कैलालीको तोरी उत्पादन बढ्यो

२० चैत, टीकापुर । कैलालीमा तोरीको उत्पादन गत वर्षभन्दा दोब्बरले बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार यस वर्ष मौसम अनुकुल भएका कारण उत्पादन बढेको हो । यस वर्ष मौसम अनुकुल रहेकाले गत वर्षभन्दा दोब्बरले उत्पादन बढेको छ ।’ यस वर्ष तोरी बाली मात्र होइन अन्य बाली पनि राम्रो उत्पादन हुने देखिएको प्रमुख शर्माको भनाइ छ ।सन्देश जस्तै तोरीखेती गरेका अन्य किसान पनि उत्पादन बढेपछि र बजार मूल्य राम्रो पाएपछि खुशी भएका छन् । तोरीखेती स्याहारेका  किसानले  हिजोआज त्यही तोरीबारीमा छरेको मुसुरो स्याहार्न थालेका छन् । गत वर्ष उत्पादन कम भएका कारण कैलालीमा तोरीको तेल पाउनसमेत कठिन भएको थियो । कैलालीका मिल सञ्चालकले यस वर्ष भने अहिलेदेखि नै तोरी भण्डारण गरिसकेका छन् ।

‘गत वर्ष प्रतिहेक्टर छ क्वीन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर १२ क्वीन्टलसम्म उत्पादन भएको छ’, उनले भने, ‘गत वर्ष हिउँदमा अधिक वर्षा हुँदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो । कैलालीमा २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको छ । मल र सिँचाइको उपलब्धताले तोरीको उत्पादनमा भर पर्ने भएकाले यस वर्ष करीब २० हजार टन उत्पादन भएको केन्द्र प्रमुख शर्माको भनाइ छ । ‘तोरीखेतीको उत्पादकत्व बढाउन नयाँ प्रविधि, उन्नत जातको बीउको प्रयोगले समेत प्रभाव पार्छ’ उनले भने, ‘पछिल्लो समय किसानसमेत बीउ, मल र प्रविधि प्रयोगका सवालमा सचेत बन्न थालेका छन् ।’

Spread the love