गोली प्रहार गरी घाईते बनाएको आरोपमा श्रीमान श्रीमतिलाई पक्राउ

संजु चापागाई, मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्ने शरण गोलेलाई गोली प्रहार गरी घाईते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट श्रीमान श्रीमतिलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नंबर ५ का रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तान पक्राउ परेका हुन् । गत माघ २४ गते मनहरी गाउँपालिका वडा नंबर ९ स्थित सानोभावर जंगलमा गोलेलाई गोली हानि घाइते बनाएपछि मोक्तान दम्पतीको खोजी भएपछी प्रहरीले उनीहरुलाई गत माघ २६ गते पक्राउ गरेको हो । पक्राउ परेपछी रामबहादुर मोक्तानले दिएको बयानका आधारमा उनको ससुरालीबाट प्रेसर कुकर बम सहित कटुवा पेस्तोल १ थान, कुकर वम पडकाउने रिमोर्ट, बारुद, डोटोनेटर, सुतली वम, गोली सहितको वम वनाउन प्रयोग गरिने सामग्री तथा नेपाली सेनाले प्रयोग गर्ने कम्ब्याड समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुख विकासराज खनालले जानकारी दिनुभयो । रामबहादुर मोक्तान र उनको श्रीमती दिलमाया मोक्तानलाई प्रहरी नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भईरहेको खनालले बताउनुभयो ।

Spread the love