यार्सागुम्बा टिप्न लेकमा लर्को

yarcha dolpa thepowernews2

दिपक न्यौपाने, डोल्पा : हिमाली जिल्लाका वासिन्दाहरुका लागि बर्षभरका लागि खर्चको जोहो गर्ने माध्यम हो यार्सागुम्बा । अनुपम प्राकृतिक उपहार मानिने यार्सागुम्बा यौन तथा स्वास्थ्यवद्र्धक जडीवुटीकोरुपमा लिने गरिन्छ । अघिल्ला वर्षसम्म रुकुमको मैकोटस्थित बुकिपाटनमा यार्चा संकलक र व्यापारीको ठूलो भीड लाग्थ्यो । यो वर्ष माहोल बेग्लै छ । संकलन गर्नेदेखि पाटनमै मोलमोलाइ हुने भएकाले भीडभाड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे हुन्थ्यो । यार्चा उत्पादन घटेपछि त्यहाँ बस्नेभन्दा पनि फर्किनेकै लर्को ठूलो छ । बुकिपाटन गएका ३० प्रतिशत फर्किए यार्चा टिप्न सुरु भएको सातामै फर्कनेको लर्को छ । हिउँ जति पर्नुपर्ने हो, त्यति नपरेकाले पनि कम भएको हुन सक्छ’ यार्सागुम्बा संकलनका लागि स्थानीय तहहरुले यस बर्षका लागि प्रवेश खुला गरेसंगै यार्सा संकलकहरुको लेकतिर उक्लने हतारो बढेको छ । मुगु जिल्लाका विभिन्न वनहरुमा पाईने वहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनका लागि कार्मारोङ्ग गाँउपालिकाले यो बर्ष जेष्ठ ५ गतेबाट प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ ।

Spread the love