क्यानडामा जथाभावी छुरा प्रहार

क्यानडामा जथाभावी छुरा प्रहार

मध्य क्यानडाको सस्काचेवन प्रान्तमा जथाभावी छुरा प्रहार गरिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरू  खतरनाक मानिएको जनाएको छ। मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए। दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ। तर उनीहरू फरार छन्।प्रान्तभरि उनीहरूको व्यापक खोजी भइरहेकाले सर्वसाधारण मानिसलाई घरभित्र बस्न भनिएको छ।

“सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई तपाईँको निवासमा प्रवेश गराउँदा सावधानी अपनाउनुहोस्,” रोयल क्यानेडियन माउन्टिड पोलिस (आरसीएमपी) सस्काचेवनले ट्वीट गरेको छ।जेम्स स्मिथ क्री नेशनमा सङ्कटकालीन अवस्था घोषणा गरिएको छ। यो सानो गाउँ वेल्डनको उत्तरपूर्वमा रहेको आदिवासीहरूको क्षेत्र हो।

प्रहरीलाई घटनाबारे पहिलो आपत्कालीन जानकारी फोनमार्फत् आइतवार स्थानीय समयानुसार ०५:४० मा वेल्डनबाट २८० किलोमिटर दक्षिणमा रहेको प्रान्तीय राजधानी रेजाइनामा प्राप्त भएको उनले बताइन्।

canada

क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने

काठमाडौं- क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्। भूकम्पपछि राहत र उद्धारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन्।
नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए। रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलादेखि नै छ।
राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए। …हामीले दक्ष र अर्धदक्ष कामदारका लागि रोजगारी खुलाउन अनुरोध गरेपछि क्यानडाका मन्त्रीले नेपाललाई सहयोग पुग्ने भन्दै खुलाउने सहमति जनाए ‘ उनले भने।
क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको गुरुङले जानकारी दिए। भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग पनि छलफल भइरहेको मन्त्री गुरुङलाई जानकारी गराएकी थिइन्।
चिकित्सकसमेत रहेकी मन्त्री लेइचले रसुवाको धुन्चेमा २ दिन स्वास्थ्य शिविरसमेत सञ्चालन गरेकी थिइन्। नेपाल भ्रमणका बेला उनले महिला तथा बालबालिका मन्त्री निलम केसी र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग पनि छलफल गरेकी थिइन्। नेपालमा क्यानडाको दूतावास खोल्ने गृहकार्य भइरहेको पनि लेइचले जानकारी दिएकी छिन् । स्रोत: नागरिक  न्यूज