टीकापुर काण्डको चेपुवामा सोझा थारु – दिपक न्यौंपाने

Deepak Neupane
दिपक न्यौंपाने , काठमाडौ – हाल तराईका केहि जिल्लाहरुले जुन किसमले मागहरु उठाइरहेका छन, ती मागहरुले तराई र त्यस भेकमा दविएर रहेका जनताको हित भन्दा पनि भोलीको नेतृत्व प्राप्तिको लडाई जस्तो देखिन गएको छ । सामान्यतया संघीय शासन प्रणालीमा केन्द्र, राज्य र स्थानीय एकाई बिचको शक्तीको बाँडफाँड गरिएको हुन्छ र केन्द्र देखि राज्यसम्म सोहि प्रकृतिका सरकारका अंगहरु हुने हुँदा  राज्यको ब्ययभार पनि बढ्न जाने हुन्छ । नेपाल अहिले संघीय शासन प्रणाली शुरुआतको प्रसव बेदनाको अवस्थामा छ । राज्यको सिमांकन देखि धर्मका  नाममा बिभिन्न आन्दोलनहरु चलिरहेकाछन् । जसमा कुनै साँच्चिकैका जायज अधिकारकालागि गरिएका  आन्दोलन छन भने बाँकि भोलीको आफ्नो राजनैतिक दुनो सोझ्याउने हेतुले निहित स्वार्थको परिपूर्तिमा जुटेका आवाज छन् ।  यो यथार्थ हाम्रो मित्र राष्ट्र भारतको मात्र नभै अमेरीका जस्तो बिकसित देशका राज्यहरुको पनि हो । यसर्थ हिमाल –पहाड –तराई मिलेर बनेको भू -बनोटको धनी राज्यको रुपमा निर्माण गर्न सकिने सम्भावना हुँदा हुँदै पनि , राष्ट्रको कूल जनसंख्याको ३० प्रतिशत जनसंख्या रहेको तराई क्षेत्र शिक्षा, जनचेतना, गरीवी, रुढीवादी, पिछडापन एवम् दाशताको शिकार बनेको अवस्था छ । यसको लागि राज्य जिम्मेवार छदैछ तर यसका अलाव तराईको प्रतिनिधित्व गरेका नेता एवम् उनका विचारहरु पनि छन् । तराईको नेतृत्व पङ्तिले जहिले पनि सस्तो लोकपृयतामा सोझा तराईवासीलाई फगाउँदै बिहारी शैलीको राजनीति गरी चुनाव जित्दै आएको अवस्था जगजाहेर नै छ । हैन भने यो मुलुकमा देशको राष्ट्राध्यक्ष देखि बिभिन्न मंत्रालयको बागडोर तराईमूलको हातमा छ, जसरी थारु समुदायलाई हिजोका दिन सम्म सोझो र ईमान्दार जातीको रुपमा लिईएको छ, त्यसैगरी सूदुरबासीहरु पनि बोलीका पक्का, निडर, बेईमान नगर्ने सोझा नेपाली भित्र नै पर्दछन ।
यो त्यही धर्ती हो, जहाँ सोझा सुदूरवासी र थारुहरु दाजु भाई बनि बसेका थिए । आज केही स्वार्थी ब्यक्तीका जातीवादी बिचारले नरसंहारको बातावरण सृजना गरेता पनि हामीले बिबेक गुमाउनु हुदैन । सुदूर तराई थारु र सुदूरवासी दुबैको साझा भुमी हो र यसको ईतिहास मेटाउनेलाई सखाप पार्नु पर्छ । जसलाई जरै देखि उखेल्न माउतेको खोजि गर्नु पर्दछ साथै सोझा थारु र पहाडीयाहरुको सुदूरको ईतिहास र सभ्यता मेटाउन खोज्ने खलनायकलाई जनताको कठघरामा उभ्याउनु पर्छ । यसर्थ यो सुदुरवासीले सुझबुझ गरि धैर्य गर्ने परीक्षाको घडी हो । हिमाल पहाड र तराई सदियौं देखि मिलेको सूदुरपश्चिम जहाँ बिगत देखिनै पुर्खाले हिमाल पहाड तराई जोडेर राखेका छन, त्यो ईतिहास सदाका लागि कायम राख्ने अवसर पनि हो ।
Spread the love