बन्द हड्ताल गरी भारतसँग मागेर जनताले अधिकार पाउनेवाला छैनन् – मधेसका किसान

Madhesi banana farmer_kaptangunj sunsari_madhes anodlan, agriculture in tarai of thepowernews

बन्द हड्ताल गरी भारतसँग मागेर जनताले अधिकार पाउनेवाला छैनन् – मधेसका किसान

सुनसरी :  पचपन्न दिनदेखिको तराईका २२ जिल्ला बन्दको मार प्रत्यक्षरुपमा मधेसका गरिव र मेहनती किसानमा परेको छ ।  तराई बन्दका कारण मधेसका किसानले आफ्नो खेतबारीमा लगाएको फलफूल र सागसब्जी कुहिन थालेपछि उनीहरु चिन्तित बनेका छन् । मधेसका गरिव किसानले जमिन ठेक्कामा लिएर लगाएको र रोपेको फलफूल र सागसब्जी खेतमै कुहिन थालेपछि मधेस आन्दोलनको खुलेर विरोध गर्न थालेका हुन् । मधेसका किसानहरुले मधेस आन्दोलनलाई गरिबमारा आन्दोलनको संज्ञा दिन थालेका छन् । ६ विघा जमिन ठेक्कामा लिएर लगाएको केरा खेतीबाट साुहको ऋण तिरी परिवार पाल्ने आश बोकेका सुनसरीे बबिया– ८ का किसान बलराम मेहेता यतिबेला  पाकेको केरा खेतमा कुहिँदा अत्यन्तै चिन्तित भएका छन् । ‘खेतमा पहेलपुर केरा पाकीसकेका छन्’, उनले भने, ‘केरा खरिद गर्ने व्यापारी आउन छाडेपछि  पाकेका केरा खेतमै कुहिन थालिसके ।’‘बन्दकर्ताहरुले हाम्रो मागलाई कहिल्यै हेरेका छैनन्’, सुनसरीको राजगन्ज सिनुवारीका किसान महेश्यवरप्रसाद यादवले भने, ‘यो मधेसका गरिब किसानमारा आन्दोलन तत्काल स्थगित गर्नुपर्छ ।’ ‘सबै मधेसी जनतालाई यतिबेला अधिकार चाहिएको छ’  ‘तर बन्द हड्ताल गरी भारतसँग मागेर जनताले अधिकार पाउनेवाला छैनन् ।’