जेलभित्रै शपथ

जेलभित्रै शपथ

काठमाडौं : शपथको वातावरण मिलाउन नै चौधरीलाई कैलाली कारागारबाट काठमाडौं ल्याइएको छ।  साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।  कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले ३४ हजार ३४१ मत ल्याई प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका थिए। प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा २० हजार ९३५ मतान्तरमा चुनाव जितेका उनलाई निर्वाचन आयोगले निर्वाचन जितेको प्रमाणपत्र अहिलेसम्म दिएको छैन। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ।  राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो।  राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो।

 

jhapa banda

बन्दले जनजीवन प्रभावित, बन्दकर्ता पक्राउ

६ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दले उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । बौद्ध, कलंकी क्षेत्रमा केही सवारी साधनमा तोडफोड भएको प्रहरीले जनाएको छ ।  सार्वजनिक सवारी सधान निकै कम चलेका छन् भने बजार पनि खुल्न सकेको छैन । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ ।

 

Strike

पक्राउ परेका आन्दोलनकारी छुटाउन खोज्दा झडप – आधा दर्जन पक्राउ

२४ चैत, काठमाडौंं –  एकिकृत नेकपा माओवादी नेतृत्‍वको ३० दलीय मोर्चाले गरेको आवाहन गरेको बन्द सफल पार्न हिडेका एकीकृत माओवादीका काठमाडौ जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा प्रकाउ परेका छन् ।  उनलाई बिहान प्रहरीले विजुलीबजारबाट प्रकाउ गरेको हो ।

सानो संख्यामा रहेका बन्दकर्ताहरु बिजुलीबजार पुल नजिकै प्रदर्शन गरिरहेका थिए । मध्यान्ह १२ बज्नुभन्दा केही बेर अघि प्रहरीको भ्यान आइपुग्यो । भ्यानमा बिभिन्न ठाउँबाट पक्राउ परेका बन्दकर्ताहरु भित्र थिए । उनीहरुले आफ्ना साथीहरुलाई सडकमा देखेपछि भित्रैबाट नारा लगाए ।  बन्दकर्ताहरु विहानैदेखि राजधानीका विभिन्न ठाउँमा जम्मा भएर बन्द गराउँदै हिडेका छन् । बन्दले उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।