सिमेन्मा घोटाला गदै तामाकोशी आयोजना तुवाउने खेल भएको खुलासा

Tamakoshi

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि ल्याइएको सिमेन्ट अनियमित तबरले अर्को आयोजनालाई उपलब्ध गराएको भन्दै त्यसको सत्य तथ्य जानकारी दिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई निर्देशन दिएको छ ।  माथिल्लो तामाकोसी आयोजनाको नाममा पैठारी भएको भारतीय राशि गोल्ड सिमेन्ट अनियमित तबरले रसुवास्थित सान्जेन जलविद्युत् आयोजनालाई उपलब्ध गराएको र सोको खर्चसमेत मागेको तर बिक्री नदेखाएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा आयकर र मूल्य अभिवृद्धि करअनुसार तिर्नुपर्ने कर शुल्क जरिवाना वापत के कति तिर्नुपर्ने हो सोको जानकारी गराउन समेत आयोगले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई  पत्र लेखी ध्यानाकर्षण गराएको छ । आयोगले उक्त सिमेन्ट आयोजनामा नै प्रयोग भएको देखाई सो को भन्सार महसुल फिर्ता लिएको, सुरुको ठेक्का रकमबाहेकको भेरिएसन र पाएको मूल्यवृद्धिवापत प्राप्त भएको थप आम्दानी रकमलाई आफ्नो आयमा समावेश नगरी कर छली गरेको पाइएको छ  । आयोजनाका लागि आयात गरिएको सिमेन्टको भन्सार महसुल रकम फिर्ता नपाउनेमा सिनो हाइड्रो कर्पोरेशनलाई माथिल्लो तामाकोसी आयोजनाबाट फिर्ता दिएको पाइएकाले सो रकम फिर्ता गरी असुलउपर गरी सोको जानकारी गराउन निर्देश गरेको छ । आयोगकाअनुसार ठूला करदाता कार्यालयबाट आयकर र मूल्य अभिवृद्धि कर गरी  ३५ करोड २२ लाख २५ हजार ९७५ अन्तिम कर निर्धारण भएको पाइएको छ ।

Spread the love