अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु : देउवा

अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु : देउवा

काठमाडौ, मंगलबार हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकजुट भएर सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।  उनले चुनावमा भएको पराजयबाट आफु विचलित नभएको पनि बताएका छन्। गामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेका देउवाले चुनाव हार्दैमा मैदानै हारेको अर्थ नलगाउन कार्यकर्तालाई सुझाएका छन्। ‘
हेटौँडा भेलालाई सम्बोधन गर्दै उनले महासमितिबाट विधान संशोधन गरि संविधान अनुरुपको पार्टी संरचना तयार गर्ने पनि बताए।

‘संविधानले राज्यको शासकिय प्रबन्धमा परिवर्तन गरेको छ । संघीयताका आधारमा नयां संरचनाहरु बनेका छन । त्यस अनुरुप पार्टीका संरचना तयार गर्नुपर्ने छ । शान्ति र प्रगतिको वाटोमा लैजाने हाम्रो लक्ष्य हो । कांग्रेसले सबै ठाउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ,’ भन्दै देउवाले ‘एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसलेनै यी जिम्मेवारी बहन गर्न  कुरामा जोड दिएका छन्।

देउवा मन्त्रिपरिषद् ५४ सदस्यीय – ‘औचित्यहीन’ विस्तार

भाद्र २६, २०७४ राप्रपासँग अलग्गिएर बनेको राप्रपा ९प्रजातान्त्रिक० बाट तीन मन्त्री र एक राज्यमन्त्री  समेत थपेर प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् ।  देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् ।