अस्तब्यस्त र फोहोर भएको त्रिभुवन विमानस्थलमा कार्पेटिङ

२७ मंसिर, काठमाडौं : त्रिभुवन  बिमानस्थल आकर्षक बनाउने उदेश्यले ९० लाख रुपैयाँ खर्चिएर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको  छ । विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।

Spread the love