स्थानीयतहमा समायोजन गर्न सामाजिक परिचालकहरुको माग

 भरतसन्तोषी,काठमाडौ स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम LGCDP अन्तर्गत २०६७पौष १४ देखि सेवा सुरु गरेका सामाजिक परिचालकहरुको यहि २०७४ पौष १३ गते सेवा बाट हटाईए पछि नेपाल का पाच हजार सामाजिक परिचालक जागिरबाट बिमुख भएका थिए । नेपाल सामाजिक परिचालक कर्मचारी संघ मार्फत अहिले विभिन्न निकायमा ज्ञापन पत्र बुझाउदै तथा हिजो काठमाडौ को खुला मञ्च मा नेपाल भरका सामाजिक परिचालक भेला भई हातहातमा कार्डमा बिभिन्न नारा जुलुस सहित माईतिघर मण्डला मा पुगि कोणसभामा परिणत भएको थियो । “सम्पुण सामाजिक परिचालकको आब्हान स्थानीय तह कर्मचारी मा समायोजन “नारा रहेको थियो पहिला सामाजिक परिचालकहरुले जनताको स्थानीय निकायमा गरेको कामलाइ राज्य ले भुलेर देसभरका पाँच हजार सामाजिक परिचालकको रोजिरोटि खोसेको र अपमान भएको र सम्मान नगरेको ले सम्पूर्ण सामाजिक परिचालकहरुलाई पुंनर बाहलि र स्थानीय तहमा समायोजन नभए सम्म आन्दोलन जारी राख्ने नेपाल सामाजिक परिचालक कर्मचारी संघका अध्यक्ष सारिका राईले बताईन।

Spread the love