क्यानडामा जथाभावी छुरा प्रहार

मध्य क्यानडाको सस्काचेवन प्रान्तमा जथाभावी छुरा प्रहार गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरू  खतरनाक मानिएको जनाएको छ। मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए। दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ। तर उनीहरू फरार छन्।प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ।

“सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई तपाईँको निवासमा प्रवेश गराउँदा सावधानी अपनाउनुहोस्,” रोयल क्यानेडियन माउन्टिड पोलिस (आरसीएमपी) सस्काचेवनले ट्वीट गरेको छ।जेम्स स्मिथ क्री नेशनमा सङ्कटकालीन अवस्था घोषणा गरिएको छ। यो सानो गाउँ वेल्डनको उत्तरपूर्वमा रहेको आदिवासीहरूको क्षेत्र हो।

प्रहरीलाई घटनाबारे पहिलो आपत्कालीन जानकारी फोनमार्फत् आइतवार स्थानीय समयानुसार ०५:४० मा वेल्डनबाट २८० किलोमिटर दक्षिणमा रहेको प्रान्तीय राजधानी रेजाइनामा प्राप्त भएको उनले बताइन्।

Spread the love