श्री एयरलाइन्सको आठौं जहाज नेपालमा

काठमाडौं : निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको आठौं जहाज नेपाल आइपुगेको छ। कम्पनीसँग अब ८० सिट क्षमताको क्यू-४०० सिरिजको जहाज संख्या  चार पुगेको छ। नयाँ जहाज शुक्रबार बेलुकी ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। हाल यो कम्पनीले दुई जेट इन्जिनयुक्त सीआरजे-२००, दुई सीआरजे-७०० र तीन प्रोपेलर इन्जिनयुक्त क्यु-४०० सिरिजका जहाजमार्फत उडान सेवा दिँदै आएको छ।

श्री एयरलाइन्सले हाल बम्बार्डियरको सीआरजे-७०० सिरिज जहाजमार्फत अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएको छ। हाल कम्पनीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज, जनकपुर, पोखरा, सिमरा लगायतमा नियमित उडान गर्दै आएको छ। यो कम्पनी भारत, बंगलादेश, श्रीलंका लगायतका देशमा उडानको लक्ष्यसहित संचालनमा आएको हो।

Spread the love