मनोहर मावि टोखामा अभिभावकको निःशुल्क स्वास्थ्यपरिक्षण

काठमाडौँ, १५ मङ्सिर : काठमाडौँको टोखामा एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत अभिभावकलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । टोखाको मनोहर माध्यामिक विद्यालयको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा मनोहर माविका १५० भन्दा बढी अभिभावकको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणअन्तर्गत ब्लड प्रेसर, सुगर, उचाई अनुसारको वजन, उचाई, तौललगायतको स्वास्थ्य जाँच गरिएको कार्यक्रमकी निर्देशक एवम् वरिष्ठ नर्स कबिसा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ्य राख्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममको शुभारम्भ कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नं १० का वडाअध्यक्ष मचाकाजी महर्जनले विद्यार्थीसँगै अभिभावकलाई समेत स्वस्थ राख्न स्वास्थ्यपरिक्षण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वस्थ्य राख्नका लागि नगरपालिकाले एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा ग्राण्डी अस्पतालका डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । विस २०१९ सालमा स्थापना भएको मनोहर माविमा हाल ६५५ विद्यार्थी अध्ययनरत छन् ।

Spread the love