टोखा न. पा. का नव निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम

दिपक न्यौपाने, जेठ १२, काठमाडौ : शिक्षा युवा तथा खेलकुद शाखाले साउथ वेस्टर्न कलेजमा हिजो आयोजीत एक कार्यक्रमा २०७९ का नव निर्वाचित जनप्रतिनिधिहरु सम्मान कार्यक्रम तथा संयुक्त प्र.अ. बैठक मा टोखा न.पा. का सम्पुर्ण उपस्थित नव जनप्रतिनिधिहरुलाई सम्मन गरियो । सो कार्यक्रमा बिशिष्ठ अतिथि प्रकाश अधिकारीको उपस्थिती रहेको थियो भने उपप्रमुखमा मुरारी तामाङ, प्रशासकीय अतिथि शंखराज पाठक लगायत वडाका बडा अध्यक्षहरु धर्मेन्द्र श्रेष्ठ, रमेश डंगोल,धर्मेन्द्र श्रेष्ठ , मदन गुरुङ्ग, शान्ता खनाल, नवरत्न राना, रमेश खत्रि, राम भक्त घिमिरे, घनश्यम खड्का लगायत सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
साथै शिक्षा अधिकृत बिजय बठ्यान यादब, तिलिङ्गटार माबिका सरोज कुमार पाण्डे, साउथ वेस्टर्न कलेजका डा.राजेन्द्र के सी, एन प्यापसनका अध्यक्ष भोजराज पाण्डे , नारायन प्रसाद उपाध्य, टंक कुमार चापागाई र बाबु राम गौतम रहनु भएको थियो । टोखा न पा का प्रमुख प्रकाश अधिकारी ज्यु बाट बैठकमा उठेका बिषयहरुलाई नगरपालीकाको बजेटले भ्यायसम्म सबै खाले समस्या समाधान गर्ने प्रतिबध्ता व्यक्त गर्नु भयो ।

कार्यक्रम झलक

२०७९का नव निर्वाचित जनप्रतिनिधिहरु सम्मान कार्यक्रम

Spread the love