सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।  सन्दीप लामिछाने विरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

Spread the love