छुट अस्थायी शिक्षकको आन्दोलन पुनःचर्कियो – काठमाडौ आउन शिक्षकलाई केन्द्रको ह्विप

भरतसन्तोषी,काठमाडौ। लामो समयदेखि संघर्षरत छुट अस्थायी करार शिक्षकहरु निर्णायक आन्दोलनको तयारीमा पुनः जुटेका छन्।उनीहरुले यहि २०७५ चैत २० गतेदेखि आन्दोलनको तयारी गरेको संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले बताउनुभयो।पटकपटक आन्दोलन गर्दै आएको संघर्ष समितिले गत फाल्गुन २७,२८ र २९ गते पनि आन्दोलन गरेको थियो।आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाईए पनि बार्ताकाे क्रममा शैक्षिक सम्बाद समितिका संयाेजक तथा संघिय शिक्षा ऐन मस्यौदा समिति संयाेजक कृष्ण काप्रिले अर्को दिन संबाद समितिकाे बैठकमा लिखित सहमति गर्ने भनी आलटाल गरी फाल्गुन २९ गतेपछि सरकार पछाडी हटेकाे र अान्दोलन लाई धाेका दिएकाे संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले बताएका छन। सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरे लगत्तै छुट अस्थायी करार शिक्षकहरु लामो समयदेखि आन्दोलनरत छन।तर यसको सरकारले कुनै वास्ता नगरी शिक्षक महासंघ सगको २० बुदे सहमति समेत संघीय शिक्षा ऐनमा लैजान सिधै अस्वीकार गरेको संघर्ष समितिका कोषाध्यक्ष अनिता थापा बताउनुहुन्छ।

संघर्ष समितिका केन्द्रिय महासचिव बिश्वास अधिकारीका अनुसार अब आम करार शिक्षकहरुको अन्तिम लडाइँ भएकोले रोजिरोटिको निमित्त आफै लागी पर्नुपर्ने बेला आएको बताउनुभयो। बिगतमा शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपनि त्यस्को डटेर सामाना गर्ने संघर्ष समिति प्रदेश नम्बर ३ का संयोजक बहादुर लामा वाईबाले बताउनुभयो।यस अघि अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु,वार्ताको नाटक गरि शिक्षकहरुको आन्दोलन तुहाउन खोज्नु नै शैक्षिक बिद्रोहको संकेत भएकोले आम अस्थायी करार शिक्षकलाई केन्द्रमा यहि २०७५ चैत २० गतेदेखि अनिवार्य उपस्थित हुन संघर्ष समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले आव्हान गर्नुभयो। यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।२०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई पनि शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग उनीहरुको छ।सरकारले वार्तामा बोलाएको नाटक गरि आन्दोलन तुहाएको गत फाल्गुनको आन्दोलनको भिडियो:-

Spread the love