नेजाका अध्यक्ष विकासराज न्यौपानेको उद्घोष

दिपक न्यौपाने, काठमाडौ : नेपाल अमेरिका पत्रकार संघ (नेजा) र पोखराका पत्रकारहरुबीच बुधबार पोखरामा भेटघाट भएको छ । भेटमा अमेरिका पत्रकार संघ (नेजा) र कास्कीका पत्रकारबीच अनुभव आदान भएको छ । अमेरिकाबाट नेपालका पत्रकाहरुलाई गर्न सकिने सहयोगका लागि आफूहरु संस्थागत रुपमै लागि पर्ने नेजाका अध्यक्ष विकासराज न्यौपानेले बताए ।

नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, अमेरिकास्थित पत्रकार विष्णुप्रसाद पौडेल तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव रामप्रसाद तिमिल्सिनासहित पोखराका वरिष्ठ पत्रकार पुण्य पौडेल र पत्रकारहरु एकराज गिरी, दुर्गाप्रसाद हुमागाईं र केशव शरणबीच भेट वार्ता भएको हो । 

Spread the love