आगामी सातदिन भित्र दलहरुबीच सहमति नभए दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाउने

BICC in Nepal

आगामी सातदिन भित्र दलहरुबीच सहमति नभए दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाउने

काठमाडौँः  हिजो बसेको संविधानसभा बैठक भने एक सातापछि सार्दै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले  आगामी सातदिन भित्र दलहरुबीच सहमति नभए संविधानसभाले दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ । प्रक्रियासँगै असार मसान्तसम्म संविधान जारी गर्नेगरी नयाँ कार्यतालिका तयार भएको छ । अर्को बैठकबाट कार्यतालिका पारित हुनेछ । प्रारम्भिक कार्यतालिका तयार भइसकेको र त्यसलाई यो बिचमा थप छलफल गरेर १७ गतेको बैठकबाट पारित गर्नेछ ।
गएको माघ २९ गते प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन संविधानसभाले अनुमोदन गरेको थियो । माघ २९ गते यता दुई महिना १० दिनको समय दलहरुले सहमति निर्माणका लागि उपयोग नगरेका कारण आफू बहुमतीय प्रक्रिया अगाडि बढाउने निर्णयमा पुगेको नेम्वाङको भनाइ छ ।

Tunisia, I am going there

Tunisia, I am going there

With the claim “Tunisia, io civado” (Tunisia, I am going there) among the testimonials from the Italian market, Ms. Emma Bonino, the Euro Parliament politician, the tourism campaign for Tunisia was presented to the Italian press during a short fam trip to Tunis, which included 3 Italian top tour operator specialists on the destination – Immediately Travel, I viaggi del Turchese, and ITC.

“We will launch a tactic ad campaign,” said Dora Ellouze, Director of Tunisian Tourism in Italy, to test the perception of the target market, and an advertising campaign that will use real billboards in major cities,

“Tunisia,” added Ellouze, “lives mainly on tourism, considering that it accounts for 7% of our GDP; also it is the sector where young Tunisians are pinning more chances for employment and professional growth. So we start from a phrase – ‘Io civado’ – evoking a choice, a decision to travel, and extends the message to the major European markets, from the Italian market as priority, whose contribution amounted to 252,000 tourists arrivals. We will work to achieve at least the same numbers in 2015.”

DB limbu

जेटिसिसिवाट २२ संस्था बाहिरिदैं – संयोजक लिम्बु

काठमाण्डौ – पर्यटन क्षेत्रमा रहेका विभिन्न संस्थाहरु मिलेर बनेको संयुक्त पर्यटन समन्वय समिति ( जेटिसिसि ) को औचित्य सकिएको भन्दै २२ वटा संस्था हरुले जेटिसिसि भंग भएको वताएका छन । जेटिसिसिको नेतृत्वमा पर्यटन वोर्डमा भ्रष्टाचार भएको भन्दै ५१ दिन लामो आन्दोलन भएको थियो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन वोर्डका उच्च अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेपछि वोर्ड सञ्चालनका लागी उपसमिति गठन गर्ने पर्यटन वोर्ड सञ्चालक समितिले निर्णय गरेको थियो । सो उपसमितिमा जेटिसिसि वाट दुई जनाको प्रतिनिधित्व हुने भनिएकोमा जेटिसिसिले पठाउने व्यक्तिहरुका सन्दर्भमा मत बाझिएपछि जेटिसिसि फुटको संघारमा पुगेको हो ।
जेटिसिसिले पर्यटन वोर्ड सञ्चालन उपसमितिमा टानका अध्यक्ष रमेश धमला र नाटट्टाका अध्यक्ष डि.बि लिम्बुलाई पठाउने निर्णय गरेको थियो । यि दुवै जना कांग्रेस निकट व्यवसायिहरु रहेको र नेकपा एमाले निकट व्यवसायिहरुको प्रतिनिधित्व नभएको भन्दै असहमति चर्केको हो ।

Dhading Bus Accident

धादिङको झ्याप्रेखोलामा बस दुर्घटना

काठमाडौं – धादिङको झ्याप्रेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बरको बस नागढुंगाबाट केहीअगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । लु १५ प ७०७१ नम्बरको मोटरसाइकल रोकिराखेको ना ३ ख ३७ नम्बरको ट्याक्कर संग ठक्कर खांदा एक जनाको ज्यान गएको हो ।बसमा ५१ जना यात्रु सवार थिए ।  मृतकको पहिचान हुन बाँकी छ ।
supreme court of nepal

स्ववियु चुनाव गर्न सर्वोच्चको परमादेश

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तीन महिनाभित्र गर्न परमादेश जारी गरेको छ । देशभरका आंगिक क्याम्पसहरुमा ६ वर्षदेखि स्ववियु चुनाव भएको छैन । रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चालेन्द्र शमशेर जबराको संयुक्त इजलासले सरकार र भित्रुवन विश्वविद्यालयका नाममा परामादेश जारी गरेको हो ।  त्रिविले गत वर्ष जेठमा घोषणा गरेको चुनाव गराउन नसकेपछि अखिल छैटौंका विद्यार्थीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
m r p in nepal

एम आर पी लिनेको संख्या ३२ लाख २१ हजार

काठमाडौं । एमआरपी लिन सुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ । मेसिन रिडेवल पासपोर्ट (एमआरपी) करिब ३२ लाख २१ हजार ले लिइसकेका छन् । गत चैत मसान्तसम्म ३२ लाख २१ हजार ८९४ जनाले एमआरपी लिइसकेको राहदानी विभागले जनाएको छ । जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरूबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिज्ञबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएका छन् । सरकारले विसं २०६७ पुस ११ गतेबाट एमआरपी दिन सुरु गरेको थियो । सभार: एभरेष्टटाइम्स
SaurahaChitwan

पर्यटनका लागि सौराहादेखि पटिहानी पदमार्ग बन्दै

चितवन – सौराहा र पश्चिम क्षेत्रमा रहेको पटिहानी जोड्ने यो पैदल मार्गको दुरी नौ किलो मिटर छ । सौराहामा पर्यटकहरुको चाप बढ्न थालेकाले यो  पटिहानीको छितामाईबाट सुरू भएको पदमार्ग सौराहा खोरसोरमा पूरा हुन्छ ।‘पटिहानीमा पर्यटन व्यवसाय भर्खर सुरू भएकाले यहाँ स्थानीयलाई यो व्यवसायमा अग्रसर बनाउन सकिन्छ ।  पटिहानी क्षेत्रमा कुमाल ताल, श्रमिक ताल, कमल ताल, बीस हजारी ताल, प्राचीन छितामाई मन्दिरलगायतका पर्यटकीय क्षेत्र छन् ।

राप्ती नदीको आडमा निकुञ्ज र अन्य मध्यवर्ती सामुदायिक वनहरुसमेत भएकाले गैंडा चित्तलजस्ता वन्यजन्तुहरु सजिलै देख्न सकिने  राप्ती नदी, निकुञ्ज र मध्यवर्तीको जंगल छ । वन्यजन्तु र चराचुरूङ्गी हेर्न चाहनेले यहाँ सजिलै आनन्द लिन सक्छ ।

jajarkot mahamari

जाजरकोट संक्रमण नियन्त्रणको प्रयास जारी – दुर्गममा स्वास्थ्यकर्मी पुगेपछि स्थानीय खुशी

जाजरकोट –  जाजरकोटका मौसमी संक्रमणका कारण मृत्यु हुनेको संख्या रोकिएन । संक्रमण नियन्त्रणको प्रयास जारी रहेपनि प्रभाव भने कमजोर देखिएको छ । प्रकोप प्रभाबित ठाउँमा चिकित्सक र औषधि भने पुग्नथालेको छ । लामो समयसम्म प्रकोप नियन्त्रणमा नआउँदा सरकारले औषधि र स्वास्थ्यकर्मी दुर्गमा पठाउन थालको हो । आइतबार पनि जिल्लाका बिभिन्न स्थानमा नेपाली सेनाको हेलिकप्टरले औषधि र स्वास्थ्यकर्मी पुर्याएको छ । त्यस्तै केही स्थानमा स्थल मार्गबाट पनि औषधि र स्वास्थ्यकर्मी पठाइएको छ । प्रकोप प्रभाबित बारेकोटको लिम्सा, पैंक, पजारु, मजकोट दशेराको थलहबजार, नायकवाडा लगायतका स्थानमा डाक्टर र औषधि पठाएको छ ।

दुर्गममा स्वास्थ्यकर्मी पुगेपछि स्थानीय खुशी भएका छन लामो समयमा प्रकोप नियन्त्रणमा चासो नदेखाएको सरकारले २४ जनाको ज्यान गएपछि नियन्त्रणको प्रयास तिब्र पारेको छ । अझै प्रकोप प्रभाबित केही स्थानमा चिकित्सक पुगेका छैनन । प्रकोप प्रभाबित टालेगाउँमा चिकित्सक नहुदा बिरामी उपचारमा समस्या भएको टालेगाउँ स्वास्थ्य चौकीको इन्चार्ज पेम्बा दोर्जे शेर्पाले जानकारी दिनुभएको छ ।

Kashmir launches tourism promotional campaign

Kashmir launches tourism promotional campaign

JAIPUR, India – Kashmir-based tour operators have embarked on aggressive tourism marketing campaign by highlighting State’s vast tourism potential at many cities in India.  Presently the tour operators are in Jaipur in the ongoing Great Indian Travel Bazar. The travel agents are meeting leading tours operators to sell Kashmir as the prime tourist destination in India.

Among those who are on the marketing campaign tour are Ather Yameen Narwari of Earth Explorers Travel & Tours, Mohammad Akram Siah of Meena Travels India Pvt Ltd, Wasim Siah of Price Tours, Ibrahim Siah of Shahnama Tours, Nazir Gosani of Johnasen Travels, Ali Mohd Shangaloo of Shangaloo Travels, Nasir Shah of CNE and Showket Pakhtoon of Elizabeth Travels.

On April 16, the travel agents participated in India Today Conclave at Maurya Sheraton, on April 17 they held a Road Show Select City Walk Saket, next day on April 18 another Road Show was held at Delhi Haat while on Sunday the tour operators participated in the ongoing Great Indian Travel Bazar at Jaipur which will conclude on April 21.

Speaking over phone from Jaipur, Akram Siah of Meena Travels said they have held tourism promotional campaigns in Delhi and Jaipur during which they interacted with many leading travel agents of India.

Prince Tours has done notable work during 1990s during which tourist inflow fell to negligible due to turmoil. However, the travel agency attracted tourists to Valley against all odds.

Ather Yameen of Earth Explore while speaking to Rising Kashmir said the travel agents will also participate visit other states in summer to promote Kashmir.

Himalayan Online Service HONS

इन्टरनेटको दुनियामा हिमालयन अनलाइन सर्भिस – हरिहर भण्डारी

दिपक न्यौपाने, काठमाडौ – नेपालको इन्टरनेटको सेवा प्रदान गर्नै उदेश्यले १६ वर्ष अधि स्थापना भएको हिमालयन अनलाइन सर्भिस HONS ले सुलभ रुपमा सेवा प्रदान गर्दै आएको र नेपालमा छैटौ स्थानमा दर्ता भएको आइ एस पी आज सम्म निरन्तर रुपमा सेवा सुचारु गरिरहेको कम्पनीका मेनेजिङ्ग डाईरेक्टर हरिहर भण्डारीले दि पाबर न्युज मिडियालाई जानकारी दिनु भयो ।
हिमालयन अनलाइन सर्भिसको बारेमा गरिएको छोटो कुराकानी

 हिमालयन अनलाइन सर्भिस भन्नाले के बुझिन्छ ?
– यो एउटा इन्टरनेट प्रदाय संस्था हो । यसले इन्टरनेट प्रदान गर्ने काम गर्दै आइरहेको छ । अरु भन्दा पृथक रुपमा ग्राहको बिश्वसनियता लिन सफल आइ एस पी भनेर बुझिन्छ ।

कसरी सुरुवात भयो इन्टरनेट सेवा ?
– सुरुमा हामीसंग त्यति क्षमता थिएन प्रबिधीको विकास भएपनि हामीले नेपाल जस्तो देशमा इन्टरनेट  बिस्तार गर्नु चुनौति नै थियो । सुरुमा इन्टरनेट महँगो थियो । हुने खानेहरुले मात्र प्रयोगमा ल्याउथे । हामीले एउटा सानो कोठा बाट डायलप प्रबिधिको रुपवाट बिस्तार गरेका थियौ आज धेरैजसो काम इन्टरनेट बिना गर्न कठिन भैसकेको छ । यसको मागपनि बढ्दो छ ।

ग्रामीण क्षेत्रमा सेवा कसरी दि रहनु भएको छ ?
– इन्टरनेट कनेक्सनको लागी हामीले ग्राहक को घरमा एउटा DEVICE राख्छौ त्यसले हाम्रा बिभिन्न स्थानमा रहेका Tower बाट कनेक्सन गर्छ । ग्रमीण क्षेत्रमा बिजुली वक्तिको सुबिधा नपुगेको ठाउमा पनि हाम्रो सेवा सुचारु भैरहेका छन् । घरमा राखेको  DEVICE मा १२ Volt को DC करेन्ट दिएपछि  DEVICE चालु हुन्छ र Tower संग कनेक्सन गर्छ । हामी २४ सै घण्टा सेवा दिन सक्षम छौ । जस्तो रातामाटे, झागा झोली, दुम्जा यि ठाउँमा वक्तिको सुबिधा नपुगा ठाँउमा हाम्रा सेवा संचालनमा आइरहेका छन् ।

योजना बिस्तार गर्ने क्रममा कस्ता चुनौती आउछन् ?
काठमाडौमा त बिरलै समस्या छैनन् तर गाउँ गाउँमा टावर विस्तार गर्नेक्रममा समस्याहरु आउछन् नै सुरुमा टावर बिस्तार गर्न खर्चिलो छ त्यसपछि टावरको सुरक्षाको बिषय अझ चुनौतिको रुपमा देखा पर्दछ । राज्यले भ्याट काहानेर चुहावट भयो भनेर मात्र हेर्छ तर हाम्रा समस्यालाई त्यति चासो दिदैन ।

सरकारी क्षेत्रबाट कस्तो  सहयोगको आबश्यकता महशुस गर्नु हुन्छ ?
संसार छोटो बनाउने प्रबिधि भनेको  इन्टरनेट हो । संगसंगै ग्रामीण भेगमा इन्टरनेट पुयाउन महंगो छ सरकारले ग्रामीण कोष लगानी निजी क्षेत्रसंग  साझेदारी गर्न, लगानी मैत्री बाताबरण मिलाइ दिएको खण्डमा प्रबिधी बिकास गर्नै हामीलाई पनि सहयोग पुर्ने छ र दुर दराजमा रहेका नेपालीहरुले पनि सुबिधा सुलभ रुपमा पाउन सक्थे ।

अब नयाँ योजना के के छन् ?
हाल नेपालका पूर्वी ३ वटा विकास क्षेत्रमा हाम्रा सेवा बिस्तार भएका छन् । अव संभबत नेपाल भर यो योजना बिस्तार गर्ने क्रममा हामी छौ । योजाना भन्नुपर्दा FTTH अर्थात Fiver to the Home को लक्षमा हामी जान्छौ ।

अन्यमा ग्रहकको लागी कस्तो सुझाव दिनु हुन्छ ?
इन्टरनेट सेवामा हामी सेवा दिन बसेका हौ । ग्रहकको सुबिधाको लागी ग्राहकले समस्या नबुझे जस्तो लाग्छ । धेरै जसो समस्याको रुपमा स्पिड  समानान्तर नभएको जस्ता कुरा आउछन् । हामीले दिने स्पिड ग्राहकको माग अनुसार नै छ । तर टेक्नोलोजीको प्रयोगमा राउटरको प्रयोगवाट समस्या हुनसक्छ, सिस्टमको समस्या हुन सक्छ टेक्निकल समस्या थाहै नपाई  इन्टरनेट स्पिडको समस्या  भनेर स्पिड कम भयो भनेर गुनासो आईरहन्छ । यस्ता कुरा ग्रहकले पनि महशुस गर्नु पर्छ ।
यदा कदा टावरसंग कनेक्सन नभएको अबस्थामा, टावर पड्कने, सिस्टममा आउने ERROR को पुर्ण रुपमा ग्राहकलाई ज्ञान नहुदा समस्या हुन सक्छन् ।

अन्तमा : संघर्षसंगसंगै यहाँ यहाँ सम्म ग्राहकले माया गरिरहनु भएको छ  त्यसैले होला हिमालयन अनलाइन सर्भिसले लोक प्रियता पाईरहेको महशुस गरेको छ, धन्यवाद  ।