हुम्लामा भारी हिमपात – तापक्रम माइनस ५

२४ फागुन, : हुम्लामा पुनः भारी हिमपात भएको छ । जिल्लाको तापक्रम माइनस ५ मा झरेको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात सुरु भएको छ । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पानीको आवश्यकता पर्ने भएकाले यस हिमपात सगैको भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।

Spread the love