हनुमन्तेको ताण्डव – तीनको मृत्यु, ५०० परिवार विस्थापित

२८ असार, भक्तपुर : प्रहरीका अनुसार वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको छ ।  भूकम्प पीडित बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।  भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेकाे पहिराेले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको छ ।  ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी सम्पदा लामाको मृत्यु भएको हो । बाढीका कारण ५० घर टहरामा आंशिक क्षती भएको छ भने ५०० परिवार विस्तावित भएका छन् ।

डुवानमा परेका १११ जनाको सुरक्षाकर्मीहरुले उद्दार गरेका छन् । उनीहरु मध्ये केही घाइते भएकाले अस्पताल समेत भर्ना गरिएको र उपचारपछि फर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  यस्तै घरमा पानी पसेका कारण अन्नवाली लगायतका जिन्सी सामानमा क्षति पुगेको छ ।

Spread the love