आँगनमा ढकमक्‍क सयपत्री

काठमाडौं: आँगनमा ढकमक्‍क सयपत्री र मखमली फुलिरहेको छ। नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार घर-घरमा भित्रिइसकेको छ। तिहारमा पूजा सामग्री, घर सजाउन र भाइटीका लागि फूलको प्रयोग अत्‍यधिक मात्रामा हुने भएकाले फूलको माग ज्‍यादा हुन्छ।  कोही घरआँगन लिपपोतमा व्‍यस्त देखिन्छन् भने कोही झ्याल ढोकामा र‌ंग लगाउन व्‍यस्त देखिन्छन्।  यस वर्ष फूलको माग दोब्बर भएको छ। उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ। मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो।

tihar of thepowernes
Spread the love