७ रोपनीभन्दा बढी क्षेत्रफलमा गाँजा फडानी

दुव्र्यशनीलाई घटाउन प्रहरीले ७ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएका गाँजा फडानी गरेको छ । स्थानीयले भने गाँजा खेती आफुले गरेको नभई आफै उम्रने गरेकोे बताएका छन् । बिहीबार जिल्ला सदरमुकामस्थीत सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ रमाईलोडाँडा र वडा नम्बर ८ सल्लेरीबाट मकैबारीभित्र लगाईएका गाँजा फडानी गरेको छ ।स्थानीयले गाँजा खेती नगरेको बताएपनि  प्रहरीले प्रश्स्त मात्रामा खाजाँका बोट फेला पारेको छ ।  प्रहरी प्रमुख शर्माले आगामी दिनमा जिल्लाका सबै स्थानमा पुगी लगाईएका गाँजा फडानी गरिने बताएका छन् । 

Spread the love