“शैक्षिक नेतृत्वको लागि प्रशिक्षण कार्यक्रम ” सञ्चालन हुँदै

 ३० जेठ, काठमाडौ : स्थापनाकालदेखि नै यस आई एस ओ सटिफाईड मान्यता प्राप्त  साउथवेस्टर्न स्टेट कलेजले शिक्षा क्षेत्रको विकासको लागि शैक्षिक सुधारका कार्यक्रमहरु गर्दै आएको छ । सामुदायिक विद्यालय तथा संस्थागत  विद्यालयहरूको शैक्षिक कार्यक्रम सुधारका लागि समय समयमा जानकारीमुलक प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । फेरिपनि असार २ गते टोखा महानगरपालिका भित्रका सामुदायिक विद्यखलय र सँस्थागत विद्यालयका प्रिन्सिपल र भाइस प्रिन्सिपलहरुको सहभागिता हुने एक कार्यक्रम आयोजना गरिएको छ।   कलेजको हलमा हुने कार्यक्रममा तारकेश्वर, टोखा, बुढानिलकण्ठ, नागार्जुन नगरपालिका र केही महानगरपालिका भित्रका प्रिन्सिपलहरुको सहभागिता हुने छ । कार्यक्रम बिहान असार २ गते  १०.४५ देखि सुरु भई ४ः०० बजे  सम्म सञ्चालन  हुने छ भने  कार्यक्रममा  सहभागीहरुलाई  प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक स्तर  वृद्धि नभइकन समग्र रूपमा शैक्षिक स्तर माथि नउठ्ने बताउँदै आइरहेका  यसै कलेजका सहायक क्यामपस प्रमुख हरिसिंह केसीले  द पावर न्युज डटकमलाई जानकारी गराउनु भयो ।

पहिलो सेसनमा “२१ औं शताब्दीको शिक्षाको लागि, शिक्षकको गुणस्तर विकास”भन्ने विषयमा के. उ. का प्रो. डा. लक्ष्मण ज्ञवालीबाट प्रशिक्षण हुनेछ । दोस्रो सेसनमा “नेतृत्वकर्ता प्रिन्सिपलहरुका लागि विद्यालय सुधार” भन्ने कार्यक्रमका प्रशिक्षकमा के. उ. का प्रो.डा. धनपति सुवेदीको प्रशिक्षण हुनेछ ।

निजी क्षेत्र भएपनि निःशुल्करुपमा आयोजना भइरहेको यस्ता कार्यक्रम पछिसम्म पनि क्रमिक रुपमा हुँदै जाने छ । विद्यार्थीहरूको व्यक्तिगत,  बौद्धिक क्षमताको विकास र  विद्यालयहरूको पनि स्तरउन्नती  हुँदै जाने कुरामा साउथवेस्टर्न स्टेट कलेजले आशा राखेको कुरा व्यक्त गर्नुभएको  छ । प्रधानाध्यापक तथा सहयक प्रधानाध्यापक लाई लक्ष्क्षीत गरि आयोजना गरिएको यस कार्यक्रमा  सम्बन्धीत सबैलाई निर्धारीत समयमा उपस्थित भैदिनुहुन अनुरोध गरिएको छ ।

Spread the love