हनुमान चालिसा भजनको भिडियोको बिमोचन सम्पन्न

Hanuman chalisa
बिकाश राज न्यौपाने, अमेरिका – टेक्सास, फेब्रुअरी  ३। कबितान्गम डटकमको संस्थापक साहित्यकार तुंगनाथ उपाध्यायको सक्रियतामा सोहि संस्थाको आयोजनामा हिजो आईतबार नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र (NCSC) भवनमा  हिजो एक गीत बिमोचन कार्यक्रमको आयोजना गरियो।
नेपाली समाज टेक्सासका महासचिब विजयराज भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्यकार सत्यप्रकाशले प्रमुख आतिथ्य गर्नु भएको थियो। कार्यक्रममा साहित्यकार तुंगनाथ उपाध्यायको हनुमान चालिसा भजनको भिडियोको बिमोचन गुरु डा शेखर पण्डितले गर्नु भयो। झन्डै ७० -८० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अन्तरा, गुन्जन तथा तुंगनाथ उपाध्यायले ट्रयाकमा विभिन्न भजनहरु प्रस्तुत गर्नु भएको थियो। नेपाली समाजका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा टेक्सासको ड्यालस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरको उपस्थिति रहेको थियो।
Hanuman chalisa
Spread the love