :  विश्व हिन्दू परिषद् नेपालको १५ दिने शुभचिन्तक (सदस्यता) अभियान आजबाट शुरू भएको छ । परिषद्का देशैभरिका इकाइहरुमा यो अभियान शुरु भएको छ । पुष २३ देखि संचालित यस १५ दिने अभियानले १ लाख नयाँ शुभचिन्तक (सदस्य) बनाउने लक्ष्य लिएको छ ।
परिषद्ले प्रत्येक वर्ष जनसंग्रह अर्थात संस्थामा नयाँ सदस्य जोड्नको लागि यो अभियान संचालन गर्दै आएको छ । यस अभियानमा परिषद्का हरेक स्तरका कार्यकर्ताहरु परिचालन गरिन्छ । सम्पूर्ण हिन्दूहरुको मनमा हिन्दुत्वको भाव जागृत गराई संगठित गर्न हेतु विश्व हिन्दू परिषद स्थापनाकाल देखि नै हिन्दू समाजका सम्पूर्ण जातजाती, भाषाभाषी, लिंग, सम्प्रदायलाई लक्षित गरी अभियान संचालन गर्दै आएको परिषद्का राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले बताउनु भयो ।
राष्ट्र, धर्म र समाज रक्षा गर्न एवं नेपाल जस्तो पावन देवभूमीबाट धर्मान्तरण, गौहत्या, हिन्दूहरुको अपमान, शोषण, दमन, आतंकवाद, समाजिक भेदभाव, कुरिति, विदेशी घुसपैठ लगायतका विदेशी षडयन्त्रको अन्त्य गरी समरस, जागरुक तथा शक्तिशाली हिन्दू समाज निर्माण गरी गौरवशाली हिन्दू राष्ट्र निर्माण हेतु यस पवित्र अभियानमा सहभागिताको लागि विश्व हिन्दू परिषद् नेपालले सम्पूर्ण सनातन धर्मावलम्बीलाई आह्वान गरेको छ । – राजाराम दास

बिभिधतामा एकता टोखा नगरपालीका – नगर प्रमुख अधिकारी

टोखा नगरपालीका बभिधतामा एकता रहेको बताउदै टोखा नगरपालीका नगर प्रमुख अधिकारीले समग्र टोखाको बिपायमा गरिएको कुराकानी तलको भिडियोमा

चिसापानी गढी संरक्षण तथा विकास समाजको पाचौं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौँ  पुस १७ : चिसापानी गढी संरक्षण तथा विकास  समाजको पाचौं वार्षिक साधारण सभामा मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने म न पा ८ वडा अध्यक्ष गोपाल श्रेष्ठ  बिशेष अतिथि  रहनु भएको थियो ।  उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको थियो भने मन्थली नगरपालिका ८ चिसापानी रामेछापको विकास तथा प्रचारप्रसारको लागि नगरपालिकाबाट विशेष सहयोग रहने प्रमुख अथिति लव श्रेष्ठले बताउनुभएको थियो साथै मन्थली नगरपालिका वडा नम्बर ८  का अध्यक्ष गोपाल श्रेष्ठले चिसापानी गढी क्षेत्रलाई प्रचारप्रसार गरी यसको महत्वबारे सबैमा जानकारी दिनुपर्ने र गरी क्षेत्र संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

समग्ररुपमा रामेछाप मन्थली नगरपालिकाको विकास विस्तारसँगै ऐतिहासिक पुरातत्व बोकेको गढी संरक्षण गर्नुपर्ने कुरामा सबै एकमत रहनुहुन्थ्यो भने  विगत केही समय अघि गढी क्षेत्रमा प्रहरी सेवामा संलग्न हुँदा गढी क्षेत्रमा पाइएका केही पुराना पुरातात्विक वस्तुहरूको संरक्षण र संकलन गर्दै आउनुभएका लक्ष्मण  लुईटेल ज्युले सो कार्यक्रममा आफूसँग भएका सामग्रीहरु नगरपालिका लाई हस्तान्तर गरिदिनुभएको थियो ।

रक्तदान जीवन दान भन्ने मूल नारालाई आत्मासात गर्दै विभिन्न क्षेत्र संघसंस्था तथा व्यक्तिगत तर्फबाट रक्तदान कार्यक्रममा सहभागीहरुले सहभागिता जनाउनुभएको थियो भने कार्यक्रममा उपस्थित व्यक्तिहरूले पनि रक्तदान गरी सहभागिता जनाउनुभएको थियो ।

चिसापानी गढी संरक्षण तथा विकास समाजले हिजो सोह्रखुट्टेमा आयोजना   गरेको  रक्तदान कार्यक्रममा ४४ जना सहभागी ले रक्तदान गरेका थिए  । 

चिसापानी गढी क्षेत्रको विकास तथा प्रचार प्रचारमा अमूल्य योगदान पुराउनु भएको हुँदा  द पावर न्युजका डटकमका बरिष्ठ पत्रकार श्री दीपक न्यौपानेलाई उहाँले गर्नुभएको वृत्तचित्र निर्माण कार्यक्रम चिसापानी गढी क्षेत्रका लागि अत्यन्त उत्कृष्ट  रहेकोले उहाँको कामको  उच्च कदर गर्दै उत्तरोत्तर प्रगति एवं उच्च भबिस्यको कामना सहित संस्थाको पाँचौ साधारण सभाको अवसरमा सम्मानित गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।