टोखा नगरपालिका वडा नं १ मा बृहत सरसफाई कार्यक्रम

तारकेश्वर नगरपालिका दोस्रो मेयर रनिङ्ग सिल्ड प्रतियोगीता २०८० भब्य र सभ्यरुपमा सम्पन्न

तारकेश्वर नगरपालिका दोस्रो मेयर रनिङ्ग सिल्ड प्रतियोगीता २०८० भब्य र सभ्यरुपमा सम्पन्न

बर्षमा ३ पटक माईत झर्ने त्रिपुरासुन्दरी माई

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट भगवती माइको प्रतिमूर्तिलाई त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेँसी सारिएको छ । एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ ।  सयौंँ मानिसको लावालस्करसहित रातो घुम्टोले सिँगारिएर त्रिपुरासुन्दरी भगवती माई आज बिहान माइत झरेकी छिन् । हरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र  छ । अघिअघि पञ्चेबाजासँगै युवाहरुले नाङ्गो खुडा, खुकुरी बोकेका छन् । दियो, कलश, शङ्ख, घण्ट पनि सँगसँगै छ ।   सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा  भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ ।

भगवतीको प्रतिमूर्तिलाई  यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको  हो । बाहिरबाटै दर्शन गर्ने फुलअक्षेता चडाउने हो ।” देवीको दर्शन गर्न सयौँको सङ्ख्यामा भक्तजनले मध्यरातिदेखि नै बाटो कुरेर बस्ने गर्दछन् । मूर्ति देख्न र छुन नपाए पनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गर्ने गरिएको  पहिलेदेखिको चलन  हो । भगवानलाई छुन र हेर्न पाइदैन । वडादसैँको चतुर्थीका दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई आइतबार बिहानै न्वाघी घर आगिन्चोक हाँसे बजार मन्दिरमा सर्ने  चलन  छ ।  वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ ।  तीन थरिबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्ने नियम रहेको स्थानीय ले बताउनुभयो । उहाँका अनुसार यहाँ आइपुग्ने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसैँ तिहारलगायत चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको छ ।  सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । मङ्सिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोट डाँडाको मन्दिरबाट भगवतीको मूर्तिलाई बाकसभित्र राखी पिठ्यँुमा बोकेर करिब तीन घण्टाको पैदल दुरीमा पुगिने त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबँेसीको मन्दिरमा ल्याइन्छ । यसरी देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिने गर्दछ ।  नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।

बूढानिलकण्ठ नगरपालिका परिसरमा चित्रकला प्रर्दशनी

बूढानिलकण्ठ नगरपालिका परिसरमा चित्रकला प्रर्दशनीमा बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी तथा नगर उप प्रमुख अनिता लामाले चित्रकला प्रर्दशनीमा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुहुदै

 

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने

काठमाडौँ- पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आज भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । आजै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

साभार : https://nepaltvonline.com/2023/12/86526/?fbclid=IwAR3v7IejY6sxBrzmNNpLzSsP0Q_TFY7PFBqqs_VRWdQVx1X-j_d-VlKmfqE

शुभ साइतको भाइटीका

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाइएको छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०:५१ बजेलाई शुभ साइत तय गरेको थियो। शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका हुन्। दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन्। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ।

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल सरकारले “सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको” भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्। “यो निर्णय आजैबाट (सोमवारबाटै) कार्यान्वयनमा जान्छ। यसलाई रोक्ने व्यवस्था मिलाउन हामीले नेपाल टेलिकमलाई जिम्मा दिएका छौँ।” तिहारको समय चलिरहँदा नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा पनि टिकटकमा प्रतिबन्ध छ। मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताइन्।  “यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामाग्रीहरू राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।” आँकडा नभए पनि इन्टरनेट प्रयोग गर्ने धेरै नेपालीहरू मनोरञ्जनका साधनका रूपमा टिकटक हेर्ने गर्छन्। तर मन्त्री शर्माले मनोरञ्जनभन्दा समस्या धेरै भएकाले प्रतिबन्ध लगाइएको बताइन्।   “मनोरञ्जनका लागि आरु सामाजिक सञ्जालहरू पनि छन्। फेसबुक, ट्विटरलगायतका माध्यमलाई हामीले केही पनि गरेका छैनौँ।” कैयौँले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि प्रश्न समेत उठाइरहेका छन्।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार “उल्टो कदम हिँडेको” टिप्पणी गरेका छन्। “सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,” उनले फेसबुकमा लेखेका छन्। “यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।”

Vianet “Refer 4 Friends & Win Big!” Offer

Kathmandu, Nepal, November 2, 2023 – Vianet Communication, Nepal's leading Internet Service
Provider (ISP), is delighted to announce an new offer “Refer 4 Friends & Win Big” where customers who
refer 4 friends or family can get a free Ultima Wireless Earbuds along with 4 months free internet.
This offers comes as a extension to Vianet’s already popular festive campaign, “Chaadma Chauka”.In the
festive offer, Vianet introduced new affordable Internet packages as low as Rs. 700+VAT per month and
provided customers up to 50% on ULTIMA Wireless Earbuds and HIMSTAR Home Appliances.
In this new “Refer 4 Friends & Win Big!” offer, starting November 2 nd 2023 up to 25 th November 2023,
Vianet customers can seize the opportunity to refer four friends or family members to join the Vianet
family, and they will enjoy the following exclusive benefits:
1. FREE ULTIMA ATOM 192 Wireless Earbuds: Each customer who successfully refers four friends in the
time frame specified will receive a pair of ULTIMA ATOM 192 Wireless Earbuds absolutely free.
2. Four Months of FREE Internet for themselves: For each successful referral, Vianet customer gets 1
month free Internet as part of the standard referral scheme. Hence, when referring 4 customers, the
referrer would have already earned 4 months of free Internet.
3. 1 Month of FREE Internet for their referral: The customer’s friend or family being referred also gets 1
month free Internet as long as they have subscribed to an Ultra-Fi plan as part of Vianet’s standard
referral scheme.
This extension reflects Vianet's gratitude towards its valued customers who have made "Chadma
Chauka" a resounding success. The company understands the importance of staying connected during
these times, and with this offer, Vianet wants to reward its customers' loyalty and provide even more
reasons to celebrate.
Ms. Sewa Pathak, CEO of Vianet Communication, states, "Our commitment to providing exceptional
value and an unbeatable internet experience remains unwavering. We are delighted to introduce the
'Refer 4 Friends & Win Big!' offer to express our gratitude to our customers. This offer allows our
customers to enjoy high-speed internet, complimentary wireless earbuds, and share the Vianet
experience with loved ones."
So, don't miss out on this opportunity to "Refer 4 Friends & Win Big!" Connect more, share more, and
enjoy more with Vianet Communication.
For more information about the "Chadma Chauka" campaign and the "Refer 4 Friends & Win Big!"
offer, visit Vianet's website at http://www.vianet.com.np/chadmachauka2080
About Vianet:
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet

solutions for both personal and professional usage. For more information regarding Internet plans,
please visit: http://www.vianet.com.np/chadmachauka2080

 

भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग! अफर

काठमाडौं, कार्तिक १६, २०८० – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो
नयाँ रोमान्चक अफर “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!”को घोषणा गरेको छ। यस अन्तर्गत चारजना साथी वा
परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि
नि:शुल्क प्राप्त गर्न सक्नेछन्।
यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर "चाडमा चौका" अभियानको विस्तारको रूपमा
आएको हो। "चाडमा चौका" अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट
बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५०% छुट प्रदान
गर्नेछ।
कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर "रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!" मा
भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर
गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन्:
1. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स: तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई
सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त
गर्नेछन्।
2. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेट: प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले
स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन्। यस अनुसार, चारजना
ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको नि:शुल्क इन्टरनेट प्राप्त हुनेछ।
3. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेट: ग्राहकद्वारा रेफर गरिएका साथी वा
परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको
सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ।
चाडपर्व अफरको यो विस्तार "चाडमा चौका"लाई उत्कृष्ट सफलता प्रदान गराउने भायानेटका मूल्यवान
ग्राहकहरूप्रति समर्पित छ। उत्सवको यो समयमा कनेक्टेड रहिरहनुको महत्त्वलाई आत्मसात गरी यस अफरमार्फत्
कम्पनी आफ्ना ग्राहकहरूको सब्सक्रिप्शनलाई पुरस्कृत गर्न र उत्सवको मौसमलाई थप उल्लासमय बनाउन
चाहन्छ।

भायानेट कम्युनिकेसनकि सीईओ सेवा पाठकले भन्नुभयो, "असाधारण मूल्य र उत्कृष्ट इन्टरनेट अनुभव
प्रदान गर्ने हाम्रो बलियो प्रतिबद्धता छ। हाम्रा ग्राहकहरूलाई आभार व्यक्त स्वरुप यो ‘रेफर ४ फ्रेण्ड्स एण्ड
विन बिग!' अफर प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। यस अफरले हाम्रा ग्राहकहरूलाई उच्च गतिको
इन्टरनेट प्राप्त गर्न, नि:शुल्क वायरलेस इयरबडको आनन्द लिन र आफ्ना प्रियजनसँग भायानेटको विशिष्ट
अनुभव बाँड्न सघाउने विश्वास लिएका छौँ।"
त्यसैले "रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!" अफरको यो अवसरलाई नगुमाउनुहोस्। भायानेट मार्फत् अझै धेरैजनासँग
जोडिनुहोस्, अझै धेरैलाई अनुभव बाँड्नुहोस् र लिनुहोस् अझै धेरै ईन्टरनेटको आनन्द।
“चाडमा चौका” अभियान र “रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!” अफरबारे थप जानकारीका लागि भायानेटको वेबसाइट
http://www.vianet.com.np/chadmachauka2080 मा जानुहोस्।
भायानेटका बारेमा:
भायानेट सम्भावित सबैभन्दा उत्कृष्ट मूल्यमा सबैभन्दा उच्च डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर
आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्यद्वारा संचालित छ। भायानेट नेपालमा एक अग्रणी
इन्टरनेट र टिभी समाधान प्रदायक कम्पनी हो जो आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगका
लागि नयाँ र नवीन इन्टरनेट समाधानहरु प्रदान गर्दै आएको छ। इन्टरनेट योजनाहरूबारे थप जानकारीका लागि
कृपया: http://www.vianet.com.np/chadmachauka2080 मा जानुहोस्।

बिपिपि युनिभर्सिटीको इन्फर्मेसन सेसन फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीमा सम्पन्न

फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले अक्टोबर ३१ तारिख आफ्नै कार्यालय परिसरमा बिपिपि युनिभर्सिटीको बारेमा एक जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा बीपीपी विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यक्रमकी डिप्युटी डीन, भिकी नाइट, र नेपाल र भारतका लागी हेड अफ स्टुडेन्ट रिक्रूटमेंट , मि. तरणजित सिंहको उपस्थिति थियो।

कार्यक्रममा, भिकी नाइट र मि. तरणजित सिंहले बीपीपी विश्वविद्यालयमा उपलब्ध कोर्स, सुविधाहरू, छात्रवृत्ति, र प्राविधिक सेवा सुविधाकाबारे उपस्थित विद्यार्थीहरूलाई जानकारी प्रदान गरेका थिए। फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले बीपीपी विश्वविद्यालयको अधिकृत एजेन्टको रूपमा काम गरेको छ।

फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले लामो समय देखि बेलायत अध्ययन गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको नेपाल डाइरेक्टर उमेश खड्काले जानकारी गराउनु भयो।

बीपीपी युनिभर्सिटी, उत्कृष्ट शिक्षाका लागि प्रसिद्ध छ। बीपीपी युनिभर्सिटीमा नेपाली बिध्यार्थीहरूले उच्च ब्यक्तीत्व निर्माण गरीरहेको युनिभर्सिटीका पूर्व बिध्यार्थी तथा फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीका युके डाइरेक्टर डाक्टर दीपक खड्काले जानकारी गराउनु भयो।