छतबाट खसेर मृत्यु

झापा दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नु भएको थियो । घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको छ

Spread the love