तारागाउँ हाेटलको साधारण सभामा हंगामा

तारागाउँ रिजेन्सी हाेटल(TRH)काे २६ औं वार्षिक वार्षिक साधारणसभामा हंगामा भएको छ । साधारण शेयरधनीले संचालक नियुक्तिकाे बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएकाे छ ।कम्पनीले सभामार्फत क वर्गका शेयरधनीको तर्फबाट तारागाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशी र ख बर्गका शेयरधनीका तर्फबाट अरुणकुमार सरार्फ, सुरेशलाल जोशी र देबेश सर्राफकाे पुर्नियुक्ति र स्वतन्त्र संचालकहरु श्रीवस्त शमशेर जबरा र मनोजप्रसाद राजभण्डारीको पुननियुक्तिलाई अनुमोदन गर्ने तयारी गरेको थियो ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा डाकिएकाे साधारण सभाले पहिले चयन गरेका सञ्चालकलाई अनुमाेदन गर्न खाेजेपछि साधारण शेयरधनी आक्राेशित भएका थिए । उनीहरूले साधारण सभाले संचालककाे निर्वाचन गर्नुपर्ने भन्दै हंगामा गरेपछि  निर्वाचान प्रक्रिया एक हप्ताकाे लागि स्थगित भएको हो ।

Spread the love